बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका गतिविधि

बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका गतिविधि

अन्तर्राष्ट्रिय मैथिली संस्कृतिसम्बन्धी जनकपुरमा सेमिनार

0-1-drama-ramayana-photo-by-krishna-shah-yatri

२०औं निर्देशक समितिको बैठकले स्वीकृत गरेको कार्यक्रम २००४ मे ५ देखि ८ सम्म जनकपुरमा सम्पन्न भयो । यो बैठकले आदर्श समाजलाई कार्यक्रम गर्न २ लाख ५० हजार रुपैयाँ स्वीकृत भएको थियो । सेमिनार आदर्श समाज जनकपुरसँगको सहकार्यमा भएको थियो ।  कार्यक्रमका लागि उपाध्यक्षले १ लाख ९८ हजार रुपैयाँ प्रदान गरेका थिए भने बाँकी रकम स्थानीय सहयोगीहरूबाट प्राप्त भएको थियो । मानवअधिकारवादी तथा मंकाखलका अध्यक्ष पद्मरत्न तुलाधर प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रमको अध्यक्षता कुलराज घिमिरेले गरेका थिए । बृहत्तर जनकपुर क्षेत्र विकास समिति (काउन्सिल), तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल–भारत मैत्री संघ सहप्रयोजक रहेको सेमिनारमा नेपाल–भारत मैत्री संघका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय, प्राज्ञ डा. राम दयाल राकेश, प्रा.डा. रामअवतार यादव, मैथली प्राज्ञ प्रतिष्ठानका उपकुलपति प्रा. जानकीरमण लाल, पूर्वगृहमन्त्री भोजराज घिमिरेको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा भारतीय राजदुत श्यामशरणले सहभागीहरूलाई सम्बोधन गरेका थिए ।

भक्तपुरमा अन्तर्राष्ट्रिय कला कार्यशाला

२०औं बोर्ड बैठकले स्वीकृत भई २००४ जुन ५ देखि १४ सम्म भक्तपुरमा सम्पन्न कार्यक्रमका लागि भारतीय कलाकारहरूको सहभागिताका लागि बोर्ड बैठकले ४० हजार ५ सय ५२ रुपैयाँ स्वीकृत गरेको थियो । नुघामिखा नाममा १५ दिन सम्म चलेको कार्यशालामा दिल्लीबाट प्रतुल दासलाई बोलाइएको थियो । दिल्ली सचिवालयले अन्तर्राष्ट्रिय उडान खर्च बेहोरेको थियो भने काठमाडौं सचिवालयले आवासीय खर्च बेहोरेको थियो ।

नेपालको तराई विषयक सेमिनार

नेपालको तराईः अवस्था र सम्भावना विषयक सेमिनार २१औं निर्देशक समितिले स्वीकृत गरेको थियो । कार्यक्रम २००५ मार्च १० र ११ मा त्रिपुरेश्व™स्थित होटल ब्लुस्टारमा भएको थियो । कार्यक्रममा लागि बैठकले सोसल साइन्स बहःलाई १२ लाख रुपैयाँ स्वीकृत गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले नेपालको तराईसँग सम्बन्धित १७ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । सहभागीहरू तथा वक्ताहरूको सम्मानमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना भएको थियो । सेमिनार तराईको आर्थिक, रोजगार, स्वास्थ, साक्षरता जनसंख्याजस्ता विषयहरूमा केन्द्रित थियो । तराईको सामाजिक परिवर्तनको प्रक्रिया र परिवर्तित आयामहरू गरी दुई समूहगत छलफलहरू सेमिनारमा भएका थिए ।

बीपी कोइरालाका उपन्यासमा विद्यावारिधिको शोधपत्र प्रकाशन

२१औं निर्देशक समितिको बैठकले स्वीकृत भएको यो कार्यक्रम २००५ जुन १५ मा सम्पन्न भएको थियो । बैठकले यस कार्यक्रमका लागि एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

छैटौं काठमाडौं अन्तर्राष्ट्रिय हिमाली चलचित्र महोत्सव (किम्फ)

२५औं निर्देशक समितिको बैठकले स्वीकृत यस कार्यक्रम ११ देखि १५ डिसेम्बर २००८ मा काठमाडौंमा सम्पन्न भएको थियो । महोत्सवमा हिमाल, हिमाली वातावरण, हिमाली संस्कृति र समुदायका विषयमा तयार पारिएका ६० चलचित्रहरू प्रदर्शन गरिएका थिए । किम्फ हिमाली क्षेत्रका बासिन्दाहरूको बहुआयामिक पक्षहरूको उजागर गर्ने प्रयास गरेको थियो । महोत्सव विश्वका हिमाली क्षेत्रका मानिसहरूो अनुभवका साथै सामाजिक तथा सांस्कृतिक सत्यता प्रवद्र्धनमा लक्षित थियो ।

प्रथम सार्क चित्रकाला प्रदर्शनी

उपाध्यक्षको अधिकार क्षेत्रभित्र रही २५औं र २६औं निर्देशक समितिको बैठकले १८ र १९ डिसेम्बर २००८ मा प्रथम सार्क चित्रकला प्रदर्शनी गर्ने निर्णय गरेको थियो । सार्क सचिवालय र भारतीय दूतावासको सहयोगमा प्रथम सार्क चित्रकला प्रदर्शनी काठमाडौंस्थित सार्क सचिवालयमा सम्पन्न भएको थियो । प्रदर्शनीको नेपालका तत्कालिन उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका थिए ।

नेपाल भारत युवा ब्यान्ड फेस्ट

१९औं बोर्ड बैठकले स्वीकृत यस कार्यक्रम २००९ को अक्टुबर ३१ मा काठमाडौं र २ नोभेम्बरमा विराटनगरमा सम्पन्न भएको थियो । जाउलाखेल मैदानमा अल्ट ४, कबवेभ र अभया एन्ड स्ट्रिम इन्जस र भारतका परिक्रमा र हिप्नोट्राइभले सात हजार दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै, वीराटनगरको सहिद रंगशालामा भएको अभया एन्ड दी स्टिम इन्जस र भारतको हिप्नोट्राइभले ८ हजार दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमको राजदुतले दुई देशबीचका युवाहरूको साथित्वको सम्बन्धको प्रतीक बेलुन उडाएर उद्घाटन गरेका थिए । दुवै कार्यक्रम भव्य रूपमा सफल भएका थिए ।

कुर्चीदास गुप्ताको ‘महाभारत : एक सोच (प्रभाव)’ एकल प्रदर्शनी

उपाध्यक्षको अधिकार भित्र २५आंै र २६औं निर्देशक समितिको बैठकले २०१० जनवरी २३ देखि फेब्रुअरी ११ सम्म ‘कलाकार कुर्चीदास गुप्ताको महाभारत ः एक सोच’ विषयक एकल चित्रकला प्रदर्शनी काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा सम्पन्न गर्ने निर्णय भएको थियो । प्रदर्शनीमा २५ वटा कला प्रदर्शन गरिएका थिए । प्रदर्शनीको उद्घाटन भारतीय राजदूतले गरेका थियो ।

फाइन आर्टका नेपाली तथा भारतीय विद्यार्थीहरूको संयुक्त कला कार्यशाला

२५औं निर्देशक समितिको बैठकको निर्णयअनुसार २७ मार्च देखि २ अप्रिल २०१० सम्म दिल्ली, बनारस र लखनौमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा दुई फ्याकल्टी मेम्बरसहितको १५ सदस्यीय टोली भारतको दिल्लीमा रहेको कलेज अफ आर्ट बीएनयूको भिजुअल आर्ट डिपार्टमेन्ट र कलेज अफ आर्ट लखनौ पुगेको थियो ।
नेपालमा पहिलोपटक फाइन आर्टमा त्रिविले स्नातकोत्तर कार्यक्रम सञ्चालन गरेकै वर्ष भएको कार्यक्रमप्रति नेपाली विद्यार्थीहरू, शिक्षाविद् तथा कला पारखीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । यसअघि स्नातकोत्तर कार्यक्रम सञ्चालनमा कुनै अनुभव नभएको अवस्थामा भारतका स्थापित कला संस्थानहरूको भ्रमणले उनीहरूलाई बलियो जग बसाउन सहयोग गरेको थियो । भ्रमण टोलीले निम्न सिफारिससहित प्रतिवेदन प्रस्तुत गरेको थियो ।

mms_6432

नेपालमा गुराँस कला केन्द्रको प्रस्तुति

२८औं निर्देशक समितिको बैठकले नेपालमा गुराँस कला केन्द्रको प्रस्तुति २०१३ अप्रिल ५ देखि ११ सम्म गर्ने निर्णय भएको थियो । सोहीअनुरूप गुराँस सांस्कृतिक कला केन्द्र देहरादुनको २३ सदस्यीय गार्खाली कलाकारहरूको टोलीले नेपाली लोक संस्कृतिसम्बन्धी सांस्कृतिक साँझमा प्रस्तुति प्रस्तुत गरेका थिए । हाम्रो संस्किृती हाम्रो पहिचान नारासहित उनीहरूले बुटवल, पोखरा, काठमाडौं र पाटनमा कार्यक्रम गरेका थिए ।
सांस्कृतिक साँझ नटेश गौतमको भरत नाट्यमबाट सुरु भएको थियो । कला केन्द्रकी नृत्य निर्देशक सुम्निमा गुरुङले भरत नाट्यम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नेपालको मौलिक संस्कृति सोरठी तामाङ सेलो, मारुनीलगायतका नृत्य प्रस्तुत भएको थियो । कार्यक्रममाा गोरखा पल्टन, छुपुछुपु, सधैं मेरो जीवनमा बोलको गीतमा एकल तथा समूह नृत्य प्र्रस्तुत भएको थियो । कत्थक तथा गीत गायनले मनोरञ्जन थपेको थियो ।
गुराँस सांस्कृतिक कला केन्द्र भूपू सैनिकका सन्तानहरूको संस्था हो, जहाँ लोक नृत्यलाई महŒव दिइन्छ । यो संस्था लोक संस्कृति जोगाउन ब्रिगेडियर पीएस गुरुङले २००६ मा स्थापना गरेका हुन् । बिग्रेडियर गुरुङ ४० वर्ष गोर्खा बटालियनमा सेवा गरेका सैनिक हुन् । हाम्रा सन्ततिहरू नेपालका हुन्, तर अहिले उनीहरूले आफ्नो कला संस्कृति भुल्दै गइरहेका उनले भनेका थिए ।

प्राकृतिक उत्पादनसम्बन्धी सम्मेलन

२७औं निर्देशक समितिको निर्णयअनुसार २०१२ को अर्पिल १८ देखि २१ सम्म प्राकृतिक उत्पादनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भयो । विज्ञान तथा प्रविधि मन्त्रालयको र सेन्टर फर मलिकुलर डाइनामिक नेपाल (सीएमडीएन) सँगको सहकार्यमा भएको उक्त सम्मेलनको सम्माननीय मन्त्री कल्पना धमलाले गर्नुभएको थियो । सम्मेलनले नेपाल र भारतको अनुसन्धानकर्ता, प्राज्ञ व्यवसायिक व्यक्तित्वलाई एक ठाउँमा ल्याउन सहयोग गरेको थियो । सम्मेलनले प्राकृतिक उत्पादन गर्ने संस्थालाई भारतीय साझेदारहरूसँग अनुसन्धान विकासलगायतका पक्षहरूमाथि छलफल गर्न सहयोग पु¥याएको थियो ।

काठमाडौं बहुरूप प्रदर्शक (क्लाइडोस्कोप)

नेपाल–भारत युवा सम्मेलन : २७ औं निर्देशक समितिको बैठकको निर्णयअनुरूप २०१२ मे १३ देखि १५ मा सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनको नेपालका युवा नेता तथा सभासद् गगनकुमार थापा, अर्थमन्त्री वर्षमान पुन र मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले सम्मेलनको उद्घाटन गरेका थिए । पर्यटन बोर्डमा भएको सम्मेलनमा मिडिया, साहित्य, व्यवसाय, फेसन, संगीत र खेलकुदका विषयमा समूह छलफल भएका थिए ।
सम्मेलनमा तीन–तीन तीन समूह तथा खुला छलफल भएका थिए । छलफलको सुरुवात चेन्जिङ टे«न्ड इन सिनेमा विषयमा बलिउडका निर्देशक तथा लेखक अनुराघ बासु, नायिका निशा अधिकारी, निर्देशक दीपक रौनियार र प्रचण्डमान श्रेष्ठले गरेका थिए । लगत्तै चेन्जेज इन दि मिडिया अफ नेपाल इन्डिया एन्ड बियोन्ड शीर्षकमा उत्पाल परासर (हिन्दुस्तान टाइम्स), स्मिता शर्मा (सीएनएन आईबीए इडिया) विश्वास बराल (रिपव्लिका) र सन्तोष शाह (टुडेज युथ एसिया) ले आफ्ना विचार राखेका थिए ।  व्यवसायसम्बन्धी भएको छलफलमा इन्टर अर्क बिल्डिङका इसान सुरी ज्योति समूहका सौरभ ज्योति निम्बस समूहका आनन्द बागरियाले बोलेका थिए । दोस्रो दिन साहित्य, कला, फेसन, संगीत र खेलकुदका विषयमा छलफल भयो । छलपलमा उपन्यासकार आदित्य सुदर्शन, पत्रकार लेखक रिचा भट्टराई, लेखक रवि थापाले  बोलका थिए ।

शाहलेससम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला तथा अन्तक्र्रिया

२७औं निर्देशक समितिको बैठकको निर्णय अनुसार २०१२ जुन १८ र १९ मा कार्यक्रम लहानमा सम्पन्न भयो । नेपाल प्राज्ञ प्रतिष्ठानको संस्कृति विभाग र आदिवासी अध्ययन प्रतिष्ठान सिराहाको सहकार्यक्रममा भएको कार्यक्रममा चारवटा कार्यपत्र प्रस्तुत भएको थिए ।
साउथ एसिया स्टडी शीर्षकमा दोस्रो राउन्ड टेबल सेमिनार कार्यशाला ः कार्यक्रमम इन्स्टिच्युड अफ एडभान्स कम्युनिकेसन एन्ड रिसर्चसँगको सहकार्यमा काठमाडौंमा ८ देखि १० फेब्रुअरी २०१३ मा सम्पन्न भएको थियो । कार्यक्रममा भारतकी गायत्री चर्कवर्ती स्पिभाक, प्रा. श्रीधर लोहनी, प्रा. सुशील पाण्डे, प्रा. सुदर्शन तिवारी, डा. बुद्धिनारायण श्रेष्ड, डा. फणीन्द्र उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए ।
इन्डो–नेपाल हस्तकला प्रदर्शनी ः प्रदर्शनीको नेपाका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २७ अप्रिल २०१२ मा नेपाल अडिटोरियममा उद्घाटन गरेका थिए । प्रदर्शनी गावा सरकार, भारतीय राजदूतावास, हस्तकला संघ नेपाल, साउथ एसिया फाउन्डेसको सहकार्यमा सम्पन्न भएको थियो । २७ अप्रिलदेखि २ मेसम्म भएको प्रदर्शनीमा नेपाल भरातका हस्तकलासम्बन्धी ७० स्टल थिए ।

20160726_170139

बायोटेक्नोलोजीसम्बन्धी छलफल

२३ देखि २५ अप्रिलसम्म भएको कार्यक्रमका लागि साउथ एसिएन युनिभर्सिटीका कार्यवाहक अध्यक्ष प्रा. राजिभ सक्सेनालाई बोलाइएको थियो । उनले ‘दी इन्ट्राक्सन अफ नानो पार्टिकल विथ बायोलोजिकल सिस्टम’ शीर्षकमा काठमाडौं युनिभर्सिटीमा २३ अप्रिल र २४ अप्रिलमा त्रिभुवन विश्वविद्यालयमा प्रवचन दिएका थिए ।  नेपाल भारतबीच जलस्रोत साझेदारी ः इन्स्टिच्युट अफ एसियन स्टडी कलकत्ताका मौलाना अब्दुल कलाम आजातसँगको सहकार्यक्रममा कार्यक्रम धुलिखेलमा १७ र १८ जुन २०१४ मा सम्पन्न भयो । सेमिनारमा भारतका १३ र नेपालका २० जलस्रोतविज्ञहरूको सहभागि थियो । कार्यक्रममा भारतीय राजदुत रणजीत राय र प्रा.डा. गोविन्दराज पोखरेलले बोलेका थिए । सेमिनामरा जलविद्युत उत्पादन, सिँचाइ, बाढी नियन्त्रण र व्यवस्थापन, औद्योगिक प्रयोग, वातावरणीय सन्तुलन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

काठमाडौंमा आर्टिस्ट रेसिडेन्सी क्याम्प

भारतका लक्ष्मणमान अहिल्या, नागेश गौड, आनन्द पाञ्चाल, आसितकुमार पटनायक, सुदीप रोय, रमेश गोर्जाल, मेघा अग्रवालसहित ६ कलाकारहरू सहभागी थिए । क्याम्पमा चित्रकला कार्यशाला र प्रदर्शनी । चित्रकला कार्यशाल २४ देखि २७ अप्रिल २०१४ मा आयोजना भएको थियो । उक्त चित्रकला पाटन संग्रहालयमा २८ अप्रिलदेखि मे १ सम्म प्रदर्शनमा राखिएको थियो । क्याम्पको उद्घाटन राजदूतले गरेका थिए ।
वर्कसप अन इकोनोेमेट्रिक्स एन्ड इट्स एप्लिकेसन ः इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलप्मेन्ट स्टडी आईआईडीएसले आयोजना गरेको १० दिने कार्यशालमा डिसेम्बर १ देखि १० २०१४ मा भएको थियो । कार्यशालामा इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजीका सहप्रा.डा. सुवीर सेनले प्रशिक्षण दिएका थिए ।

नेपालको संविधान निर्माण विषयक अन्तक्र्रिया

नेपाल सेन्टर फर कन्टेम्प्रोरी स्टडिजको आयोजनामा इन्डियन इन्टरनेशनल सेन्टरमा दिल्लीमा ७ जनवरी २०१५ मा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्वभारतीय राजदूत श्री एमके रासगोत्र, श्री शिवशंकर मुखर्जी, श्रीदेव मुखर्जी, श्री जयन्त प्रसादसहित राधेश्याम अधिकारी, विजयकान्त कर्ण, दीपेन्द्र झा , प्रा. कृष्ण हाछेथू, डा. इन्द्र अधिकारी, लोकराज बरालको सहभागिता थियो ।

अवधी संस्कृतिको संरक्षण र संवद्र्धन विषयक कार्यशाला

नेपाल भारत अवध फ्रेन्डसिप एसोसिएसनको आयोजनामा कार्यक्रम १२ र १३ मार्च २०१५ मा सम्पन्न भयो । कृष्णनगर कपिलवस्तुमा भएको कार्यक्रममा मुसाहिर र कवि सम्मेलनसमेत भएको थियो । सम्मेलनमा अवधी उर्दू भाषाका कविहरूको सहभागिता थियो ।

photo-14

इन्डो नेपाल क्राफ्ट फेस्टिवल

साउथ एसिया फाउन्डेसनसँगको सहकार्यमा ७ अप्रिल २०१५ मा मेला आयोजना भएको थियो । वीरेन्द्रप्रताप सिंहको पूर्ण सूची प्रकाशन ः सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित कला प्रदर्शनीमा वीरेन्द्रप्रताप सिंहको कलासम्बन्धी पूर्ण सूची प्रकाशन गरिएको थियो ।  मिडियासँग अन्तक्र्रिया कार्यक्रम ः ३० जुन २०१५ मा काठमाडौंमा नेपाल र भारतका पत्रकारहरूबीच अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा प्रेस क्लब अफ इन्डियाका १७ पत्रकारसहित नेपाली पत्रकारहरूबीच अन्तक्र्रिया भयो । कार्यक्रम धरान, विराटनगर, पोखरा जनकपुर जोमसोममा भएको थियो ।

संविधानको प्रारम्भिक मस्यौदा र संविधान निमार्ण प्रक्रिया विषयक कार्यशाला

२५ अगस्ट २०१५ मा सम्पन्न कार्यशालामा ‘संघीयता र राज्यको पुनः संरचना’ र ‘राज्यको शासकीय स्वरूप ः न्यायपालिका, विभिन्न अयोग र नागरिकता समस्या’ विषयका दुई कार्यपत्र क्रमशः कृष्ण वेलवासे र प्रा. पूर्णमान शाक्यले प्रस्तुत गर्नुभएको थियो ।
नाटक ‘सान्दाजुको महाभारत’ निर्माण तथा प्रदर्शन ः थियटर भिजेलका कलाकारहरूले ८ सेप्टेम्बर २०१५ को दिन बीपी कोइरालाको जन्मजयन्तीमा नाटकको प्रदर्शन भएको थियो । अभि सुवेदीको लेखन तथा विमल सुवेदीको निर्देशनमा तयार नाटकमा बीपी कोइरालाको नेपाली लेखन, राजनीति राणाशासनविरोधी चरित्रलाई प्रस्तुत गरिएको थियो ।

गान्धीयन फिलोसोपी–क्रिएटिभ वर्क

रिबिल्डिङ एन्ड रिकन्स्ट्रक्टिङ इन पोस्ट डिजास्टर सिचुएसन अफ नेपाल विषयक अन्तक्र्रिया ः महात्मा गान्धी मेमोरियल फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रममको प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा हुनुहुन्थ्यो भने विशिष्ट अतिथि भारतीय राजदूत हुनुहुन्थ्यो ।
प्रा. विमल प्रसादको स्मृतिमा श्रद्धाञ्जली सभा ः नेपाल भारत पुस्तकालयमा १० नोभेम्बर २०१५ मा श्रद्धाञ्जली सभा सम्पन्न भयो । प्रा. विमलप्रसाद प्रतिष्ठानका संस्थापक  उपाध्यक्ष हुन् ।

नेपालको नयाँ संविधान २०७२ को कार्यान्वयनका चुनौती विषयक अन्तक्र्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम

२६ नोभेम्बर २०१५ मा सम्पन्न कार्यक्रममा नेपालको संविधान २०७२ का विशेषता र कार्यान्वयनका चुनौतीहरू विषयमा विश्वकान्त मैनालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, भारतका तर्फबाट प्रा.डा. सीए गुरुदत्तले कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै, ‘भारतको गणतान्त्रिक संविधान १९५१ कार्यान्वयनको अवस्था र नेपालसँगको समनता’ विषयमा नेपालका तर्फबाट प्रा. पूर्णमान शाक्य र भारतका तर्फबाट प्रा.डा. अमरपाल सिंहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन पूर्वसभामुख दमननाथ ढुंगाना, राजदूत र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले गरेका थिए ।

अम्वेकरको सम्मानमा उनको १२५औं जन्मजयन्तीका अवसरमा ‘भारतको संविधान’ विषयक प्रवचन बीपी कोइराला इन्डिया–नेपाल फाउन्डेसन (बीपीकेएफ) र इन्डियन कल्चर सेन्टर (आईसीसी)सँगको सहकार्यमा भारतीय राजदूतावासले २५ नोभेम्बर २०१६ मा भारतको संविधान विषयक प्रवचन कार्यक्रम होटल सांग्रिला लाजिम्पाटमा सम्पन्न भयो । कार्यक्रम डा. बीआर अम्वेडकरको १२५औं जन्मजयन्तीका अवसरमा भएको थियो । कार्यक्रममा न्यायाधीश ग्रिसचन्द्रलाल, प्राध्यापक सूर्य ढुंगेल, निश्चलनाथ पाण्डे र भारतीय राजदूत रणजित रायले भारतको संविधानको विशेषताबारे बोलेका थिए । वक्ताहरूले भारतीय संविधान निमार्णमा अम्वेडकरको भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कानुनमन्त्री अजयशंकर नायकले संविधान निमार्णबारे चर्चा गरेका थिए ।

सञ्चारकला विकाससम्बन्धी तालिम तथा महिला सशक्तीकरण कार्यक्रम

रेडियो सफलता पोखराको संयोजनमा महिलाहरूको सशक्तीकरणका लागि सञ्चार कलासम्बन्धी तालिम सम्पन्न भयो । तालिम २० समूहमा विभाजन गरी ९ सयजना महिलालाई प्रदान गरिएको थियो । यो तालिम पछिल्लो समय प्रतिष्ठानले गरेमध्ये ठूलो कार्यक्रम हो ।
नेपालका सातजना र भारतीय पाँचजना कलाकारहरूको सहभागितामा अयोध्या–जनकपुर तथा बनारस–काठमाडौंबीच भगिनी सम्बन्ध स्थापनाका अवसरमा रामायण ‘सर्किट’ आर्ट कार्यशाला सम्पन्न भयो ।

काठमाडौं बनारसी सांगीतिक सन्ध्या

नेपालको सांगीतिक समूह सुर सुधा गायक डा. विष्णु पौडेलसहित भारतका चार शास्त्रीय संगीतकारको सहभागितामा सांगीतिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वरिष्ठ गायक मोहन सुन्दर श्रेष्ठ, भारतीय कलाकार श्रावनी विश्वास, सञ्जय बर्मा, रजनीश तिवारी र राम शंकरले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

थारूहरूको ढकिया संस्कृतिको संरक्षण र संवद्र्धनसम्बन्धी अध्ययन

प्रतिष्ठानको सहयोगमा नेचुरल रिसोर्स विकास सेन्टरले थारूहरूको ढकियाको संरक्षण र संवद्र्धनका लागि अध्ययन गरेको थियो । अध्ययनले लोप हुन लागेको ढकियाको संवद्र्धनमा सहयोग पुगेको थियो ।  उक्त कार्यक्रममा अल जजिराकी सुविना श्रेष्ठ, उज्यालो प्रतिष्ठानकी अमुडा मिश्र, बहिनी सोसल भेन्चरकी सन्तोषी राना, सर्मिला थापा र लेखक सिवानी न्यौपानेले थारू महिलाहरूको आर्थिकस्तर उकास्न यो संस्कृतिले सहयोग पुग्ने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.