नेप्से सामान्य घट्यो

काठमाडौं-रास

यो साताको अन्तिम कारोबार हुने दिने बिहीबार सेयर बजार सामान्य ओर्लिएको छ ।  कारोबार खुलेसँगै गिरावट आउने क्रम रहेको बजार अन्तिम समयमा ३ दशमलव ५२ अंकले घटेको छ ।

यस दिन कारोबार रकम भने सवा २ अर्ब रुपैयाँ नाघेको छ । नेप्सेका अनुसार दिनभरिमा १ सय ४७ कम्पनीको २ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको हो ।

यस दिन सबैभन्दा  बढी नेपाल बैंकको २३ करोड ५० लाख रुपैयाँको किनबेच भएको छ । बैंकको ३ लाख ८८ हजार ३ सय ११ कित्ता सेयर किनबेच भएको हो ।

नेपाल बैंकपछि सिद्धार्थ बैंकको ११ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । साताभरि नै सिद्धार्थको उच्च कारोबार हुँदै आएको छ । बैंकको ८३ हजार ८ सय १९ कित्ता सेयर किनबेच भएको छ ।

बिमा र फाइनान्स समूह थोरै बढे पनि बाँकी समूह रातो हुँदा समग्र बजार ओरालो लागेको हो । बिमा ३ दशमलव ६५ अंक र फाइनान्स ४ अंकले बढेका छन् । वाणिज्य बैंक तथा विकास बैंक समूह भने घटेका छन् ।