नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र

14-1452772726-gyanendra-600-jpg

राजधानी समाचारदाता
काठमाडौं, ६ पुस

पछिल्लो राजनीतिक गतिविधिले सामाजिक सद्भाव मेटिँदै गएको बताउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको रक्षा गर्न सबैलाई आव्हान गरेका छन् । बुधबार विज्ञप्ती जारी गर्दै उनले मुलुक दिनानुदिन कमजोर बन्दै गएको बताउँदै राष्ट्रिय एकता र भावनामाथि प्रहार भएको बताएका छन् ।

‘आज हामी जुन माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पुर्खाहरुको बलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो,’ पूर्वराजा शाहको विज्ञप्तीमा भनिएको छ, ‘हामीलाई सिंगो संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पुर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व एवं कर्तव्य हो ।’

पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समयमा मुलुकको मूल्य–मान्यतामा आधारित राजनीति नभएको, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आएको र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको बताएका छन् ।

‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘आज नेपालीबीच सामाजिक सद्भाव मेटिँदै छ भने तराई पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।’

उनले क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असैह्य भएको उल्लेख गरेका छन् । उनले निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुन नसक्ने बताएका छन् ।
‘इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापी प्रशंसित हुन सक्दैनन्,’ उनको विज्ञप्तीमा उल्लेख छ, ‘माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताका दुहाई दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।’

नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी भएको बताउँदै पूर्वराजा शाहले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग भएको बताएका छन् । उनले त्यो नै सार्वभौमसत्ताका मुल आधार भएको बताउँदै नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्तित्व र पद्धतिसँग जोडिएको यावत विषय नै लौकिक सत्ता भएको बताएका छन् । ‘दुर्भाग्वबस आजको सन्दर्भमा वाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गरिएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

अझै पनि जनताका आस्थाहरु नढलेको बताउँदै पूर्वराजा ज्ञानेन्द्रले नेपाली मन मष्तिष्कमा देशभक्तिको भावना नढलेको स्मरण गरेका छन् । ‘सबै नेपालीले राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षम अस्तित्व आफ्नो सन्ततिलाई सुम्पन मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ,’ उनको विज्ञप्तीमा उल्लेख छ, ‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ।’ उनले समय भड्की सकेपछिको पश्चातापले कुनै अर्थ नराख्ने भन्दै सबैलाई मुलुकको रक्षार्थ जुट्न आव्हान गरेका छन् ।

1 Comment

  1. Dirgha Raj Prasai

    राजा ज्ञानेन्द्रबाट जारी विज्ञप्ति समय सापेक्ष र स्वागतयोग्य छ !

    राजा ज्ञानेन्द्र शाहबाट राष्ट्रिय एकताको मर्म माथि भइरहेको निर्मम प्रहार र यसवीचमा मौलाएको निषेधको राजनीति र प्रतिशोधको मानसिकता र मुलुकको मुल्य-मान्यतामा आधारित राजनीतिमा आएको तरलता एवम् माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन नसक्नुको अलावा यसले कदापी राष्ट्रिय गौरव बचाउँन नसक्ने भन्दै २०७३ पुस ६ बुधवार जारी साँझ जारी भएको विज्ञप्ति समय सापेक्ष छ । नेपालको भौगोलिक र जातीय वास्तविकता यस्तो छ कि राजाको अनुपस्थितिमा नेपाल भन्ने देश रहदैन । राजा र जनताको संयुक्त प्रयासमा बनेको देश हो यो । राजसंस्था भनेको नेपालको राष्ट्रियताको मरुदण्ड हो, चीन र भारत बिचकोे स्थायित्वको विश्वासिलो खम्बा हो ।

    दिल्लीमा १२ बुँदे संझौतामा भित्रभित्रै सक्रिय भएर व्यवस्था मिलाउनेहरु माओवादीका बाबुराम भट्टराई, कांग्रेसका कृष्ण सिटौला थिए । यसरी देशलाई भौडीमा हाल्नमा २०६२ सालमा १२ बुँदे संझौतामा हस्तक्षेप गर्ने र त्यसको समर्थन गर्नेहरु लगायत २०६३ सालमा राजासँग संझौता भई जनआन्दोलन बिसर्जन भएपछि राजा ज्ञानेन्द्रलाई धोका दिई विश्व्को हिन्दु अधिराज्य–नेपाल र नेपालको विकल्प शक्तिको रुपमा स्थापित राजसंस्था हटाएर धर्मनिरपेक्ष, गणतन्त्र र संंघीयताको पक्षधरहरुलाई राष्ट्र विप्लवमा जेलमा कोचेर यिनीहरु र तिनका मतिहारहरु एक एक समातेर उनीहरुबाट गरिएका भ्रष्टाचार र घोटला अनि लुटिएको राष्ट्रको सम्पत्तिको छानवीन गरेर राष्ट्रियकरण गरिनु पर्छ । पार्टीका राष्ट्रघाती अपराधीहरुः– गिरिजाप्रसाद, कृष्ण सिटौला, रामचन्द्र पौडयाल, माधव नेपाल, झलनाथ, सुवास नेम्वाङ, प्रचण्ड र बाबुराम भट्टराई जस्ता अपराधी माओवादीहरु र मधेसीहरुले सन् १९७५मा बंगलादेशमा भारतीय दलाल र ‘रअ‘ का एजेन्टहरुलाई छानीछानी हत्या गरिएका घटनाहरु ताजै छन् ।

    गणतन्त्रको हवाला दिएर बाबुराम भट्टराईले भूल नगरोस् । राजा त नेपालको एक स्थायी शक्ति हो । नेपालमा निरंकुश राजसंस्था होइन, हाम्रो माग हो जनपक्षीय राजसंस्था । नेपालको राजसंस्था भनेको साम्राज्यवादी शक्तिसँग भिडेर विशाल नेपालको सिर्जना गर्ने शक्ति हो । नेपालका राजाले देश बेच्ने, विदेशी गुहार्ने र जनता मार्ने काम गरेनन् र गर्दैनन् । धर्मनिरपेक्षता, गणतन्त्र र जातीय–संघीयताबाट यो देश बच्न सक्तैन । राष्ट्रघाती अपराधी चिनेर पनि कारवाही नगर्ने हो भने नेपाल जोगिन सक्तैन । त्यसैले सबैभन्दा पहिला देशद्रोही भ्रष्टहरुलाई कारवाही गर्न राज्यका सम्पूर्ण अङ्ग सक्रिय बन्नु पर्ने अत्यावश्यक छ । हिजो विस्तारवादी र सम्राज्यवादी भष्मासुरहरुको षडयन्त्रबाट मुक्त वाध्यतावस राजाले नारायणहिटी छोड्नु परेको हो । तर यसरी देशलाई आगाको भूँग्रोमा राखेर हामी कोही टिक्न सक्तैनौं । अतः नेपाललाई डुब्नबाट बचाउन संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यलार्य यथावत कायम भएपछि डुब्न लागेको नेपालको सार्वभौमसत्ता बचाउन सकिन्छ ।
    -दीर्घराज प्रसाई

    Reply

Leave A Reply

Your email address will not be published.