च्यामासिंहमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

accident-logo-1441030167

भक्तपुर, १५ कात्तिक

गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बा४७प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ । घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन् । घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक भक्तपुर नगरपालिका–२ लिवाली बस्ने वर्ष १९ को निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।