अब म स्वस्थ्य भएको छु : पूर्व राष्ट्रपति यादव

ramabar-yadhav-nepal_20150125012931_1

वासिङ्टन डिसी, १५ कात्तिक

पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भन्नुभयो– “मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।”

अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना हुनुभएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उहाँको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । स्थानीय समय अनुसार आज साँझ नेपाल फर्किन लाग्नुभएका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहनुभएको थियो ।
“उपचारको नियमित चेकजाँचको लागि ५÷६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु”– डा यादवले भन्नुभयो ।

कुराकानीको क्रममा पूर्व राष्ट्रपति डा यादवले भन्नुभयो– “म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु ।” रासस