हिट्स अवार्डको १७ विधामा उत्कृष्ट पा“च मनोनयन

राजधानी समाचारदाता
काठमाडौं, १४ मंसिर

‘२०औं हिट्स एफएम म्युजिक अवार्ड्स–०७३’का लागि विभिन्न १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक गरिएको छ । सो अवार्ड यसै महिना प्रदान गरिने सो एफएमले जानकारी गराएको छ ।  यो अवार्डका लागि गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा एकल रूपमा सर्वाधिक ६ ओटा विधामा मनोनयनमा परेका छन् । विश्व नेपालीको स्वर, राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत तथा संगीत संयोजनमा रहेको सारा संसारै, प्रमोद खरेलको स्वर, एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा संगीत संयोजनमा रहेको म बा““चेकै, रामकृष्ण ढकालको स्वर, रमेश बीजीको शब्द, राजेश थापाको संगीत तथा बीबी अनुरागीको संगीत संयोजनमा रहेको म हुरीमा बोलको गीत पाँचओटा विधामा मनोनयनमा परेको छ । यो अवार्डका लागि नवप्रतिभाको मनोनयनमा त्यो हावा…गीतबाट अप्रिल रस, नयाँ सपना…बाट आर्जन पाण्डे, सन्तुष्टि…बाट विकास सिलवाल, त्यो छुट्ने दिन…बाट रवीन्द्र राई र नौलो बिहानीबाट सिम्मा राई परेका छन् ।

rajesh-payal-rai-8shreya-sotang-75192

यस्तै चलचित्र गीततर्फ राहदानी चलचित्रको जिन्दगीको गोरेटोमा…बाट जुगल डंगोल, कबड्डी कबड्डीको लप्पन छप्पन जान्दिनँ…बाट कालीप्रसाद बास्कोटा, सिन्दुरी सिन्दुरी रंग…बाट वसन्त सापकोटा, प्रेमगीतको म यस्तो गीत गाउँछु…बाट अर्जुन पोखरेल र विस्तारै विस्तारै..गीतबाट दीपकराज गौतम मनोनयनमा  परेका छन् ।
युगल गायनको मनोनयनमा तिमी नहुँदा…बाट बानिका प्रधान र रविन शर्मा, संसार भुलाउने…बाट प्रशंसा श्रेष्ठ र कमल खत्री, ¥वाइँ ¥वाइँ…बाट सम्भोज मल्ल र अराज केशव, सपना देख्थें तिम्रो सँगै…बाट श्रेया सोताङ र सुगम पोखरेल एवं संसारमा माया…गीतबाट सुजाता उपाध्याय मानन्धर र उदितनारायण झा परेका छन् ।
यस्तै समूह गायनमा सानीको…बाट १९७४ एडी, डुब्दै…बाट अशेष एन्ड नेख्वम, शिर फूल…बाट नेपथ्य, तिमी नै हौ…बाट सविन राई एन्ड द इलेक्ट्रेनिक्स र फङ्की दाजु…बाट ह्वाट द फङ्क…मनोनीत भएका छन् ।  यस्तै, सुगम संगीततर्फ सर्वोत्कृष्ट महिला गायनमा भूलहरूको गीत…बाट अन्जु पन्त, झम् झम्…बाट प्रतिमा राजभण्डारी, मुटु दुख्यो…बाट रजिना रिमाल, यो खुला आकाश…बाट रिमा गुरुङ होडा र छुटाउन खोज्नेहरू…बाट सुनिता लिम्बु प्रधान मनोनयनमा परेका छन् । यही विधाको पुरुष गायनतर्फ सारा संसारै…बाट विश्व नेपाली…, म बाँचेकै…बाट प्रमोद खरेल…, मन्द मन्द मुस्कान…बाट राजेशपायल राई, म हुरीमा…बाट रामकृष्ण ढकाल र पिलायो साथीले…बाट शिव परियार उत्कृष्ट पाँचमा मनोनीत
भएका छन् ।

हिड् अवार्डका लागि सर्वोत्कृष्ट गीतिसंग्रहतर्फ एड्रिन प्रधानको अभिवादन, ब्रह्मास्त्रको जाल, कन्दराको भेडी गोठैमा, शिव परियारको शिव बुक र सुवास सुन्दासको उड्न देऊ…मनोनयनमा परेका छन् ।
यस्तै सर्वोत्कृष्ट रचनातर्फ छुटाउन खोज्नेहरू छन््…बाट दिनेश अधिकारी, नयाँ सपना…बाट डीपी खनाल, म बाँचेकै…बाट एकनारायण भण्डारी…, सारा संसारै…बाट राजुबाबु श्रेष्ठ र म हुरीमा…बाट रमेश बीजी…मनोनीत भएका छन् । सार्वोत्कृष्ट गीततर्फ सारा संसारै…बाट विश्व नेपाली, हेरी रहन देऊ…बाट कालीप्रसाद बासकोटा, म बाँचेकै…बाट प्रमोद खरेल, मन्द मन्द मुस्कान…बाट राजेश पायल राई र म हुरीमा…बाट रामकृष्ण ढकाल मनोनयनमा परेका छन् । पप विधामा महिला पप गायनतर्फ मेरो चुल्ठीमा…बाट इन्दिरा जोशी, जे उडाउँछु…बाट निक्की कार्की, आऊ मेरो नजिक…बाट प्रशंसा श्रेष्ठ, तिमीलाई हेर्न…बाट रेश्मा सुनुवार र नौलो बिहानी…बाट सिम्मा राई मनोनीत भएका छन् । पप गायनमै पुरुषतर्फ जातले पाको…बाट एड्रियन प्रधान, फेन्टास्टिक…बाट अलमोडा राना उप्रेती, बैंसमा…बाट भरत सिटौला…, बबाल झ्याप…बाट चिन्टु रिमाल र हेरी रहन देऊ…बाट कालीप्रसाद बास्कोटा मनोनयनमा परेका छन् ।

anju-pantapramod-lharel

यस्तै सर्वोत्कृष्ट रक गायनतर्फ डुब्दै…बाट अशेष डंगोल, सपना…बाट अर्थव, तिमी र म…बाट ब्रह्मास्त्र, शिर फूल…बाट अमृत गुरुङ र तिमी नै हौ…बाट सविन राई एन्ड द इलेक्ट्रिक्स मनोनीत भएका छन । रकसंगीत सृजनामा शिरपूmल…बाट अमृत गुरुङ, फेन्टास्टिक…बाट अलमोडा राना उप्रेती, डुब्दै…बाट अशेष डंगोल, हेरी रहन देऊ…बाट कालीप्रसाद बास्कोटा र फङ्गी दाजु…बाट ह्वाट द फङ्ग मनोनयनमा परेका छन् ।सर्वोत्कृष्ट संगीत संयोजनतर्फ हेरी रहन…बाट अलमोडा राना उप्रेती, म बाँचेकै…बाट आशिष अविरल, म हुरीमा…बाट बीबी अनुरागी…, सारा संसारै…बाट हरि लम्साल र संसार मायामा…बाट महाराज थापा मनोनयनमा परेका छन् ।
सर्वोत्कृष्ट संगीत विधामा संसार मायामा…बाट आनन्द राई, म बाँचेकै…बाट आशिष अविरल, सारा संसारै…बाट हरि लम्साल, मन्द मन्द मुस्कान…बाट महेश खड्का र म हुरीमा…बाट राजेश थापा मनोनीत भएका छन् । त्यस्तै सर्वोत्कृष्ट लोक गीतको विधामा मनोनयनमा गुराँसै फूले…बाट अन्जानबाबु, आँखा गाजले…बाट विनोद ढकाल र जमुना सनम, गुराँस फुल्ने…बाट विरही कार्की र सरिता कार्की, करेला बरेला…बाट कुमार बस्नेत र पोखरेलीको छोरी…बाट रमेशराज भट्टराई, शान्तिश्री परियार परेका छन् ।

Leave A Reply

Your email address will not be published.