सिरियामा मारिए आईएस प्रवक्ता

slamic state
बेरुत, १५ भदौ ।
चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का प्रवक्ता अबु मुहम्मद अल अदनानी सिरियाको अलेप्पोमा मारिएका छन् । आईएस समर्थकका तर्फबाट जारी विज्ञप्तिको हवाला दिँदै यस जिहादी समूहको समाचार संस्था अमाकले सो जानकारी दिएको हो । यसअनुसार अदनानी त्यस समय मारिए, जब अलेप्पोका विरुद्ध सैन्य आक्रमण फिर्ता लिने अभियानको निरीक्षण गर्दै थिए ।

यदि अदनानीको मृत्युको पुष्टि भएमा यो आईएसका लागि ठूलो झड्का हुनेछ । पछिल्ला समयमा इराक र सिरियामा आईएसले शृंखलाबद्ध रुपमा पराजयको सामना गर्नु परिरहेको छ । अल अदनानीको मृत्यु आईएसका लागि निकै ठूलो झड्का हो । किनकि यस संगठनको सबैभन्दा ठूला सार्वजनिक अनुहार उनी नै थिए । साथै अमेरिकाको अगुवाइमा संगठनका विरुद्ध अभियान चलाइरहेका देशमाथि कहिले र कसरी आक्रमण गर्नुपर्छ, यसबारेमा निर्देशन उनैले जारी गर्थे ।

सीएनएनको आतंकवाद सम्बन्धी मामलाका विशेषज्ञ पल क्रुकशांकले भनेका छन्, ‘अल अदनानी यस आतंकवादी संगठनका प्रमुख व्यक्ति थिए । उनी एक प्रवक्ता मात्र थिएनन्, सबैभन्दा सार्वजनिक अनुहार पनि थिए । केही मामलामा उनी बगदादीभन्दा पनि खतरनाक थिए कि उनी आईएसको बाहिरी अपरेसन डिभिजनको निगरानी गर्थे । यही डिभिजनको रेखदेखमा पेरिससहित युरोपका बाँकी देशमा आक्रमण भयो ।’
–एजेन्सी

Leave A Reply

Your email address will not be published.