आन्तरिक उडानमा समस्या

काठमाडौं-रास

cloud-71366_960_720लगातारको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ ।

मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर, हिमाली तथा पहाडी क्षेत्रको उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार मौसम खराबीले खासगरी पूर्वी पहाडी र पश्चिमका केही विमानस्थलमा उडान सामान्य प्रभावित भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार वर्षात्ले आन्तरिकतर्फ नियमित उडान केही प्रभावित भएको छ ।

पहाडी भेगका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ लगायतका गन्तव्यमा भने उडानमा केही समस्या आएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि पूर्वीपहाडी भेगबाहेक अन्य स्थानमा भिजिबिलिटी राम्रो रहेको र उडानमा समस्या नरहेको जनाएको छ । मौसमविद् सुवास रिमालले पूर्वका ताप्लेजुङ, ओखलढुंगा आदि स्थानमा बदली भई बाक्लो कुहिरो लागेकाले समस्या हुनसक्ने र अन्य स्थानमा भने सामान्य रहेको बताए ।