कटुवालको अधुरो सपना

adhuro-sapana

काठमाडौं / रास– लामो समय देखि निजामती सेवामा संलग्न खाँदबारी–११ का हरि कटुवालले‘अधुरो सपना’ उपन्यास पाठकमाझ ल्याएका छन् ।  पाँचखाल नगरपालिकाको कार्यालयमा कार्यरत कटुवालले यो उपन्यासमा व्यक्तिगत र पारिवारिक सपनालाई थाति राखेर लाखौं नेपाली जनताको समृद्धिको सपना साकार बनाउन आफ्नो अमूल्य जीवन उत्सर्स गर्ने सहिद विधवा र छोराको संघर्षपूर्ण जीवनयापनलाई समेटेका छन् ।

उपन्यासमा प्रेम जीवन, संघर्ष, यौन विसंगति, राजनीतिक, प्रशासनिक, स्वास्थ्य क्षेत्रका समस्या कलात्मक ढंगबाट चिरफार गरिएको छ । वर्णन र विस्तार कलाका साथै सामाजिक घटनालाई निकै नजिकबाट शल्यक्रिया गरेको यो उपन्यास कटुवालको पहिलो प्रकाशित कृति हो ।

Leave A Reply

Your email address will not be published.