ट्रम्पलाई सीआईए प्रमुखको चेतावनी, ‘इरानसँगको सन्धी समाप्त पार्नु विनाशकारी हुनसक्छ’

remnick-trump-press-1200-300x200एजेन्सी
वासिंगटन, १५ मंसिर

अमेरिकी गुप्तचर एजेन्सी सीआईएका प्रमुखले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको परमाणु सम्झौता अन्त्य गर्नु विनाशकारी र मुर्खता हुनसक्ने चेतावनी दिएका छन् । सीआईएका प्रमुख जोन ब्रेननले सिरियामा हिंसात्मक अवस्था सिर्जना हुनुमा रुस जिम्मेवार रहेको आरोप लगाउँदै रुससँग होसियार हुन पनि ट्रम्पलाई सल्लाह दिएका छन् । ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा इरानसँगको परमाणु सम्झौता अन्त्य गर्ने र रुससँग निकट सम्बन्ध स्थापित गर्ने संकेत गरेका थिए ।

चार वर्षसम्म सीआईएको प्रमुख रहेका ब्रेननले यही जनवरी १७ मा अवकाश पाउँदै छन् । उनले भनेका छन्, ‘मेरो बिचारमा इरानसँगको परमाणु सम्झौता अन्त्य गर्नु विनाशकारी हुनेछ ।’ उनले अघिल्लो सरकारले गरेका सबै सम्झौतालाई नयाँ सरकारले रद्द गर्नु फाइदाजनक नहुने पनि उनको भनाई थियो । उनले यसबाट इरानमा कट्टरपन्थीहरु मजबुत हुने र इरानले परमाणु कार्यक्रम पुनः सुरु गर्ने सक्ने खतरा समेत औल्याएका छन् ।

सिरियाको अवस्थाबारे बताउँदै उनले, ‘बसर अल असदको सरकार र रुस दुवैले सिरियाली नागरिकमाथि निर्दयतापूर्ण जनसंहारको जिम्मेवार हुन् ।’ यद्यपि अमेरिकाले विद्रोहीलाई सहयोग गर्दै आएको विषयमा भने उनले केही उल्लेख गरेनन् । अमेरिकाले बसर अल असदको सरकारविरुद्ध विद्रोहीलाई साथ दिने नीति लिएका कारण सिरियामा सन् २०११ मा सुरु भएको आन्दोलन केही समयपछि नै गृहयुद्धमा परिणत भएको थियो ।

ब्रेननले भने सिरिया, इरान, हिज्बुल्लाह र रुसका विरुद्ध बिद्रोहीलाई सहयोग गर्नुपर्ने जिकिर गरे । उनले भविष्यमा सिरियाका विषयमा रुसको भूमिका महत्वपूर्ण हुने बताए । ट्रम्पको नयाँ टिमले भने केही मुद्दामा रुससँग मिलेर जाने संकेत गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.