उत्तर कोरियाका शिक्षामन्त्री मारिए

Korean Minister
सोल/एजेन्सी– दक्षिण कोरियाले उत्तर कोरियामा देशका शिक्षा मन्त्रीलाई मारिएको जनाएको छ । शिक्षामन्त्री किम यांग जिनको मृत्युको घोषणा सोलमा गरिएको हो ।
यसअघि उत्तर कोरियाका दुई अधिकारीलाई ‘एन्टी एयरक्राफ्ट गन’द्वारा गोली हानी मारिएको अखबारमा समाचार छापिएको थियो । ती अखबारका अनुसार सो घटना यस महिनाको सुरुमा भएको थियो । उत्तर कोरियाका नेता किम जोङ उनको बैठकमा शिक्षामन्त्री निदाएका थिए । यसपछि उनका विरुद्ध भ्रष्टाचार जाँच गरिएको थियो । उनीमाथि भ्रष्टाचारसँगै बलात्कारको समेत अभियोग लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.