पाठकलाई जित्न सक्ने लेखक मात्र स्थापित हुन्छ : रामलाल जोशी

dbg k'/:sf/af6 ;Ddflgt  hf]zL / hubDaf k'/:sf/af6 ;Ddflgt If]qL  dbg k'/:sf/ u'7Låf/f cfOtaf/ cfof]lht sfo{qmddf dbg k'/:sf/af6 ;Ddflgt /fdnfn hf]zL / hubDaf k'/:sf/af6 ;Ddflgt nLnaxfb'/ If]qL . tl:a/ M /Tg >]i7, /f;; .

२०७२ सालको मदन पुरस्कार विजेता कृति ‘ऐना’का सर्जक रामलाल जोशीसँग नेपाली साहित्य, उनको साहित्यलेखन र मदन पुरस्कारका विषयमा केन्द्रित रहेर राजधानीका घनेन्द्र ओझाले गरेको कुराकानी ।

नेपाली साहित्यको वर्तमान अवस्था कस्तो देख्नुहुन्छ ?

– आशालाग्दो छ । केही वर्षअघिदेखि लेखेर बाँच्न सक्ने अवस्था सिर्जना भएको छ नेपाली साहित्यमा । पाठक सचेत भएका छन्, जसले गर्दा लेखक जिम्मेवार र संवेदनशील हुन कर लागेको छ । नेपाली साहित्य स्तरीकृत भइराखेको छ । अहिले पाठकलाई जित्न नसक्ने लेखक स्थापित हुन गाह्रो छ । यसर्थ पनि लेखक जिम्मेवार हुनै पर्ने अवस्था आएको छ । यो आशालाग्दो संकेत हो ।

पाठकलाई जित्ने भन्नाले ?

– पाठकलाई जित्ने भनेको पाठकका रुचिका, पाठकका आवश्यकताका, पाठकका दुःख र अभावका, समग्रमा पाठकको जीवनसँग सरोकार राख्ने विषयमा लेखिएका साहित्य मात्र अब बाँच्न सक्छन् । यस्ता लेखक मात्र स्थापित हुन सक्छन् ।

अहिले धेरैजसो लेखक आख्यानमा बढी आकर्षित छन्, तपाईं आफैँ पनि गजल, कविताबाट आख्यानमा आउनुभएको हो, के छ आख्यानमा त्यस्तो, जसले लेखकलाई तानिरहेको छ ?

– अहिले नेपाली साहित्यका पाठकले हाम्रो समाजको चित्रण खोजिरहेका छन् साहित्यमा । माथि पनि भनेँ कि समाजका दुःख, अभाव, असन्तुष्टि, विसंगति, विकृति, शोषण, अन्याय, दमन जस्ता नियति, जसलाई दैनिक जीवनमै आममान्छेले भोगिरहेको छ, त्यसलाई साहित्य, कलामा हेर्न चाहेका छन् पाठकले । पूर्वको पाठकले पश्चिमका भोगाइ, जीवनशैली, समाज, संस्कृति, रीतिथिति, अभाव र दुःख पढ्न चाहेको छ भने पश्चिमको पाठकले पूर्वका । र, यो कुरा कविता, गजल, गीत जस्ता काव्यिक विधामा मात्र समेटिन सक्दैनन् । यसका लागि आख्यान नै आवश्यक पर्छ । यसर्थ लेखकले पाठकको चाहना र रुचिलाई ध्यान दिएर पनि हुन सक्छ, धेरैजसो लेखक आख्यानप्रति आकर्षित छन् अहिले । सायद म पनि मेरो अवचेतनमा रहेको यही वास्तविकताबाट डोहोरिएँ हुँला ।

काव्य विधा (गजल, कविता, गीत) लेख्दालेख्दै अचानक कथामा आएर मदन पुरस्कार प्राप्त गर्नुभयो, खासमा के छ त्यस्तो तपाईंका कथामा, जसले मदन पुरस्कार दिलायो ?

– मैले मेरा कथामा सुदूरपश्चिमको विकट, दुखद्, अभावग्रस्त, विपन्न, पिछडिएको समाजको यथार्थ चित्रण गर्ने कोसिस गरेको छु । त्यहाँका मानिसका अप्ठ्यारा, समस्या, आकांक्षा, चाहनालाई साहित्यमार्फत् बाहिर ल्याउने कमै मात्र प्रयास भएको पाएपछि मैले यस विषयलाई प्राथमिकतामा राखेर सिर्जना गरेको हुँ । कुनै पनि समाजका विवशता, अभाव र समस्यालाई साहित्य, कला, संगीत जस्ता विधाले उपेक्षा गर्नुहुँदैन भन्ने लाग्छ । साहित्य, कला र संगीतमार्फत् त्यहाँका समस्या सम्बन्धित सरोकारवालासम्म पु¥याउनुपर्छ भन्ने लाग्छ । यही भएर मैले मेरा कथामा यिनै कुरालाई महत्त्व दिएँ । सो कुरा मदन पुरस्कार गुठीका निर्णायकहरुलाई पनि मनप¥यो होला अनि मेरो कृति पुरस्कारयोग्य भएको हुन सक्छ । त्यसमा गुठीका र निर्णायकका आफ्नै सीमा पनि थिए होलान् ।

तपाईंका कथामा यौनको उद्घाटन अलिक बढी भएको पाठक प्रतिक्रियाबारे के भन्नुहुन्छ ?

– मैले मेरो कथाकृति ‘ऐना’मा संगृहीत कथाहरुमा कथा लेख्ने प्रयास गरेको होइन, समग्र सुदूरपश्चिमको जीवनकथा लेख्न चाहेको हुँ । जीवनमा सबै कुरा हुन्छन् । यौन पनि जीवनको अभिन्न पक्ष हो । लुगा लगाएर यौन छोपिन्न । जीवनको पूर्णताभित्र यौनलाई उपेक्षा गर्न सकिन्नसबै कुरा हुन्छन् । यौन पनि जीवनको अभिन्न पक्ष हो । लुगा लगाएर यौन छोपिन्न । जीवनको पूर्णताभित्र यौनलाई उपेक्षा गर्न सकिन्न । यसर्थ मेरा कथामा यौनले पनि राम्रै स्थान पाएको छ ।

के सुदूरपश्चिममा अभाव र दुःख मात्रै छ ? त्यहाँका प्रायः स्रष्टाले अभाव र दुःखका कुरामा मात्र बढी महत्व दिएका पाइन्छ नि ?

– सुदूरपश्चिममा भोक, रोग, अभाव मात्र छ भन्ने आममान्छेको सोचाइमा अब केही परिवर्तन हुन जरुरी छ । त्यहाँ सबै कुरा छ, केही नदेखिनुपर्ने कुरा बढी चम्किएको छ, देखिनुपर्ने कुरा छायामा छ । मलाई विश्वास छ, अँध्यारो गुज्रिपछि बिहानी अवश्य आउँछ । यद्यपि, उज्यालो हेर्नका लागि पनि अँध्यारो हेर्दिनँ भन्न नमिल्ने रहेछ, किनभने आखिर उज्यालोपछि अँध्यारो, अँध्यारोपछि उज्यालो त प्रकृतिको रीत नै रहेछ । यसैले पनि त्यहाँका सबै विषय साहित्यमा आउनु स्वाभाविक हो जस्तो लाग्छ ।

सुदूरपशिचममा राम्रा साहित्य सिर्जना गर्ने अरु पनि धेरै छन् तर किन यस्ता ठूला भनिकएका पुरस्कार प्राप्त हुन सकेको छैन अरुलाई ?

– समग्रमै मोफसलका स्रष्टा हीनभावनाबाट ग्रस्त छन् । आफ्नो क्षमताको आँकलन गर्न सक्दैनन् । म पनि त्यहीभित्र पर्छु । हामी मोफसलका हौँ भन्ने ठानेर राजधानीले उपेक्षा गर्ने धारणा राख्छौँ । प्रतिष्पर्धामा जान चाहँदैनौँ । साहित्यको मूलधारमा मिसिने प्रयास गर्दैनौँ । मोफसलमै सीमित हुन खोज्छौँ । यही कारण मोफसलका धेरै राम्रा स्रष्टा यस्ता अवसरबाट आफैँ बन्चित भइरहेका छन् ।

अहिले साहित्यकारको एउटा तप्का स्वैरकाल्पनिक आख्यान लेखेर चर्चामा छ, तपाईं साहित्य जीवनसँग जोडिनुपर्छ भन्नुहुन्छ, के जीवनसँग स्वैरकल्पना जोडिन सक्छ ?

– साहित्य व्यापारका लागि होइन । सन्तुष्टि र सामाजिक परिवर्तनका लागि हो । सामाजिक चेतना वृद्धि गर्न र राजनीतिक, सांस्कृतिक परिवर्तन, सुधार गर्नमा साहित्यले भूमिका खेल्न सक्नुपर्छ । पीडितका, गरिब र विपन्नका, कुसंस्कार र कुरीतिका विषय साहित्यले बाहिर ल्याउनुपर्छ । सार्वजनिक बहसको विषय बनाउन सक्नुपर्छ । यो कुरा स्वैरकल्पनाबाट संभव छैन । स्वैर कल्पना मनोरन्जनका लागि हो । साहित्य मनोरन्जनमा सीमित हुनुहुँदैन । वास्तवमा समाज बोकेका साहित्य मात्र अजर अमर हुन्छन् । चर्चाका लागि जे पायो त्यही लेखेर पाठकलाई दिग्भ्रमित पार्नुहुँदैन । असल साहित्यमा समाज आउनै पर्छ ।