निर्माण हुने भयो पर्व

p1

काठमाडौं / रास– चलचित्र ‘पर्व’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक समारोहबीच निर्माण संस्था सुवास इन्टरटेनमेन्ट र टिभी फिल्मीले निर्माण घोषणा गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र पर्वको  पोस्टर सो क्रममा सार्वजनिक गरे ।

यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दै छन् । जसमा नम्रता श्रेष्ठ, कोसिस क्षत्री, अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिनालगायतको मुख्य भूमिका रहने कार्यक्रममा जानकारी गराइयो । चलचित्रको प्रदर्शनी आगामी २५ चैतमा गर्ने घोषणा पनि सो क्रममा गरियो ।

चलचित्रमा सुवास गिरी र निकिता पौडेलको लगानी रहेनछ । कोसिस क्षत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन यसमा रहने पनि कार्यक्रममा जानकारी गराईयो ।

सोही कार्यक्रममा टिभी फिल्मीको छैटौं वार्षिकोत्सव मनाइयो । टिभी फिल्मीको ‘को बन्छ कलाकार’को नयाँ संस्करणको उद्घाटन सो कार्यक्रममा अभिनेता भुवन केसी र निर्देशक तुलसी घिमिरेले संयुक्त रूपमा गरे । टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेलले लुकेर बसेका कलाकारको खोजी गर्ने उद्देश्यले यो रियालिटी को बन्द कलाकारको दोस्रो संस्करण सुरुवात गर्न लागेको बताइन् ।

 

Leave A Reply

Your email address will not be published.