सदाका लागि लोडसेडिङ अन्त्यको योजनामा छौं

सदाका लागि लोडसेडिङ अन्त्यको योजनामा छौं

 

दैनिक घन्टौंको लोडसेडिङ सामना गर्न बाध्य उपभोक्ताले पछिल्लो दुई सातायता राहतको महसुस गर्न थालेका छन् । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङको नयाँ रणनीतिबाट यो सम्भव भएको हो । दुई सातादेखि लोडसेडिङको सामना गर्न छाडेका जनता कहिलेदेखि पुरानो समस्या पुनः दोहोरिने हो त्यसमा सशंकित छन् । तर, कार्यकारी निर्देशक घिसिङ भने सके देशैभर र नसके पनि काठमाडौं उपत्यकामा मात्रै भए पनि सदाका लागि लोडसेडिङ अन्त्य गर्न प्रतिबद्ध छन् । घिसिङ इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले प्राधिकरणको सिस्टम र प्राविधिक पक्ष बुझेको हुनाले पनि उनलाई अहिले विद्युत् व्यवस्थापन गर्न सहज भएको हो । व्यवस्थापनमा समेत एमबीए गरेका घिसिङले विद्युत्को व्यवस्थापन गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएका छन् । २२÷२३ वर्षदेखि प्राधिकरणमा कार्यरत २७ सालमा जन्मिएका घिसिङ चार तहबाट सेवा प्रवेश गरेका हुन् । विद्यमान लोडसेडिङ अन्त्यका लागि कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण, मर्मतसम्भार, भारतबाट थप आयात, प्रसारण लाइनको विस्तार एवं मर्मत सम्भार र निर्माण सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाको तीव्र कार्यान्वयनलगायतको पक्षमा जोड दिन थालेका छन् । यसका लागि सम्बद्ध पक्षसँग पटकपटक कुराकानी भइरहेको र लोडसेडिङ अन्त्यको एउटा खाका बन्ने अवस्थामा पुगिसेकेको छ । यसै सन्दर्भमा घिसिङसँग राजधानीका लागि शिव दुवाडीले गरेको कुराकानीको संक्षेप ।

ghisingggg

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिरकण

० काठमाडौं उपत्यकामा हुँदै आएको लोडसेडिङ एकाएक घटाएर आमजनतालाई आश्चर्यमा पार्नुभयो । यसअघि नभएको यो कार्य अहिले कसरी सम्भव भयो ?

– यसका लागि हामीले केही निश्चित काम सुरु गरेका छौं । त्यो भनेको लोडसेडिङ व्यवस्थापन, कर्मचारी व्यवस्थापन र पूर्वाधार व्यवस्थापनलगायत तीनचारवटा काम छन् । यसैबाट त्यो सम्भव भएको हो । अहिले सुरुवात मात्र हो । विस्तारै सदाका लागि नेपालबाट यसलाई लोडसेडिङ मुक्त गर्न हामी क्रियाशील छौं ।

० व्यवस्थापन परिवर्तन ल्याउँदैमा उपत्यकाको लोडसेडिङ हटाउन सम्भव भएको हो ?

– व्यवस्थापन सुधार ल्याउँदा त्यसको प्रभाव छिटो र देखिने गरी आउँछ । विगतमा व्यवस्थापनमा भएको कमजोरीका कारण मुलुकमा चाहिने भन्दा थेरै लोडसेडिङ हुँदै आएको थियो । अहिले त्यसमा सुधार गरिएको छ । विद्युत्को आपूर्ति व्यवस्थापन अहिले व्यापाक सुधार भएकोे छ । यसलाई अझै थप प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्दछ । अर्को विषय भनेको जति पनि जेनेरेसन हुन्छ, त्यसको प्रभावकारी वितरण हो । अहिले मुलुकमा केही जलविद्युत् र केही थर्मल पनि छन् ती सबैलाई व्यवस्थापन गर्ने हो । त्यस्तै, ट्रान्सफर्मरको पनि व्यवस्थापन गर्नुपर्नेछ । अर्को सञ्चालनका हिसाबले कसरी गर्ने भन्ने हो । विभिन्न १० ठाउँबाट अहिले हाम्रो आयात भैरहेको छ । ती ठाउँमा स्विचिङ गर्ने, कुन कुन आयोजना कहिले र कसरी चलाउने भन्ने प्रस्ट योजना हुन्छ । त्यो हमी गरिरहेका छौं । त्यस्तै, अर्को माग कसरी व्यवस्थापन गर्ने भन्ने विषय हो । काठमाडौंमा आधा ठाउँमा बत्ती बल्दथ्यो र आधा ठाउँमा बल्दैनथ्यो । बत्ती आउने बेलामा मानिसले सबै काम एकैपटक गर्दथे । बत्ती आउने बेलामा सबै इन्भर्टरहरू चार्ज हुन्थ्यो । अहिले इन्भर्टर चार्ज गर्न पर्दैन । त्यो लोड पनि घटेको छ । चुहावट नियन्त्रण कार्यलाई हामीले अभियानकै रूपमा अगाडि सारेका छौं । तराईतिर त ५०÷६० प्रतिशत चुहावट छ । काठमाडौंम अलि कम १०÷१२ प्रतिशत हो ।

० अहिले विद्युत्को खास माग कति हो ?

– माग त हरेक घण्टा फरक छ । १४ सय मेगावाट त एकाध घण्टा हो । हाम्रो आपूर्ति ७०० मेगावाटको हाराहारीमा छ । माग १४ सय मेगावाट छ । २२ घण्टा त आफैं व्यवथापन हुन्छ । बाँकी २ घण्टाको पिकिङ व्यवस्थापनको कुरा हो । यो त हामीले गर्नुप¥यो नी । क्राइसिसको बेलामा त्यसलाई सही व्यवथापन गर्नु नै मुख्य कुरा हो ।

० गरे सम्भव हुँदो रहेछ हो ?

– त्यो त पक्कै हो । पहिलो कुरा इच्चा शक्ति हुनुप¥यो । आफैंले चुनौतीको सामना गर्नुप¥यो । पोहोर यतिबेला दैनिक ८÷९ घण्टा लोडसेडिङ हुन्थ्यो । सप्लाइको अवस्था अहिले पनि उस्तै हो । अलिकति प्रभावकारी व्यवस्थापन नै हो । ८ महिना लोडसेडिङ नगर्न सकिन्छ । बाँकी ४ महिना दैनिक केही घण्टाको मात्रै समस्या हो । त्यसको व्यवस्थाापनको तयारी भइरहेको छ ।

० के छ व्यवथापनको योेजना ?

– अहिले सिंगो सरकार, प्रधानमन्त्री, ऊर्जामन्त्री, विद्युत् प्राधिकरणलगायत सबै निकाय मिलेर काम गरिरहेको अवस्था छ । यसमा सबैको चासो र सक्रिय सहभागिता पनि छ । यसको एउटा ठोस योजना बन्दै छ । त्यो छिट्टै सार्वजनिक हुन्छ ।

० उपत्यकाबाहिरको अवस्था कस्तो छ ?

– काठमाडौंबाहिर धेरै लोडसेडिङ भएको छैन । बाहिर पिक लोडमा केही घण्टा लोडसेडिङ गर्नुपर्ने हुन्छ । यहाँ त जनतालाई यति घण्टा र उति घण्टा भनेर तर्साइयो । यहाँ त म आफैंले रिक्स लिएर काम गरिरहेको छु । यसमा राज्य पनि लागेको छ ।

० हिउँदमा के हुन्छ ?

– कमभन्दा कम गरेर अन्त्य गर्ने नै हो । त्यसको प्रयासमा हामी जुटिसकेका छौं । काठमाडौंमा सकेसम्म लोडसेडिङ नै नगर्ने र बाहिर कमभन्दा कम मात्रै गर्ने हो । यो सरकारको एजेन्डा हो । पूरै सरकार लागेको छ । प्रधानमन्त्री लागेको छ । ऊर्जामन्त्री लागेको छ । कसो नहोला । हामी अब घण्टाको पछि लाग्दैनौं । यसलाई सके अन्त्य र नसके कम गरेर देखाउँछौं ।

० त्यो कार्य कत्तिको चुनौतीपूर्ण छ ?

– चुनौती र फेस गर्नुपर्दछ । काम गर्ने भनेको आफैंलाई चुनौती खडा गर्ने नै हो । विना टार्गेट त कसरी काम हुन्छ र ? योजना बनाएपछि न त्यसअनुसार काम गर्ने हो । म सधैं पोजेटिभ रूपमा हेर्दछु । गर्ने भनेपछि गरेर देखाउने हो । कमिटेड र डेडिकेटेड भएर लाग्ने हो । लागेपछि हुन्छ । ऊर्जा मन्त्रालयले ३७ बुँदे कार्ययोजना पनि बनाएको छ । त्यसैअनुसार अगाडि बढ्ने हो ।

० जनाशय युक्त आयोजना चलाई त्यहाँको पानी सकेर चलाएर लोडसेडिङ हटाएको आरोप छ नि ?

– यो सरासर गलत हो । म आएछपछि लक्ष्मीपूजाको एक दिन मात्र चलाएको हो । नत्र चलाएको छैन । कहिलेकाहीँ केही मिनेट अप्ठ्यारो पर्दा चलाइन सक्छ । फेरि एकछिन त सिस्टमका लागि पनि चलाउनै पर्दछ । यसर्थ यस्ता हल्लामा कुनै सत्यता छैन ।

० दीर्घकालीन सोच के छ ?

– नेपालको पानीमा जनताको लगानी गराउने हो । अहिले सेयर भर्न दिनभर लाममा बस्नुपर्ने जस्तालाई हामी बिजुलीमा सेयर हाल्न आग्रह गर्दछौं । अब त्यो दिन छिट्टै आउँछ । लोडसेडिङ आफ्ना गतिविधिमा पनि भर पर्दछ । लोड म्याजेज्मेन्ट प्रभावकारी रूपमा गर्ने नै हो सही व्यवस्थापनका लागि ।
यसअघि प्राधिकरणको जिम्मेवार तहमा रहेका व्यक्तिहरूले हचुवाको भरमा विनायोजना लोडसेडिङ गर्दै आएकाले समस्या विकराल देखाइएको भए पनि बजार हल्लाजस्तो ठूलो समस्या रहेको छैन । भएको बिजुली सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा काठमाडौं उपत्यकालगायत देशका प्रमुख स्थानमा गत दुई सातादेखि लोडसेडिङ हटाउन सकिएको हो । अब उपत्यकामा यसलाई निरन्तरता दिने र उपत्यका बाहिरको लोडसेडिङ हटाउने योजना बनाउन सुरु भइसकेको छ ।

० हाल उपलब्ध विद्युत्ले नै उपत्यकाको लेडसेडिङ अन्त्य गर्न सम्भव छ ?

– काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई व्यवस्थित मात्रै गर्दा अहिलेको अवस्थामा ल्याउन सकिएको हो । हामीले समानुपातिक रूपमा बिजुली वितरण गरेका मात्र हौं । भएको बिजुलीलाई सही तरिकाले व्यवस्थापन गरी वितरणगर्दा उपत्यकाको लोडसेडिङ हटेको हो । देशभर २४ घन्टामा २२ घन्टासम्म ७ सय मेगावाट बिजुलीको मात्रै माग हुन्छ । बाँकी दुई घण्टा मात्रै उच्चतम अर्थात् १ हजार ४ सय मेगावाटको बिजुली माग हुँदै आएको छ । त्यो दुई घण्टाका लागि वैकल्पिक व्यवस्था गर्दा बाँकी २२ घण्टा विद्युत् कटौती गर्न पर्दैन । हाल नपुग भएको बिजुली अभावलाई माग व्यवस्थापन र लोड सिफ्ट (भार स्थानान्तरण) गर्दै व्यवस्थित गरिएको मात्र हो ।
उपत्यकामा तिहारको लक्ष्मी पूजाका दिन उच्चतम माग तीन सय मेगावाट थियो । अन्य सामान्य समयमा उपत्यकामा राति सय मेगावाट र दिउँसो एक सय ५० देखि दुई सय मेगावाटसम्म माग छ । बेलुकीको उच्चतम विद्युत्् माग (पिक आवर) का बेला आवश्यक पर्दा एकदेखि डेढ घन्टासम्म जलाशययुक्त कुलेखानी सञ्चालन गरिएको छ ।
कुलेखानीलाई दैनिक डेढ घन्टाका हिसाबले चलाउँदा पनि हिउँदभरि पुग्छ । यसअघि प्राधिकरणले कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटको बिजुली सिस्टम कोल्याप्स (देशभर एकसाथ विद्युत्गृह बन्द) हुँदाका बखत र यदाकदा आंशिक रूपमा मात्र सञ्चालन गर्दै आएको थियो । अहिले भारतबाट थप बिजुली ल्याउन थालिएको र २५ मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को बिजुली पनि थपिएकाले लोडसेडिङ अन्त्य गर्न थप सहज भएको हो ।

० उद्योगको बिजुली काटेको कुरा बाहिर आएको छ । त्यो के हो ?

– प्राधिकरणले पूर्वाञ्चल र मध्यमाञ्चलका केही उद्योग र हेटौंडास्थित एक सिमेन्ट उद्योगलाई चौबीसै घन्टा बिजुली वितरण गर्दै आएको छ । प्रतियुनिट ३० देखि ३५ रुपैयाँसम्म पर्ने डिजेल प्लान्ट चलाउँदै आएका ती केही उद्योगले प्राधिकरणको सस्तोमा प्रतियुनिट तीन रुपैयाँ २५ पैसा (राति) र बेलुकी प्रतियुनिट ९ रुपैयाँ पर्ने प्राधिकरणको बिजुली उपयोग गर्दै आएका छन् । प्राधिकरणले ती उद्योगकै परिसरमा सर्किट ब्रेकर (लाइन काट्ने) बन्दोबस्ती गरेर २४ घन्टा आपूर्ति हुने व्यवस्था मिलाउँदै आएको थियो ।
हाल नेपालमा रिजर्भवायरको रूपमा जलाशययुक्त ९० मेगावाटको कुलेखानी आयोजना र हेटौँडामा १० मेगावाटको डिजेल प्लान्ट रहेको छ । यी दुवै प्लान्ट पिक आवरमा मात्र चलाउने र अरू बेला अन्य आयोजनाबाट उत्पादित विद्युत्को सन्तुलित वितरण गरेर लोडसेडिङ हटाउन सक्ने देखिएको छ ।

कुलेखानीलाई दैनिक डेढ घन्टाका हिसाबले चलाउँदा पनि हिउँदभरि पुग्छ । यसअघि, प्राधिकरणले कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटको बिजुली सिस्टम कोल्याप्स (देशभर एकसाथ विद्युत्गृह बन्द) हुँदाका बखत र यदाकदा आंशिक रूपमा मात्र सञ्चालन गर्दै आएको थियो । अहिले भारतबाट थप बिजुली ल्याउन थालिएको र २५ मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को बिजुली पनि थपिएकाले लोडसेडिङ अन्त्य गर्न थप सहज भएको हो ।

० प्राधिकरण अहिलेकै रफ्तारमा अगाडि बढ्न सक्छ ?

– सधैं विद्युत््भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रूपमा काठमाडौं उपत्यकालाई विद्युत््भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत् उपलब्ध भएर यस्तो घेषणा गरेको नभई राजधानीमा उपलब्ध भएको विद्युत््लाई व्यवस्थापन मात्रै गरिएको हो । उपलब्ध विद्युत््लाई व्यवस्थापन गरेकै कारण विद्युत््भार कटौती मुक्त गर्ने अभियान साकार भएको हो । यसअघि उपलब्ध विद्युत््को व्यवस्थापनमा सुधार नगरिएका कारण विद्युत््भार कटौतीको सूचना पटकपटक सार्वजनिक गर्नुपरेको थियो ।
काठमाडौं उपत्यकामा बढी विद्युत्् माग हुने साँझको समयमा करिब ३०० मेगावाट विद्युत्् आवश्यक पर्छ । मागअनुसार विद्युत्् उपलब्ध गराउन प्राधिकरणले आन्तरिक व्यवस्थापनमा सुधार गरिएको छ । मागअनुसार विद्युत्् उपलब्ध गराउने सरकारको र प्राधिकरणको योजनालाई साकार पार्न आन्तरिक रूपमा व्यवस्थापन गरिएको छ । यही तिहारको लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत्् माग भएको थियो । एक हजार ४८५ मेगावाट विद्युत्् सो दिन माग भएको थियो । उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको वितरण प्रणाली एकापसमा जोडिएको र वितरणसमेत सहज रहेकाले विद्युत््भार कटौती मुक्त गर्न सहज भएको हो ।

० भारतबाट आयात गर्ने बिजुली काठमाडौं त ल्याइएको छैन । आयात बढे पनि यहाँ अप्ठ्यारो पर्दैन ?

– भारतबाट आयात गरिएको विद्युत्् काठमाडौं उपत्यकामा नल्याइए पनि मस्र्याङ्दी करिडोरमा उत्पादित विद्युत्् भने सहज रूपमा भिœयाइएको छ । सो प्रणालीबाट करिब दुई सय मेगावाट विद्युत्् आपूर्ति हुने गर्दछ । यस्तै बढी माग हुने साँझको समयमा जगेडा शक्तिका रूपमा रहेको कुलेखानी आयोजना चलाइएको प्राधिकरणले जनाएको छ । साँझको समयको माग तीन सय मेगावाट भएकाले सहज रूपमा विद्युत्् उपलब्ध गराउन सकिनेछ ।
काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्म उद्योग व्यवसायमा करिब १२ मेगावाट मात्रै विद्युत्् खपत हुने गरेको छ । उपत्यकालाई विद्युत््भार कटौतीमुक्त गर्ने योजना सफल बनाउन उपत्यकाको वितरण प्रणालीलाई समेत सुधार गरिएको छ । बिग्रिएका र मर्मत गर्नुपर्ने ट्रान्सफर्मर तथा कन्डक्टरलाई समेत सुधार गरिएको छ ।

० एकाएक यसरी एग्रेसिभ भएर लाग्ने प्ररणा कसरी मिल्यो ?

– प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पुष्पकमल दाहालले एकाध समयभित्रै उपत्यकालाई परीक्षणका रूपमा विद्युत््भार कटौतीमुक्त गर्ने योजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई निर्देश गर्नुभएको थियो । हालै मात्र प्रधानमन्त्री दाहालले तत्काल विद्युत््भार कटौतीमुक्त कार्ययोजनालाई कार्यान्वयन गर्न निर्देशन दिइसक्नु भएको छ । सरकारले सार्वजनिक गरेको ऊर्जा संकटकाल तथा विद्युत् विकास दशकको अवधारणा अनुसार पनि अहिले काम भैरहेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नै यस विषयमा चासो राख्दै आउनुभएको छ । कतिपय योजना निर्माणका उहाँ नै प्रत्यक्ष लाग्नुभएको पनि छ ।
उपत्यकापछि क्रमशः मुलुकलाई नै विद्युत््भार कटौती मुक्त गर्ने कार्ययोजना अगाडि बढाइएको बताउनुहुन्छ । आगामी हिउँदमा भारतबाट थप २५० मेगावाट विद्युत्् ल्याउने पहल भइरहेको छ । त्यसका लागि धनुषाको ढल्केबरका सवस्टेसनको काम युद्धस्तरमा अगाडि बढिरहेकाले आगामी पुस मध्यसम्ममा उक्त सवस्टेसनको काम सम्पन्न हुनेछ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सवस्टेसनको काम दुई तीन महिनामा सम्पन्न गर्नुपर्दा अलिक गाह्रो भए पनि सफल भइन्छ ।

० उपत्यकामा थप विद्युत् ल्याउन आगामी कार्यक्रम के छ ?

– काठमाडौं उपत्यकामा थप विद्युत्् ल्याउन खिम्ती ढल्केबर प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ भने थानकोट मातातीर्थ–हेटौँडा प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै उपत्यकामा सुधार गर्नुपर्ने वितरण प्रणाली तथा अन्य प्राविधिक विषयलाई समेत सुधार गर्ने प्राधिकरणको योजना छ । यस्तै चुहावट नियन्त्रण तथा बक्यौता रकम उठाउने कामलाई समेत निरन्तरता दिने र निर्माणमा रहेका आयोजनालाई तत्काल सम्पन्न गर्नेसमेत प्राधिकरणको तयारी छ ।
प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो । आगामी दिनमा क्रमशः माग व्यवस्थापन, प्रणाली सुदृढीकरण र उच्चतम उत्पादन नीतिलाई जोड दिँदै सकेसम्म लोडसेडिङ हुन नदिने गरी अघि बढ्ने योजना पनि छ । काठमाडौंको ग्रिडमा अहिलेसम्म भारतबाट आयात हुने विद्युत् जोडिएको छैन । आसपासकै मस्र्याङ्दी, खिम्ती, लामोसाँघु एवं त्रिशूली करिडोरका प्रोजेक्टबाट यहाँ बिजुली आपूर्ति हुँदै आएको छ । यी आयोजनाबाट उत्पादित विद्युत्लाई माग र आपूर्तिको सन्तुलन मिलाएर हामीले व्यवस्थापन ग¥यौं ।