अक्षय कुमारले दिए सहिद परिवारलाई ९ लाख

akshya-kumar

मुम्बई / एजेन्सी– बलिउड नायक अक्षयकुमार रिल लाइफमा मात्रै हैन, रियल लाइफमा पनि नायक बनेका छन् । अक्षयले हालै सहिद परिवारलाई ९ लाख रुपैयाँ दिएका छन् । भारतको लोंगासर गाउँका सहिद नरपति सिंहको परिवारलाई आर्थिक सहायताका लागि ९ लाख रुपैयाँ प्रदान गरेका छन् । सीमा सुरक्षा बल जैसलमेरका उपमहानिरीक्षक अमित लोढाले दुईदिन पहिले अक्षयलाई नरपति सिंहको परिवारसँग भेट गराइदिएका थिए ।

असममा उल्फा उग्रवादी हमलामा नरपतिको निधन भएको थियो । अक्षयले उनकी श्रीमती र भाइसँग फोनमा कुरा गरेपछि श्रीमतीको खातामा रकम जम्मा गरिदिएका थिए । अक्षयले सहिद परिवारलाई सहयोग गरेको यो नै पहिलो घटना भने होइन । यसअघि उनले सैनिकको भलाइका लागि भन्दै ८० लाख रुपैयाँ दिएका थिए ।

Leave A Reply

Your email address will not be published.