कलर्स प्राइड पी ८५ स्मार्टफोन बजारमा

pride-p-85-promo

काठमाडौं÷रास– कलर्स मोबाइलले प्राइड पी ८५ नामक स्मार्ट फोन बजारमा ल्याएको छ । फिंगर प्रिन्ट सेन्सरयुक्त स्मार्टफोन अत्यन्त छरितो र स्टाइलिस डिजाइनको छ भने नेपालीबजारमा प्राइड पी ८५ को प्रवेशले केवल अनलक गर्ने विशेषताभन्दा अन्य धेरै विशेषतालाई पनि प्रवेश गराएको कम्पनीको भनाइ छ । प्राइड पी ८५ फिंगर प्रिन्ट सेन्सरमा तेब्बर एलईडी फ्ल्याससहितको ८ मेगापिक्सल क्षमताको क्यामरा पछाडिको भागमा र ५ मेगापिक्सल क्षमताको क्यामेरा अग्र भागमा जडान पनि गरेको छ ।

सो फोनमा १ दशमलव ३ गिगाहर्ज क्वाड कोर प्रोसेसरसहित १ जीबी ¥याम र ३२ जीबिसम्म क्षमता बढाउन सकिने १६ जीबीको आन्तरिक मेमोरीको व्यवस्था गरिएको छ । ५ इन्च एचडी आईपीएस स्क्रिनयुक्त यो स्मार्टफोनमा २५ सय एमएएच क्षमताको ब्याट्री रहेका कारण ५ सय ६२ दशमलव ५ घन्टासम्म काम गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ । यसमा ५ सेकेन्डमै प्रतिक्रिया जनाउने फिंगर प्रिन्ट सेन्सर बटन रहेका कारण सुरक्षित हुनाका साथै छिटो डायल गर्ने, चाँडै उपलब्ध गराउने, एप लकर र सन्देशप्रवाहजस्ता कार्य पनि धेरै प्रभावकारी छन् । यो पूर्णतया सुरक्षित उत्कृष्ट क्यामेरा फोनको बजार ११ हजार ४ सय ९५ रुपैयाँ रहेको छ ।