एप्पल वल्र्डमा मोबाइल एक्सचेन्ज

apple-world

काठमाडौं÷रास– दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्रान्ड मोबाइल सोरुम एप्पल वल्र्डले १५ दिनको मोबाइल एक्सचेन्ज धमाका ल्याएको छ । एकैछानामुनि विश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले जुनसुकै कम्पनीको मोबाइल एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न पाउने अफर ल्याएसँगै सोरुममा मोबाइल एक्सचेन्ज गर्नेहरूको घुइँचो लागेको छ ।

एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गरिरहेको छ । पुरानो मोबाइलको राम्रो भ्यालु पाइने भएसँगै मोबाइल साटी नयाँ मोबाइल खरिद गर्ने मोबाइल पारखीहरूको भीड लागेको बताउँदै प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले यो योजना १५ दिनसम्म मात्र रहने जानकारी दिए ।

एक्सचेन्ज धमाकासँगै सोरुममा ५० प्रतिशतसम्म छुटमा मोबाइलको कारोबार भइरहेको छ । निःशुल्क टेम्पट ग्लास उपलब्ध गराइरहेको एप्पल वल्र्डले मोबाइल एसोसरिजमा ३५ प्रतिशतसम्म छुट दिइरहेको छ भने ६० मिनेटमै मोबाइल मर्मत गर्ने र मर्मत शुल्कमा ५० प्रतिशत छुट दिइरहेको छ । सोरुममा सामसुङ, एचटीसी, जेटटीई, हुवावे, एमआई, ओप्पो, मेइजु, माइक्रो म्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी, सिजी, यूएमआई, ओबीआई, माइक्रोसप्mट, वान प्लस थ्रि र गुगलफोनका टच एन्ड फिल काउन्टर राखेको छ ।