ट्रम्पले राष्ट्रपति रहुन्जेल ब्यापार छाड्ने

remnick-trump-press-1200-300x200-1एजेन्सी
न्युयोर्क, १५ मंसिर

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालुनजेल व्यापारको सम्पूर्ण जिम्मेवार छाड्ने घोषणा गरेका छन् । राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नका लागि भन्दै उनले ब्यापारबाट अलग हुने घोषणा गरेका हुन् ।

गत ८ नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए । ट्रम्प अमेरिकाको न्युयोर्कका अर्बपति व्यापारी हुन् ।

उनले आगामी जनवरी २० बाट औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । यसअघि नै उनले आफ्नो राष्ट्रपतिको जिम्मेवारी र ब्यापारबीच सम्भावित द्वन्द्वलाई निर्मुल पारेको दाबी गरेका थिए । ट्रम्पले २० मिनेटमा गरेका चार वटा ट्विटमा आगामी डिसेम्बर १५ मा छोराछोरीसँग सल्लाह गरेर आफ्नो ब्यापार छाड्ने र निर्वाचनका समयमा उठाएको नारा ‘मेक अमेरिका ग्रेट अगेन’ लाई पूर्ण रुपमा केन्द्रीत हुने स्पष्ट पारेका छन् ।

ट्रम्पले ब्यापार भन्दा राष्ट्रपतिको पद मुख्य भएका कारण आफू पूर्ण रुपमा त्यसतर्फ लाग्ने बताएका छन् । उनका तीन जना छोराछोरी अहिले पनि व्यापारलाई सम्हालिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.