सीजी ब्लेज सिरिजअन्तर्गत दुई नयाँ स्मार्ट फोन

lg

काठमाडौं÷रास– सीजी मोबाइलले नेपाली बजारमा नयाँ दुई स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले ईओन ब्लेज सिरिजअन्तर्गतका ईओन ब्लेज–सिक्स र ईओन ब्लेज–प्रो गरी दुई मोडल नेपाली बजारमा ल्याएको हो ।

ईओन ब्लेजमा ६ इन्चको एचडी डिस्प्ले छ । सो फोनमा १३ मेगापिक्सलको रियर र सेल्फीका लागि पाँच मेगापिक्सलको क्यामेरा जडान छ । यस स्मार्ट फोनमा नयाँ प्रविधि र विशेषता पनि रहेका कम्पनीले बताएको छ ।

एन्ड्रोइड भर्सनको स्मार्ट फोनमा २८ सय एमएएच पावरको ब्याट्री छ । १ जीबी ¥याम छ भने १६ जीबी इन्टरनल स्टोरेज क्षमता छ । यसको कम्पनी मूल्य ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।

यसैगरी, ईओन ब्लेज–प्रोमा भने ५ दशमलव ५ इन्चको डिस्प्ले छ । यस स्मार्ट फोनमा १३ मेगापिक्सलको रियर र पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । २४ सय एमएएच पावर ब्याट्री रहेको मोबाइल सेटमा १ जीबीको ¥यामको साथमा १६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । यस स्मार्ट फोन नेपाली बजारमा ९ हजार ६ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले बताएको छ ।