अब हाम्रो पात्रो भाइबरसँगै

screenshot-85

राजधानी समाचारदाता
काठमाडौं, २५ कात्तिक

हाम्रो पात्रोले भाइबरस“ग आधिकारिक साझेदारी गर्दै ‘भाइबर पब्लिक एकाउन्ट’मा आफ्नो सेवा विस्तार गरेको छ ।  भाइबरबाट हाम्रो पात्रोभित्र छिर्न chats.viber.com/HamroPatro  मा जान आग्रह गरिएको छ ।  यसबाट सेवाग्राहीले कुनै पनि ब्रान्ड वा उत्पादनबारे दोहोरो संवाद गर्नसक्ने जनाइएको छ ।

‘भाइबर पब्लिक एकाउन्ट’मा नेपालका थोरै ब्रान्डमध्ये हाम्रो पात्रो पनि एक बनेको छ । यो प्रविधिमा जान भाइबरमा ‘हाम्रो पात्रो’ खोज्न सकिनेछ । यसपश्चात् ताजा समाचार, तिथि–मिति, लोडसेडिङ तालिका, राशिफल, मौसम, विदेशी विनिमय दर, सुनचा“दीको मूल्य, दैनिक जनमतलगायत उपलब्ध हुने हाम्रो पात्रो नेपालले जनाएको छ ।

यसैगरी, स्वचालित सङ्खटवेयरमार्फत जिज्ञासा तथा प्रश्नको उत्तर तत्काल लिनसक्ने व्यवस्था पनि गरिएको छ ।  त्यस्तै, कुनै पनि ब्रान्ड वा उत्पादक भाइबरमा सहजै पुग्न ‘हाम्रो च्याट बोट’ प्रयोगमा ल्याइएको छ ।