गोरखा इको प्यानललाई आईएसओ

eco-pannel

काठमाडौं÷रास– नेपालमै पहिलोपटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिले आईएसओ ९००१स् २०१५ चिह्न प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेसन वाल (गारो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो ।

गोरखा इको प्यानल स्वदेशी प्रिफ्याब्रिकेटेट इको प्यानल हो । यसले कुनै पनि निर्माणमा आवश्यक पर्ने बाहिरी  गारो र भित्री गारो उत्पादन गर्दै आएको छ । यो परम्परागत निर्माण सामग्रीभन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरणमैत्री, थर्मल इन्स्युलेसन, साउन्ड इन्स्युलेसन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधीसमेत छ ।

इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ ।

गोरखा इको प्यानल दुई साइडमा ननएस्वेस्टस् क्याल्सियम सिल्केट बोर्ड र भित्र सिमेन्ट, बालुवा, थर्माेकोल र विशेष प्रकारको एडिटिबको मिश्रणबाट निमार्ण हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जनाए । उनका अनुसार यसको जोडाइमा कुनै पनि च्यानलको प्रयोग हुँंदैन । त्यसैले यसको एस्थेटिक भ्यालु राम्रो हुन्छ । टंग एन्ड ग्रुभयुक्त प्यानलको जडान एडिसिभ सिमेन्ट र पियूफोमद्वारा गरिन्छ । यसको जडान मजबुत हुन्छ । यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतीय उपकरण जडान गर्न कन्सिल वायरिङ तथा बाथरुमका टायल जडान गर्न सकिन्छ ।

सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको कम्पनीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँंगको सहरिसर्चमा हाल १० प्रतिशत मात्रै आयातीत कच्चा पदार्थ प्रयोग गरी गोरखा इको प्यानल बनाउन सफल भएको छ ।