निक इलेक्ट्रो टेक २०१६ हुँदै

electro-tech-new-logo

काठमाडौं÷रास– विद्युत् तथा विद्युतीय व्यवसायको विकास एवं यस क्षेत्रसँग सम्बन्धित आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको आठौं संस्करण ‘निक इलेक्ट्रो टेक २०१६’ ३ देखि ७ म्ांसिरसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने भएकोे छ ।

यस वर्ष ‘सुरक्षित पुनर्निमाण’ भन्ने मूल नाराका साथ सो प्रदर्शनीको आयोजना हुन लागेको हो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा विद्युतीय व्यवसायी एवं उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई यस व्यवसायको सामूहिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धीहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यससम्बन्धी जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने लक्ष्य आठौं संस्करणको रहेको आयोजकले बताएको छ ।

प्रदर्शनीमा ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गरी आप्mना उत्पादनहरूबारे जानकारी दिनेछन् भने केहीले सेल्स एरियामार्फत बिक्री वितरणसमेत गर्नेछन् ।

इलेक्ट्रो टेक २०१६ मा सानाठूला गरी १ सय १४ वटा स्टलहरू रहेकामा शतप्रतिशत स्टलहरू बुकिङ भइसकेका छन् । इलेक्ट्रो टेकको यस आठौं संस्करणमा स्नाइडर, लेग्रो, एचपीएल, सी एन्ड एस, फिलिप्स, हेभल्स, सिमेन्स, एल एन्ड टी, क्रम्टन, उषा, इलेक्ट्रा इलेक्ट्रिक, ओरियन्ट, निक, सीजी, हिमस्टार, राठीलगायतका १ सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता रहनेछ ।