दुर्घटनमा परेको विमानको ब्ल्याकबक्स भेटियोे

colombia_air_crash
एजेन्सी
मेडिलिन, १५ मंसिर

ब्राजिलको चापेकोएन्स फुटबल टिम, पदाधिकारी र पत्रकारसहित ७७ जनालाई लिएर गइरहेका बेला दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको छ । आपतकालीन उद्दारकर्मीको टोलीले विमानको फ्लाइट डाटा र ककपित भ्वाईस रेकर्डिङसहितको ब्ल्याक बक्स फेला पारेका हुन् ।

पश्चिमोत्तर कोलम्बियामा एन्टिओकिया विभागका गर्भनर लुईस पेरेज गुटिएरेजले विमानका दुई ब्ल्याक बक्स फेला परेको जनाएका छन् । विमानका अधिकारीहरुले समेत त्यसको पुष्टि गरिसकेका छन् । यद्यपि यसका सामग्रीको अनुसन्धान तथा विश्लेषण गर्न कति समय लाग्छ भन्ने बारेमा भने केही बताइएको छैन ।

Leave A Reply

Your email address will not be published.