मुखर्जी भ्रमणका अपेक्षा

मुखर्जी भ्रमणका अपेक्षा

 

भारतका राष्ट्रपति प्रणव मुखर्जी तिहारलगत्तै (१७ कात्तिकमा) नेपाल भ्रमणमा आउँदै छन् । यो सन्दर्भ देखाएर सरकारले सो दिन सार्वजनिक बिदासमेत घोषणा ग¥यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारकै पालामा तय भएको उनको भ्रमण नेपालका राष्ट्रपतिको भारत भ्रमण स्थगितसँगै धकेलिएको थियो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि भने उनको नेपाल आगमन मिति तय भयो । १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको यो भ्रमण समयका हिसाबले मात्र होइन, सन्दर्भका हिसाबले पनि महŒवपूर्ण छ । भ्रमण तयारीका लागि नेपालले गरेका केही आलाकाँचा निर्णयबाहेक यो भ्रमण यसपटक नेपालको पर्यटन उद्योगलाई विश्व बजारमा चिनाउने कडीको रूपमा प्रचारित छ ।

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकले आपसी सहकार्यका केही महŒवपूर्ण विषयमा छलफल र सहमति गरेलगत्तै हुन लागेको भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले भारतीय  नाकाबन्दीका बेलादेखि चिसिएको सम्बन्धलाई सुमधुर बनाउँदै लानेछ वा यथास्थितिमै राख्नेछ भन्ने अर्को बहस यसबेला सान्दर्भिक छ । कार्यकारी प्रमुख नभए पनि महŒवका साथ मुखर्जीले नेपालका विभिन्न पर्यटकीय महŒवका ठाउँहरूमा भ्रमण कार्यक्रम तय भइसकेको छ । यद्यपि, सहयोग लेनदेनका विषयमा भने सबै कुराबाहिर आइसकेको छैन । सम्भवतः
राष्ट्रपतिको भ्रमणले यस विषयलाई खासै समेट्ने पनि छैन । तर अवधिका हिसाबले संविधान निर्माणपछि छिमेकी मुलुकका प्रमुखले दिएको महŒवलाई भने हामीले उच्च सम्मानको दृष्टिले हेर्नुपर्छ । यद्यपि, उनको आगमनका दिन सार्वजनिक बिदा दिने विषयमा भने विविध कोणबाट तर्क गर्न सकिन्छ । समानस्तरको सम्बन्ध र सद्भावको विषय नेपालले उठाइरहेका बेला यो बिदा त्यो दिशामा नसुहाउँदो भने अवश्य छ ।

तर, सरकारले सुरक्षाको जुन प्रश्न उठाएको छ, त्यसमा भने आलोचना गरिरहन पर्दैन, गर्न मिल्दैन पनि । पाकिस्तानसँग पछिल्ला दिनमा तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको भारतका लागि आफ्ना राष्ट्रप्रमुखको नेपाल भ्रमणका बेला सुरक्षा सरोकार जोडिनु नौलो कुरा होइन । यसमा नेपालले आश्वस्त पार्नुपर्छ कि पाकिस्तान–भारत तनावमा नेपालको सरोकार त छैन नै, यही कारण सुरक्षा खतराको शंका गरिरहन आवश्यक पनि छैन ।  मुखर्जी भ्रमणका क्रममा हामीले पर्यटन प्रचारलाई विश्वस्तरमा पु¥याउने अर्को अवसर पाउँदै छौं । मुखर्जीको लुम्बिनी, जनकपुर र पोखरा भ्रमणलाई धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सकिन्छ ।

नेपाल–भारत सम्बन्ध सधैं कर्मचारीतन्त्र स्तरभन्दा माथि उठ्न सकेको छैन । पछिल्ला केही वर्षयता नेपालका प्रधानमन्त्रीको भ्रमण होस् या भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, दुई देशबीचको सम्बन्धलाई राजनीतिक तहको यथेष्ट उचाइसम्म लैजान हामीले सकिरहेका छैनौं । यस पटकको भ्रमणमा यो पाटोमा पर्याप्त प्रयास मात्र होइन, व्यावहारिकता दिने प्रयास पनि गर्नुपर्छ । उच्चस्तरको यो भ्रमण तय भइरहँदा मुखर्जीको नेपालप्रतिको सदासयतालाई पनि महŒवका साथ हेर्नुपर्छ । सदैव नेपालको हित र विकासमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा चिन्ता व्यक्त गर्ने मुखर्जीको नेपालप्रतिको मोहलाई हामीले भ्रमणका क्रममा भरपूर सदुपयोग  गर्नुपर्छ । उनको भ्रमणले नेपालका राष्ट्रपतिलाईसमेत चाँडै भारत भ्रमणका लागि प्रोत्साहित गर्नेछ । यस अर्थमा पनि दुई पक्षीय भेटहरूको तीव्रताले मात्रै पनि केही हदसम्मको तिक्तताको अन्त्य गर्ने निश्चित छ ।