सार्क सम्मेलन स्थगित, नयाँ मिति छिट्टै घोषणा गर्ने पाकिस्तानको भनाइ

saarc
राजधानी समाचारदाता
काठमाडौं, १४ असोज

पाकिस्तानले अर्को महिनाका लागि तय गर्न लागेको सार्कको १९ औं शिखर सम्मेलन शुक्रबार औपचारिक रुपमै स्थगित भएको घोषणा गरेको छ ।

भारत र पाकिस्तानबीच पछिल्ला दिनमा तनाव बढ्दै जाँदा भारतले सार्कमा सहभागिता हुन नसक्ने बताएलगत्तै अन्य चार देशले पनि सहभागी नहुने बताएपछि आयोजक मुलुक पाकिस्तानले सार्क सम्मेलन औपचारिक रुपमै स्थगनको घोषणा गरेको हो ।

भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरेपछि अफगानिस्तान, बंगलादेश र भुटानले पनि सहभागी नहुने घोषणा गरेको थियो । त्यसपछि श्रीलंकाले आज शुक्रबार मात्र भाग नलिने बताएको थियो । नेपाल भने सार्कको अध्यक्ष मुलुक हो । पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.