भारत–अमेरिकाबीचको सुरक्षा सम्झौताले आत्तिए पाकिस्तान र चीन

भारत–अमेरिकाबीचको सुरक्षा सम्झौताले आत्तिए पाकिस्तान र चीन

वासिंगटन÷एजेन्सी– भा™त–अमेरिकाबीच जुन सुरक्षा सम्झौतामा हस्ताक्षर भएको छ, त्यसबाट पाकिस्तान र चीनमा बेचैनी बढेको छ । दुवै देशका मिडियामा एक स्वरमा भनिइरहेको छ कि यस सम्झौताबाट चीन र पाकिस्तानमा सीधा असर पर्नेछ ।

India-US-agreement

‘लजिस्टिक एक्सचेन्ज मेमोरेन्डम अफ एग्रिमेन्ट’का कारण दुवै देश एकअर्काको सैनिक सुविधाको प्रयोग गर्न सक्नेछन् । पाकिस्तान र चीनका मिडियामा भनिएको छ कि एसियामा चीनको बढ्दो प्रभावका लागि अमेरिका र भारतले यो सम्झौता गरेका हुन् ।

भारतीय रक्षामन्त्री मनोहर पर्रिकर चारदिने अमेरिका यात्रामा छन् । पछिल्ला आठ महिनामा पर्रिकरको यो दोस्रो अमेरिका यात्रा हो । पर्रिकरले अमेरिकासँग जेट इन्जिन प्रविधि तथा मानवरहित हवाई वाहनका लागि पनि कुराकानी गरेका छन् ।

भारतीय रक्षामन्त्रीले आफ्ना अमेरिकी समकक्षी एस्टन कार्टरसँगै सोमबार सो सम्झौतामा संयुक्त हस्ताक्षर गरेका थिए । जुन महिनामा जब प्रधानमन्त्री मोदी अमेरिका गएका थिए, त्यसबेलै यस सम्झौताबारे तयारी भएको थियो ।

अमेरिका र भारत दुई ‘फाउन्डेसन एग्रिमेन्ट’ पनि तयारी गरिरहेका छन् । यी दुई सम्झौताअनुसार अमेरिकी सुरक्षा बलले भारतको बेस र भारतका सुरक्षा बलले अमेरिकाको बेस विश्वभर प्रयोग गर्न सक्नेछन् ।