शास्त्रमा बलि

शास्त्रमा  बलि

maheshraj-pant-color

डा. महेशराज पन्त

अहिले बडादसैंको माहौलले नेपाल पूरै ढाकिएको छ । एक थरी नेपालीहरूको लागि दसैं र मासु पर्याय बनेका छन् । दसैंमा देवीको पूजा हुने हुनाले मांसाहारी अर्थात् परंपरादेखि मासु खाँदै आएका जतिले बोको, भेँडो, राँगो, हाँस वा कुखुरा देवीलाई बलि चढाउने र सक्नेले यीमध्ये १ भन्दा बढीको बलि गर्ने गरेको पनि देखिएको छ । निरामिष अर्थात् परंपरादेखि मासु नखाइआएका जतिले पनि पशुबलिको प्रतीकस्वरूप कुभिण्डो आदि चढाई निर्वाह गर्ने गरेको देखिन्छ । यस कारण नेपालको शाक्त परंपरामा पशुबलि अनिवार्य भएर रहेको छ । यति मात्र होइन, शिवको अवतारविशेष भैरव र हुँदा हँुदा गणेशसम्मलाई पनि नेपालमा बलि चढाइन्छ । छोटकरीमा भत्रुपर्दा, यहाँका सनातनधर्मी र वज्रयानीको परंपरामा बलिप्रथा अभेद्य अङ्ग भएर रहेको छ ।
बलिप्रथा हाम्रो धर्ममा मात्र होइन, अरू अरू धर्ममा पनि नभएको होइन । प्राचीन कालमा ग्रीकहरू बलि गरेर मात्र मासु खाने गर्थे । पछि यहूदी, क्रिस्तान र मुसलमानी धर्ममा बलिप्रथा भित्रिए । अहिले पनि यहूदी र मुसलमानी धर्ममा बलिप्रथा रहेकै छ ।
हाम्रो यतातिर बलिप्रथा कति पुरानो हो भनी किटेर भत्र नसकिए पनि वेदमा नै बलिप्रथाको उल्लेख पाइन्छ । ‘ऋग्वेद’मा बलिप्रथाको उल्लेखको रूपमा विद्वान्हरू पहिलो मण्डलका १६२ र १६३ सूक्त अघि सार्छन् । पहिलो सूक्तमा २२ ऋचा र दोस्रो सूक्तमा १३ ऋचा भएकाले ती सबैको विषयमा यस सानो लेखमा चर्चा गर्नु संभव छैन । यसो हुँदा १६२ सूक्तको दोस्रो ऋचा मात्र हेरे पनि कुरा स्पष्ट हुन्छ— ‘दिइने भनी लिइएको बोकोलाई चम्किलो सुनले ढाकिएको मुखअगाडिबाट ऋत्विक्हरू लग्छन् । पूर्ण रूप भएको, अगाडि आएको, मारिन लागेको, म्याँम्याँ गरिरहेको बोको इन्द्र र पूषाको प्यारो ठाउँमा पुगोस्’ (मेरो उल्था) ।
यज्ञयागादिमा वैदिक कालमा देवताहरूलाई पशुबलि दिइने कुराको चर्चा श्रौतसूत्रहरूमा प्रशस्त पाइन्छ । यसको साधारण ज्ञानको लागि अर्थर बेर्रीडेल कीथ (वि.सं. १९३५–२००१)को ‘द रिलिज्न् यान्ड् फिलस्अफि अप्m द वेद यान्ड् उपनिषद्ज्’ (हर्वर्ड यूनिभर्सिटि प्रेस, मासाचुसेट्स, ई.सं. १९२५, ३२४–३२६ पृ.) हेरे मात्र पनि पुग्छ ।

वैदिक यज्ञयागादि कम हुँदै गएपछि अरू अरू संप्रदाय विकसित हुँदै जाँदा शाक्त संप्रदाय पनि बिस्तारै प्रबल हुँदै गयो र परिणामस्वरूप वैदिक यज्ञयागादिमा हुने पशुबलि शाक्त संप्रदायमा स¥यो । हामीहरूले मान्दै आएको दसैँ पनि शक्तिको उपासना भएकोले वैदिक यज्ञको पशुबलिलाई यस चाडले केही मात्रामा भए पनि संझाइरहेछ । शाक्त संप्रदायको उपासनापद्धति आत्मयातनास्वरूपको छ भनी विभूतिभूषण मिश्रले लेखेको कुरा (‘रिलिज्अस् बिलीफ्ज् यान्ड् प्र्याक्टिस्इज् अप्m नर्थ् इन्डिअ ड्यूर्ङ् दि अर्लि मेड्इईभल् पीर्इअड्’, ई.जे. ब्रिल, लाइडन, ई.सं. १९७३, ५२ पृ.) कता कता मलाई ठीक लाग्छ । सातौँ शताब्दीका उत्तरभारतका राजा प्रभाकरवर्धन ज्यादै बिरामी हुँदा उनलाई सञ्चो होओस् भनी कुलपुत्र अर्थात् घरानियाँ युवकहरूले मातृमण्डल अर्थात् मातृका देवीहरूलाई खुशी पार्न बत्तीले आफ्नो शरीर पोलिरहेको, राजाका विश्वासिला मानिसहरूले लाग्ने छुराले आफ्नो मासु काटेर होम गरिरहेको कुरा प्रभाकरवर्धनका कान्छा छोरा हर्षवर्धनका दरबारिया कवि बाणभट्टले ‘हर्षचरित’ (५ उच्छ्वास)मा लेखेकाले यसलाई शाक्तसंप्रदायमा आत्मयातनाको दृष्टान्तको रूपमा लिन सकिन्छ । त्यति मात्र होइन, राज्य हरिएका राजा सुरथले तथा आफ्नै स्वास्नी र छोराहरूले धनसंपत्ति खोसेर घरबाट निकालिएका, धनी वैश्यको कुलमा जन्मेका समाधिले देवीलाई प्रसत्र पार्न आफ्नो शरीरको रगतको बलि ३ वर्षसम्म दिँदै रहेको कुरा हामीले दसैँमा पाठ गर्ने ‘दुर्गासप्तशती’ किंवा बोलीचालीमा ‘चण्डी’ भनिने पुस्तकमा लेखिएको (१३।१२)को संझना पनि यस प्रसंगमा हुन्छ ।

sacred-grove20881

बलिप्रथा प्राचीन कालदेखि चलेर आएको भए पनि उहिल्यै यसको विरोधमा चर्को स्वर नउठेको होइन । तैपनि ‘वैदिकी हिंसा हिंसा न भवति’ अर्थात् ‘वेदविहित हिंसा हिंसा हुँदैन’ भत्रे भनाइअनुसार बलिप्रथा चल्दै गयो । यस प्रथाको समर्थन हाम्रो सनातनधर्मको मेरुदण्ड भएर रहेका धर्मसूत्र र स्मृतिहरूमा पाइन्छ । त्यसमा सबभन्दा मुखर ‘मनुस्मृति’ देखिएकोले यस विषयमा केही खुलाएर लेख्नुपरेको छ ।
‘अहिंसक जीवहरूलाई आफ्नो सुखको इच्छाले जसले मार्छ, बाँच्दा पनि मर्दा पनि त्यसले कहीँ सुख पाउँदैन । जो मानिस प्राणीहरूलाई बन्धनमा राख्न, मार्न र दुःख दिन खोज्दैन, सबैको हित गर्ने त्यस मानिसले अत्यन्त सुख पाउँछ । जो मानिस कसैलाई मार्दैन, त्यसले जे कुराको ध्यान गर्छ, जे गर्छ र जेमा आफ्नो मन लगाउँछ, त्यो सजिलैसँग पाउँछ । प्राणीको हिंसा नगरीकन कहीँ पनि मासुको उत्पत्ति हुँदैन । प्राणी मारेर स्वर्ग गइँदैन, यस कारण मासु छोड्नू । मासुको उत्पत्ति तथा प्राणीको हिंसा र बन्धनको विषयमा राम्ररी विचार गरेर सबै प्रकारको मासु खानबाट निवृत्त हुनू’ (५।४५–४९ को मेरो उल्था), ‘मार्न अह्राउने, मारिएको पशुको अङ्गप्रत्यङ्ग छुट्ट्याउने, मार्ने, किनबेच गर्ने, पकाउने, पस्कने, खाने यी सबै हत्यारा हुन्’ (५।५१ को मेरो उल्था) र ‘१०० वर्षसम्म बर्सेनि अश्वमेध यज्ञ गर्नेले र मासु नखानेले पाउने पुण्यफल बराबर हुन्छ । चोखा फलपूmल र कन्दमूल तथा मुनिहरूले खाने अत्रहरू खाएर पनि त्यो फल पाइँदैन, जुन फल मासु छोडेर पाइन्छ । जसको मासु यस लोकमा म खान्छु, त्यसले परलोकमा मलाई खान्छ । विद्वान्हरू मांस अर्थात् ‘मां सः= मलाई त्यसले (खान्छ)’ भनी अर्थ गर्छन्’ (५।५३–५५ को मेरो उल्था) भनी ‘मनुस्मृति’मा लेखिएकोबाट यो स्मृति मूलतः मांसभक्षणको पक्षमा नभएको कुरा स्पष्ट हुन्छ ।

स्थिति यस्तो भए पनि ‘पूजाआजा नगरीकन काटिएको मासु नखानू’ (४।२१३ बाट मेरो उल्था), ‘यज्ञमा नकाटिएका पशुका मासु नखानू’  (५।७ बाट मेरो उल्था) भनी ‘मनुस्मृति’मा लेखिएकोले देवतालाई चढाएको मासु खान नरोकेको स्पष्ट छ । ‘जसले जसको मासु खान्छ, त्यो मानिस त्यसको मासु खाने भनी कहिन्छ । माछा खानेले सबैको मासु खाएको हुन्छ । त्यस कारण माछा नखानू’ (५।१५ को मेरो उल्था) भनी लेखिएकोले पशुपञ्छीका मासुको भन्दा यहाँ माछाको मासुको विरोध गरिएको स्पष्ट छ । ‘पाठीन अर्थात् पोठिया र रोहित अर्थात् रोहू जातका माछा हव्य र कव्यमा अर्थात् देवकार्य र पितृकार्यमा चल्छन् । राजीव अर्थात् बगरी, सिंहतुण्ड र कत्ला भएका अरू जातका माछा पनि खाए हुन्छ’ (५।१६ को मेरो उल्था) भनी यहाँ लेखिएकोले धर्मकर्ममा माछाविशेष चल्ने देखिन्छ । ‘खान हुने भनी तोकिएका पशुपञ्छीहरू ब्रा≈मणहरूद्वारा यज्ञको लागि मार्नू, पालनपोषण गर्नुपर्नेहरूको जीविकाको लागि पनि पशुपञ्छी मार्नू । अगस्त्यले पहिले यस्तै गरेका थिए । पुराना ऋषियज्ञमा र ब्र≈मसव र क्षत्रसवमा खान हुने पशुपञ्छीका पुरोडाश बनाइन्थे’ (५।२२–२३ को मेरो उल्था) भनी यहाँ लेखिएकोले यज्ञको लागि पशुहिंसाको अनुमति दिनुको साथै जीविकाको लागि जीवहिंसा गर्न छूट दिई अगस्त्यको कुरा उठाई इतिहासको दुहाई दिइएको देखिन्छ । ‘मन्त्र पढी जलले सिँचेको र ब्रा≈मणहरूको इच्छाद्वारा विधिपूर्वक काटिएको मासु खानू, अन्यत्र चाहिँ प्राणसङ्कटमा मात्र मासु खानू’ (५।२७ को मेरो उल्था) भनी लेखिएकोले पहिल्यै भनिसकेको कुरा नै शब्दान्तरमा भनेर थप कुरा, ज्यानै जाने भयो भने मात्र मासु खाने अनुमति यहाँ दिइएको छ ।

बलिप्रथा हाम्रो धर्ममा मात्र होइन, अरू अरू धर्ममा पनि नभएको होइन । प्राचीन कालमा ग्रीकहरू बलि गरेर मात्र मासु खाने गर्थे । पछि यहूदी, क्रिस्तान र मुसलमानी धर्ममा बलिप्रथा भित्रिए ।

‘यज्ञको लागि मासु खानु दैव विधि कहिन्छ । योबाहेक अन्यत्र मासु खानु राक्षस विधि कहिन्छ’ (५।३१ को मेरो उल्था), ‘मन्त्रहरूद्वारा असंस्कृत पशुहरू ब्रा≈मणले कहिल्यै नखानू, सनातन नियममा रहेको ब्रा≈मणले मन्त्रद्वारा संस्कृत पशुहरू मात्र खानू । मासुमा ज्यादै आसक्ति भएको खण्डमा घिउको वा पीठोको पशु बनाएर खानू, यसै पशु मार्ने इच्छा भने कदापि नगर्नू’ (५।३६–३७ को मेरो उल्था) र ‘विधिमा बाहेक जो मानिस पिशाचले जस्तो मासु खाँदैन, त्यो लोकप्रिय हुन्छ, त्यसलाई रोग पनि लाग्दैन’ (‘मनुस्मृति’, ५।५० को मेरो उल्था) भनी यहाँ लेखिएकोले यज्ञकर्ममा मात्र मासु खाने अनुमति दिएको स्पष्ट छ । ‘किनेर, आपैmँले काटेर अथवा अरूले दिएको मासु देउता र पितृलाई पूजा गरेर खायो भने दोष लाग्दैन’ (५।३२ को मेरो उल्था) भनी यहाँ लेखिएकोले पनि खान मन लागेर पशुहिंसा गरे पनि देउता र पितृलाई चढाएर मात्र खानू भनी नियम खुकुलो पारिएको छ । ‘विधि जात्रे ब्रा≈मणले आपत्काल नहुँदा  विधानविनाको मासु खायो भने मरेपछि ऊ विवश हुँदा जसको मासु उसले खाएको थियो, त्यसैले उसको मासु खान्छ । देवताहरूलाई नचढाएको मासु खाने मान्छे मरेपछि यस्तो पाप भोग्छ, त्यस्तो पाप त धनको लागि हिंसा गर्ने व्याधाले पनि भोग्दैन’ (५।३३–३४ को मेरो उल्था), ‘विना यज्ञयागादि जसले पशु मार्छ, त्यो मानिस त्यो मारिएको पशुको जति रौँ हुन्छ, त्यतिपटक जन्मजन्मान्तरमा मारिन्छ’ (५।३८ को मेरो उल्था), ‘गृहस्थ, ब्र≈मचर्य र वानप्रस्थ आश्रममा बस्ने, आत्मवत्ता भएको ब्रा≈मणले वेदमा अविहित हिंसा आपत्कालमा पनि नगर्नू’ (५।४३ को मेरो उल्था) र ‘जो मानिस पितृ र देवतालाई नचढाई अरूको मासुले आफ्नो मासु बढाउन खोज्छ, त्योभन्दा पापी अर्को मानिस छैन’ (‘मनुस्मृति’, ५।५२ को मेरो उल्था) भनी यहाँ लेखिएकोले विधिविधानविना मासु खानेलाई परलोकको निकै भय देखाइएको छ । ‘मासु खानैपर्ने धर्मकर्ममा जो मानिस मासु खाँदैन, त्यो २१ जन्मसम्म पशु हुन्छ’ (५।३५ को मेरो उल्था) भनी ‘मनुस्मृति’मा लेखिएकोले यज्ञयागादिमा पनि मासु खाँदै नखानेलाई यहाँ राम्रो दृष्टिले हेरिएको छैन ।

‘यज्ञको लागि ब्र≈माजीले आपैmँले पशुहरू सृष्टि गर्नुभयो । यज्ञ भनेको सबैको कल्याणको लागि हो । त्यस कारण यज्ञमा हुने वध अर्थात् हिंसा अवध अर्थात् अहिंसा हो । ओषधि अर्थात् फल लागेपछि सुक्ने बोट, रूख, पशुपञ्छीहरू यज्ञको लागि मर्दा उनीहरूको जात्युत्कर्ष हुन्छ अर्थात् उनीहरू माथिल्लो जातमा जान पाउँछन् । मधुपर्कमा, यज्ञमा, पितृकर्ममा र देवकर्ममा मात्र पशुहरू मार्नुपर्छ । अन्यत्र होइन भनी मनुले भत्रुभयो । यी काममा पशुलाई मार्ने, वेदको तत्त्वको अर्थ बुझ्ने ब्रा≈मणले आपूmलाई र पशुलाई उत्तम गतिमा पु¥याउँछ’
(५।३९–४२ को मेरो उल्था) र ‘वेदमा विहित हिंसालाई यस चराचर जगत्मा अहिंसा नै भनी ठात्रू, किनभने धर्म भत्रे कुरा वेदबाटै प्रकाशित छ’ (५।४४ को मेरो उल्था) भनी यहाँ लेखिएकोले ‘वैदिकी हिंसा हिंसा न भवति’ भत्रे उक्तिको समर्थन गरिएको छ ।

‘मनुस्मृति’मा मांसाहारसंबन्धी प्रकरणको अन्त्य ‘मासु खानमा, रक्सी खानमा र मैथुनमा दोष छैन । यो त प्राणीहरूको प्रवृत्ति हो । यताबाट निवृत्त हुँदा महाफल मिल्छ’ (५।५६ को मेरो उल्था) भनी गरिएको देख्दा मांसभक्षणतर्पm सर्वसाधारणको प्रवृत्ति स्वभावतः हुने भएकोले त्यसलाई हल्का रूपमा लिइएको छ भनी भनिरहनु नपर्ला । ‘मासु खानेबारे ‘मनुस्मृति’ ५।२७–५६ मा गरिएको लामो विवेचनाबाट फरक फरक मनःस्थिति प्रकट हुन्छ’ (‘हिस्टरि अप्m धर्मशास्त्र’, १ ठेली १ भाग, २ संस्करण, भाण्डारकरप्राच्यविद्यासंशोधन– मन्दिर, पूना, ई.सं. १९६८, ३३१ पृ.) भनी पाण्डुरङ्ग वामन काणे (वि.सं. १९३७–२०२९)ले लेखेको कुरा मलाई ठीक लाग्छ ।

वि.सं. १९७९ मा शिवरात्रिमा भारतबाट आएका, बङ्गाली सच्चिदानन्द स्वामीले श्री ३ चन्द्र (वि.सं. १९२०–१९८६, शासनकाल वि.सं. १९५८–१९८६)को रोहबरमा सिंहदरबारमा पशुबलि शास्त्रविहित होइन भनी बोल्दा पशुबलिको पक्षमा हेमराज पण्डित (वि.सं. १९३५–२०१०) र उनको पक्षका पण्डितहरूले बोले भनी त्यस सभामा उपस्थित राममणि आचार्य दीक्षित (वि.सं. १९३९–२०२८)ले लामो लेखेका छन् (केशव मणि आचार्य दीक्षितद्वारा संपादित ‘पुराना संझना’, काठमाडौँ, २०२९, २४१–२४४ पृ.) । त्यसै ताका यहाँ आएका राहुल सांकृत्यायन (वि.सं. १९४९–२०१९)ले पनि त्यस शास्त्रार्थको चर्चा गरेका छन् (‘जिनका मैं कृतज्ञ’, किताब महल, इलाहाबाद, ई.सं. १९५७, १३६–१३७ पृ.) । त्यो शास्त्रार्थ सुत्र पाएका बालकृष्ण सम (वि.सं. १९५९–२०३८)ले पनि यस विषयमा लेखेका छन् (‘मेरो कविताको आराधना, उपासना २’, साझा प्रकाशन, काठमाडौँ, २०२९, ६–८ पृ.) । त्यही सभामा दिव्यदेव पन्त (वि.सं. १९२०–१९९२)ले ‘उठेर कराए— हाम्रो चलिआएको सनातन धर्मको विरुद्ध बोल्ने यस्ता पाखंडी यहाँ अगि पनि धेरै आएका थिए, हाम्रो गु≈येश्वरी माईलाई नित्य रगतको भाग चाहिन्छ, त्यो बन्द गराउन खोज्नेलाई हामीले पिटेर धपाएका थियौँ, अहिले पनि यस्तो पाखंड’ (उही ७ पृ.) भनी बालकृष्ण समले लेखेकाले पशुबलिको विरोधमा वि.सं. १९७९ भन्दा अगाडि पनि यहाँ कुरा उठेको देखिन्छ ।

वि.सं. २००७ मा शासन परिवर्तन भएपछि नेपालमा प्राचीन कालदेखि चल्दै आएको लोकयात्रामा क्रमशः असर पर्दै गयो । सनातनधर्मको मेरुदण्ड भएर रहेको जातिप्रथा नेपाली समाजमा क्रमशः हेय दृष्टिले हेरिन थाल्यो । यसैको परिणामस्वरूप जातिविशेषले मान्दै आएका धर्म अर्थात् नियम खुकुला हुँदै गए । पश्चिमा संसारले राम्रो भनेको कुरालाई राम्रो र नराम्रो भनेको कुरालाई नराम्रो भत्रे परंपरा बस्न गयो । यसको असर सामान्य जनजीवनमा मात्र होइन, धर्मकर्ममा पनि पर्न गयो । पश्चिमाहरूको शक्तिशाली र एकोहोरो प्रचारले गर्दा हाम्रो यहाँ परंपरादेखि चलिआएका चालचलन र रीतभाँत खराब हुन् भत्रे कुरा सर्वसाधारणले ठान्दै गए । उदाहरणको लागि, छाउपडीकै कुरा लिऊँ । रजस्वला भएकालाई अलग्गै राख्ने चलन हामीकहाँ छ, खास गरी पश्चिम नेपालमा यो चलन कडा रूपमा चलनचल्तीमा छ । रजस्वला हुँदा आरामको जरुरत हुँदा कसैसँग छूतछात नगरी अलग्गै राखे राम्रो हुने भएकोले छाउपडीको प्रथा चलेको हो जस्तो मलाई लाग्छ । पछि जुनसुकै नियमकानूनमा पनि विकृति आउन थाले भैmँ गरी यस प्रथामा पनि विकृति अवश्य आएको हो । तर उनीहरूलाई अलग्गै राख्नाको मतलब मूलतः उनीहरूलाई दुःख दिनु थिएन, अपितु उनीहरूलाई आराम दिनु थियो । छाउपडीप्रथामा आएको विकृति हटाई त्यसलाई मूल रूपमै फर्काउनुको साटो अहिले त्यही प्रथालाई नै निर्मूल पार्ने जुन अभियान चलेको छ, त्यो स्त्रीजातिको लागि हितकर छैन ।

उत्राइसौँ शताब्दीको अन्त्य हुनुभन्दा अगाडिदेखि यूरोपमा पशुबलिको विरोध हुँदा हाम्रो यतातिर पनि त्यसको प्रभाव बिस्तारै पर्न थाल्यो । पशुपञ्छीलाई दया गर्ने मनोवृत्ति भएकाहरूले यस्तो हिंसाको विरोध गरेकोमा मलाई केही भत्रु छैन । हाम्रा शास्त्रमा नै बलिको विरोध छ भनी भत्रे गरेको कुरामा भने मेरो विप्रतिपत्ति छ । हाम्रो यतातिर प्राचीन कालदेखि २ थरी अलग अलग विचारपद्धति चल्दै आएकाले कोही पशुबलिको विरोध गर्थे त कोही समर्थन । अहिलेको जस्तो मासुको खपत भने बढ्दै जाने, धार्मिक रूपले गरिने बलिको चाहिँ विरोध गर्ने ढोँगी समाज त्यति वेला थिएन जस्तो मलाई लाग्छ ।
मलाई भीमनिधि तिवारी (वि.सं. १९६८–२०३०)ले लेखेको एउटा कहानीको याद यस वेला आइरहेछ । उनको ‘नेपाली सामाजिक कहानी’को पहिलो भाग—— उनको भाषामा जेठो भाग—— राणाकालमै वि.सं. २००६ मा प्रकाशित भएपछि त्यसैको माहिलो भाग प्रजातन्त्र आएपछि वि.सं. २००८ मा प्रकाशित भयो । त्यस भागमा पहिलो कथाको रूपमा ‘धारणा’ शीर्षकमा एउटा कहानी छापिएको छ । पुराना विचारधाराका मामा र ‘बाहुनको छोरा भएर टीका नलाउने, आमाको जीउ छँदा छँदै जुँघा काट्ने’, नयाँ विचारधाराका भानिजको बीचमा भएको संघर्षको चित्रण गरी लेखिएको त्यस कथाको केही अंश यहाँ उद्धरण गर्न मन लाग्यो—
‘मामा र भानिजको गरमागरम बहस भयो— मासु खाने कुरामा । सधैँ अलिअलि ठाकठुक परिरहन्थ्यो, आज निकै चर्काचर्की प¥यो । मामाको धारणा थियो— बगरेकहाँको र आपूmले घरमा कटाएको मासु खानु पाप हो । यदि खानुप¥यो भने एउटा बोको किनेर, एक भाग पूजासामग्री हालेर कुनै देवीको मन्दिरमा पठाउनू र प्रसादको रूपमा त्यही मासु खानू । त्यसो गर्नाले देवी पनि प्रसत्र हुन्छिन्; बोको पनि मुक्त हुन्छ; आपूmलाई पनि मासु प्रसाद भइहाल्यो । भानिजको धारणा ठीक त्यसको उल्टो थियो— मासु खाँदै नखानू, यदि खानुपर्छ भने कि त बगरेकहाँबाट ल्याएर खानू कि आफ्नै घरमा कटाएर खानू । देवीको मन्दिरमा लगेर मूर्तिलाई अचानो बनाएर, रेटेर, मारेर नखानू । यसो गर्नाले कुकुरहरूले देवीको मूर्ति चाट्छन्, लाखौँ माखा भन्केर मूर्तिलाई फोहोर पारिदिन्छन् । देवीको मूर्तिमा दर्शन गर्न मानिसहरूमा अश्रद्धा बढ्छ, घृणा हुन्छ । ती मामा र भानिजको सिद्धान्त बिलकुल उल्टो थियो । मेल दक्षिण र उत्तर ध्रुवजति टाढा ।’

भत्रुपर्दैन, मामाको विचारले ‘मनुस्मृति’को धारणाको प्रतिनिधित्व गरेको छ त भानिजको विचारले चाहिँ पाश्चात्त्य धारणाको ।  भारतमा केरल राज्यको पञ्जलमा वि.सं. २०३१ चैत ३० गतेदेखि वि.सं. २०३२ वैशाख ११ गतेसम्म लुप्तप्रायः ‘अग्निचयन’ भत्रे याग भएको थियो । पाश्चात्त्य प्रभावमा पशुबलिको उग्र विरोध भएकोले अग्निचयनमा अपरिहार्य छागबलि अर्थात् बोकाको बलि त्यस यागमा भएन । क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर फ्रित्ज स्टाल (वि.सं. १९८७–२०६८)को प्रबन्धमा नम्बुदिरी ब्रा≈मणहरूले गरेको अग्निचयनमा छागबलि नभएकोले श्रौतमार्गका अनुयायी आन्ध्र ब्रा≈मणहरूले यसको घोर विरोध गरेको कुराको संझना यस प्रसंगमा हुन्छ ।
नेपालमा अहिले पशुबलिको उग्र विरोध चलिरहेछ । खास गरी त्यस्तो विरोध दसैँ ताका नै हुन्छ । ठाउँठाउँमा बलिको विरोधमा लेखिएका पट टाँस्ने र बलिप्रथाको विरोधमा कहिले कहिले जुलूस आउने गरेको पनि देखिन्छ । यस विरोध कार्यक्रमका अग्रणी गोविन्द टण्डन (वि.सं. २०१२ मा जन्म)ले बलिप्रथाको विरोधमा लेखेको कुराको उद्धरण गरेपछि केही टिप्पणी गरेर यो सानो लेख टुङ्ग्याउनुपरेको छ ।

उनी लेख्छन्— ‘दशैँको नौ दिन साँस्कृतिकरूपले महत्ताशाली भए पनि त्यसभित्रको गूढ रहस्यहरूलाई नबुझ्दा विकृतिले ग्रस्त छ । आपूmमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता दुर्गुणहरूलाई ईश्वरको चरणमा अर्पण अर्थात् बलि दिएर त्यसमाथि विजयप्राप्त गर्नु पर्नेमा ‘पशुबलि’को नाममा पशुपक्षीको हत्या गरेर धर्मको धज्जी उडाएको अनुभव जताततै देखिन्छ । यसैले नौ दिन मेरा लागि अत्यन्त कष्टकर हुन्छ । यस्तै कष्टको अनुभव अरू कतिले गर्दा हुनन् । सकेसम्म नवरात्रिको नौ दिन बाहिर ननिक्लेको पनि अब त झण्डै चार–पाँच दशक भइसक्यो होला । त्यसमा पनि सप्तमी, अष्टमी र नवमीमा त बाहिर निक्लन हुने अवस्थै पनि हुत्र । निरपराध, निरीह र अबोध पशुहरूको हत्या, काटमार आदिले जताततै रक्तरञ्जित अवस्था ! जगज्जननी मानिने देवीका मन्दिरहरू त के भनौँ रगतको आहालले भरिएको हुन्छ । यो त एउटा दृष्टान्तमात्र हो । प्रत्येक दिन संसारभरि मारिने र काटिने पशुपक्षीको अन्तरकथा, तिनले पाउने पीडा र प्रताडना तथा प्रत्येक दिनको आँकडालाई हेर्ने हो भने मानवता नै कहाँ बचेको छ जस्तो लाग्छ’ (‘सर्वोत्कृष्ट जीवनका लागि शाश्वत चिन्तनहरू’, काठमाडौँ, २०५६, ‘आफ्नो भत्रु’, ख–ग पृ.) ।
पशुबलिलाई ‘धर्मको धज्जी उडाएको’ भत्रु त एकलकाँटे कुराको राम्रो नमूना हो भनी भनिरहनु नपर्ला । मुख्य कुरा त कसलाई धर्म भत्रे, त्यो नै स्पष्ट छैन । अहिले मात्र होइन, पहिले पनि ‘धर्मस्य तत्त्वं निहितं गुहायां महाजनो येन गतः स पन्थाः’ अर्थात् ‘धर्मको तत्त्व गुफामा राखिएको छ, धेरै मानिस जहाँबाट जान्छन्, त्यही मार्ग हो’ भनी भनेर आइरहेकै हो । आआफ्नो आस्था र विश्वासअनुसारको धर्मको अवलम्बन गरिइरहेको अवस्थामा मांसाहारचाहिँ नछोड्ने, देवतालाई चाहिँ बलि चढाउन भने छोड्ने कुराको समर्थन कदापि गर्न सकिँदैन ।