दत्तात्रय सङ्ग्रहालयमा आगलागी

dattatraya

 

भक्तपुर, १५ कात्तिक

 दिपावली मनाउने क्रममा राती दत्तात्रय मन्दिरसंगै रहेको दत्तात्रय संग्रहालयमा आगलागी भएको छ । दिपावलीको दियो तातेर झ्यालको चौकोसबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।

आगलागीबाट संग्रहालयको झ्यालको बहुमूल्य कलात्मक तीनवटा झ्यालहरु जलेर नष्ट भएका छन् । बिहान तीन बजे भएको आगलागीको प्रहरी र भक्तपुर दमकलको सहायताले नियन्त्रणमा आएको थियो । रासस

Leave A Reply

Your email address will not be published.