वानद्वारा मानवअधिकारको सम्मान गर्न आग्रह

वानद्वारा मानवअधिकारको सम्मान गर्न आग्रह

सिंगापुर÷एएफपी– संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले म्यानमारको नयाँ नेतृत्वले मुलुकबाट विभेदको अन्त्य भएको र समावेशी विकासमा अग्रसर भएको प्रत्याभूत गराउँदै मानवअधिकारको पूर्ण सम्मान गर्न आग्रह गरेका छन् ।

Ban-Ki-Moon

महासचिव बान की मुनले गत वर्षको नाभेम्बरमा भएको निर्वाचनमा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको दलले अत्यधिक बहुमत पाएको र यसबाट म्यानमारका जातीय समूहलाई पनि म्यानमारको प्रजातान्त्रिक अभ्यासमा लिएर जान बाटो खुलेको बताएका छन् ।

म्यानमारको समस्याग्रस्त राज्य राखिनेमा पूर्वराष्ट्रसंघ प्रमुख कोफी अन्नानको नेतृत्व हुनु प्रोत्साहनयोग्य कदम भएको सिंगापुर व्यवस्थापन विश्वविद्यालयमा आयोजित कार्यक्रममा राष्ट्रसंघ प्रमुख बानले बताएका हुन् ।

मंगलबार म्यानमार आइपुग्ने राष्ट्रसंघ प्रमुखले म्यान्मारमा सरकार र दशकौंदेखि द्वन्द्वरत जातीय समूहबीच हुने शान्ति वार्तामा आफूलाई सहभागी गराउन आग्रह गरेपछि म्यानमारले उनलाई औपचारिक निमन्त्रणा दिएको थियो ।