प्रज्ञा–प्रतिष्ठानमा पुस्तकालय भवन निर्मित

काठमाडौं / रास– नेपाल प्रज्ञा–प्रतिष्ठानले पुराना र महŒवपूर्ण कृतिलाई संरक्षण गर्ने उद्देश्यले पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । करिब तीन वर्षको समयावधिमा प्रतिष्ठानको परिसरभित्र तीनतले भवन बनेको हो । भारतको सहयोगमा बनाइएको उक्त भवनको पहिलो तलामा अत्याधुनिक प्रेस राखिने र छपाइ गरिनेछ ।

दोस्रो तलामा पुस्तकालय बनाइनेछ, जसमा प्राचीन महŒवका विविध पक्षसँग सम्बन्धित पुस्तक, विभिन्न लेखकका महŒवपूर्ण कृति तथा सर्वसाधारणले किन्न नसक्ने महँगा पुस्तक राखिने छ । अहिले प्रतिष्ठानसँग विभिन्न किसिमका करिब ४० हजार कृति तथा पुस्तक छन् । तेस्रो तलामा सभाकक्षको व्यवस्था गरिएको छ । करिब ५ करोडको लागतमा बनेको उक्त भवनमा निकट भविष्यमा ई–लाइब्रेरी समेत सञ्चालन गरिने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.