बसबाट खसेर एक सशस्त्र प्रहरीको मृत्यु

accident-logo-1441030167-8

भीमदत्तनगर, १५ कात्तिक

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–कलुवापुर सडकखण्डमा आज साँझ बसबाट खसेर सशस्त्र प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ ।

ना ६ ख ४६७५ नम्बरको बसबाट खसेर सशस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत सशस्त्र प्रहरी जवान शङ्करसिंह धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

बसको ढोकामा उभिएका धामीको चस्मा बाटोमा खसेपछि गुड्दै गरेको बसबाट हाम फालेर चस्मा लिन जाने क्रममा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Leave A Reply

Your email address will not be published.