जीर्णोद्धारमा रङलो र गा“सिएका अरू कुरा

जीर्णोद्धारमा रङलो र गा“सिएका अरू कुरा

maheshraj-pant-color

डा. महेशराज पन्त

हनूमान्ढोकादरबारको पटाङ्गिनीमा ठड्याइएका थुप्रै मन्दिरहरूमध्ये कालभैरवको पछाडिपट्टिको देवल लक्ष्मीनारायणमन्दिरको नाउँले प्रसिद्ध छ । शिवको मूर्ति छुट्टै, पार्वतीको मूर्ति छुट्टै भए पनि एउटै फलकमा कपिएको, ‘उमामहेश्वर’ कहिने मूर्ति जस्तै यस मन्दिरमा रहेको मूर्ति पनि त्यसै गरी कपिएको, लक्ष्मी र नारायणको मूर्ति होला भत्रे भ्रम ‘लक्ष्मीनारायण’ भत्रे नाउँले पर्न सक्छ । तर यो मूर्ति ‘उमामहेश्वर’को जस्तो नभई आधा शिव र आधा उनकी अर्धाङ्गिनी पार्वतीको रूप भएको ‘अर्धनारीश्वर’ जस्तै आधा विष्णुको र आधा लक्ष्मीको मूर्ति हो ।

‘अर्धनारीश्वर’को दाँजोमा विष्णु र लक्ष्मीको यस्तो मूर्ति त्यति प्राचीन नभए पनि यस्तो मूर्ति मध्यकालमा निकै लोकप्रिय भयो । यस्तो मूर्ति ‘लक्ष्मीनारायण’, ‘वासुदेवकमलजा’, ‘वासुदेवलक्ष्मी’, ‘वैकुण्ठकमलजा’ भत्रे नाउँले बढी चिनिने भए पनि ‘अर्धनारीनारायण’,

‘अर्धनारीविष्णु’, ‘अर्धलक्ष्मीनारायण’, ‘अर्धलक्ष्मीहरि’, ‘कमलार्धाङ्गीननारायण’, ‘वैष्णवअर्धनारी’ भत्रे नाउँ पनि चलेकोले यी नाउँ यस्तो मूर्तिमा बढी सार्थक देखिन्छ । यस लेखको शुरूमै चर्चा गरिएको, लक्ष्मीनारायणमन्दिरको जीर्णोद्धारको विषयमा अलि खुलाएर लेख्नुपरेकोले विष्णुको आधा र लक्ष्मीको आधा रूपको समन्वय गरी बनाइएको यस्तो मूर्तिको विषयमा यति लेख्नुपरेको हो ।

वि.सं. २०७२ वैशाख १२ गते महाभूकम्प गएको पनि अब त २० महीना नाघिसक्यो । तैपनि रिक्थको जीर्णोद्धारसंबन्धी नीतिनिर्धारण अभैm राम्रोसँग नभएको कुरा छापामा बराबर आइरहेका खबरबाट थाहा पाइन्छ । यसैको एउटा नमूना गएको मङ्सीर ५ गतेको ‘नेपाल समाचारपत्र’ दैनिकमा छापिएको एउटा खबरमा छ (ईश्वरराज ढकाल, ‘सम्पदा निर्माणमा अचम्मको मापदण्ड— दाताले जे गरे पनि ठीक, अरूले गरे बेठीक’, १, ९ पृ.) । कुरा के भने, हनूमान्ढोकादरबारको पटाङ्गिनीका मन्दिरहरूको जीर्णोद्धार गर्ने अभिभारा लिएको काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टले लक्ष्मीनारायणमन्दिरको जीर्णोद्धार गर्दा स्टिल र फलाम हाली त्यो मन्दिर बनाउन लागेकोको विरोधमा त्यो खबर आएको थियो । रानीपोखरीको मन्दिरमा मापदण्डविपरीत ठेकेदारले जीर्णोद्धार गरिरहेकोमा रोक लगाउने पुरातत्त्वविभाग लक्ष्मीनारायणमन्दिरमा पनि त्यसै गरी मापदण्डलाई वास्ता नगरी जीर्णोद्धार गर्न लाग्दा के हेरेर बसिरहेको छ भत्रे कुरा त्यस खबरको सार हो । यही विषयमा भोलिपल्ट त्यही ‘नेपाल समाचारपत्र’ले सम्पादकीय नै लेख्यो (‘सम्पदा पुनर्निर्माणमा निगरानी’, २०७३।८।६।२, ४ पृ.) ।

‘नियम भनेको सबैलाई समान हुनुपर्ने हो । विदेशीको सहयोगमा निर्माण भएको हनुमानढोकाको उक्त मन्दिर मापदण्ड विपरीत निर्माण हुँदा विभाग चुप लाग्नु अहिले चर्चाको विषय भएको छ । विश्वसम्पदा सूचीमा परेको क्षेत्रमा नै मापदण्ड विपरीत काम हँुदा विभागले चुइँक्कसमेत नबोल्नुले पनि शंका उत्पत्र गराएको छ । रानीपोखरीमा पुनर्निर्माण भएको सम्पदा रोक्न युनेस्को गुहार्ने विभाग अहिले भने केही नबोल्नुले पनि विभागको काम गराइप्रति नै शंका उत्पत्र गराएको छ’ भत्रे पनि त्यहाँ लेखिएको छ ।

00-final

यो खबर छापिएको चार दिनपछि, जीर्णोद्धारसंबन्धी यस्तै यस्तै खालको खिचलोको अर्को खबर अखबारमा आयो । कुरा के भने, काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टले पाटनदरबारवरपरका मन्दिरको जीर्णोद्धार गर्न लाग्दा ‘भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानो मापदण्ड फेरबदल गर्नुपर्ने भन्दै पुरातत्व विभागले वैज्ञानिक मापदण्ड बनाउने जनाएको थियो । तर अहिलेसम्म विभागले मापदण्ड तयार पार्न नसक्दा सम्पदा पुनर्निर्माण बीचमै रोकिएको काठमाडौं उपत्यकामा संरक्षण कोष (केभिपिटी)का अध्यक्ष रोहित रञ्जितकारले जानकारी दिए । उनले भने, ‘पाटन दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न आवश्यक सामग्री जुटाइसकेका छौं । तर पुरातत्वले दुई महिनाअघि मौलिकता नमेटिने गरी नयाँ मापदण्ड ल्याउने जानकारी दिएपछि गर्दागर्दै काम रोक्नुपरेको हो’ (शिवहरि घिमिरे, ‘रोकियो सम्पदा निर्माण’, ‘नागरिक’, २०७३।८।१०।६, ६ पृ.) ।

यो खबर छापिएको भोलिपल्टै, पाटनदरबारवरपरका मन्दिरको जीर्णोद्धारमा काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टले मन्दिरहरूको जगसम्मको भाग आधुनिक प्रविधिबाट बनाउन खोज्दा पुरातत्त्वविभाग यसमा सहमत नभएकोले जीर्णोद्धार रोकिएको खबर अखबारमा आयो (प्रशान्त माली, ‘प्रविधि टुंगो नलाग्दा पुनर्निर्माण रोकियो’, ‘कान्तिपुर’, २०७३।८।११।७, ४ पृ.) ।

सारांशमा भन्दा, यी ३ थरी खबरमध्ये पहिलोमा काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टले मापदण्डविरुद्ध मन्दिरको जीर्णोद्धार गर्न लाग्दा पुरातत्त्वविभागले विरोध नगरेको, दोस्रोमा चाहिँ उसले त्यस ट्रस्टलाई मापदण्ड नै नदिएकोले काम थाल्न नसकिएको र तेस्रोमा चाहिँ त्यस ट्रस्टले मापदण्डविरुद्धका सामग्री हाली जीर्णोद्धार गर्न खोज्दा उसले रोक लगाएको कुरा छ ।

रिक्थको जीर्णोद्धार गर्दा मापदण्डमा तलमाथि अहिले मात्र होइन, पश्चिमी हावा लागेदेखि नै पर्न लागेको हो । ५० दिनअगाडि छापिएको, सुदर्शनराज तिवारीको लेख (‘हेर्इटिज् इन् ड्यान्जर्ः फ्रम् च्यासिलिं मण्डप् टु मणि मण्डप्, एक्स्पर्ट्स् रेन्च् द गट्स् आउट् अप्m नेवार् आर्किटेक्चर्’, ‘द काठ्मान्डू पोस्ट्’, २०७३।७।२७।७, ४ पृ.)को संझना यस प्रसंगमा अनायास हुन्छ ।

हनूमान्ढोकादरबारको पटाङ्गिनीको, लक्ष्मीनारायणमन्दिरको जीर्णोद्धारको काम पुरातत्त्वविभाग र काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टको संयुक्त योजना भएको र यसमा लाग्ने खर्च जति यहाँको अमेरिकन दूतावासले बेहोर्ने कुरा यही मन्दिरअगाडि राखिएको बोर्डबाट थाहा हुन्छ । यो मन्दिर मात्र होइन, यो दरबारवरिपरिका अरू थुप्रै मन्दिर यसै गरी अमेरिकन दूतावासको खर्चले गरिने भनी ती ती मन्दिरमा राखिएका बोर्डबाट थाहा हुन्छ ।

आजभन्दा २६ वर्षअगाडि स्थापना भएको काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टले निकै मठमन्दिरको जीर्णोद्धार गर्ने काम संपत्र गरिसकेको छ । तर नेपालको वास्तुकलाको संरक्षणमा लागेको काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टका संस्थापक सदस्य नै नेपाली पुरावस्तु कित्रे, अनि बेच्ने काममा लागेको कुरा उनीकै शब्दबाट थाहा भएकोले (मेअरी शेप्अर्ड स्लसर, ‘कन्सर्भेशन् नोट्स् अन् सम् नेपालीज् पेन्ट्इङ्’, अन्लाइन पत्रिका ‘एशियन् आर्ट्’, ई.सं. २००३।५।१९) र त्यस ट्रस्टको लाइब्रेरीमा कलाकृतिको लिलामीका थरीथरीका सूचीपत्र राखिने गरेकोले (थोमस बेल, ‘काठ्मान्डु’, ¥यान्डम हाउस इन्डिअ, ई.सं. २०१४, २८७ पृ.) यस ट्रस्टको उद्देश्य देखिएकोभन्दा अलग छ भनी शङ्का गर्ने ठाउँ नभएको होइन । यस विषयमा यही ‘राजधानी’ दैनिकमा ठ्याक्क २५ महीनाअगाडि प्रसंगवश मैले लेखिसकेकोले (‘थोमस बेलको काठ्मान्डुमा डुल्दा डुल्दै’, २०७१।८।१५।२, ७ पृ.) फेरि सबै कुरा दोह¥याउनु आवश्यक छैन ।

पोहरको महाभूकम्पपछि अहिले अमेरिकन पैसाले जीर्णोद्धार गरिने यी मन्दिरहरू म्यूजियम शो–पीस नभई नित्य–नैमित्तिक पूजा चल्ने मन्दिर हुन् । यस्ता मन्दिरको जीर्णोद्धार अमेरिकन दूतावासको पैसाले गरिनुलाई धर्ममा श्रद्धा राखी मन्दिर धाउनेहरूले कसरी लिन्छन् भत्रे गहन प्रश्न विचारशील मनुष्यको मनमा सहजै उठ्छ । हुन त, अमेरिकन दूतावासको पैसाले मन्दिरको जीर्णोद्धार गरिएको यो पहिलो घटना होइन । टाढा नजाऊँ, हनूमान्ढोकादरबारको पटाङ्गिनीकै कालभैरवको जीर्णोद्धार पनि केही बर्षअगाडि यसै गरी भएको हो भत्रे कुरा हाम्रो संझनामा ताजै छ ।

देवताको शक्तिमा विश्वास गरेरै मानिसहरू मन्दिर धाउँछन् र त्यसको पवित्रताको खयाल राख्छन् । मन्दिर किंवा मूर्ति बनाउँदा कालिगडले कस्तो चोखीनीति गर्नुपर्छ र ककसले मूर्ति छुन पाउँदैन भत्रे विषयमा हाम्रा वास्तुशास्त्र र शिल्पशास्त्रहरूमा लेखिएको छ । यसको उदाहरणको लागि ‘अपराजितपृच्छा’, ‘चित्रसूत्र’, ‘मयमत’, ‘मानसार’, ‘प्रतिष्ठालक्षणसारसमुच्चय’, ‘शिल्परत्न’ र ‘समराङ्गणसूत्रधार’ आदि ग्रन्थ अघि सार्न सकिन्छ ।

02-final

वि.सं. २०६१ मा इटुंबहालको जीर्णोद्धार गरिँदाको एउटा घटनाको चर्चा पनि यस प्रसंगमा गर्नु राम्रै होला । कुरा के भने, त्यो जीर्णोद्धार काठमाण्डु भ्याली प्रिजर्भेशन ट्रस्टको मातहतमा भएको थियो र त्यसमा लाग्ने खर्च जति जर्मन सरकारले र श्रद्धालु जर्मनहरूले बेहोरेका थिए । क्वापाद्यः अर्थात् बहालका मुख्य देवता राखिएको ठाउँको जीर्णोद्धार गर्दा त्यहाँ काम गर्न आउनेमा बेजातका कालिगड पनि हुन सक्ने भएकाले तिनीहरूले क्वापाद्यःको मूर्ति र त्यहाँ रहेका वस्तु छोइदिँदा बहाल बिटुलिन्छ भत्रे भयले त्यही बहालका एक थरीले जीर्णोद्धारको विरोध गरे । अनि, जसो गरेर भए पनि काम अगाडि बढाउने इच्छा भएका अर्का थरीले क्वापाद्यःलाई जसले पायो उसले छुन नपाउने गरी प्लाइउडको छेका हालेर काम चलाएका थिए (उष्णिक् रत्न शाक्य, ‘अ स्टड्इ अन् इटुंबहाल्’, अप्रकाशित एम्.ए थीसिस, त्रिभुवन विश्वविद्यालय, २०६६, २६ पृ.) ।

आजको हाम्रो समाज द्विविधाले ग्रस्त छ । एकातिर, मन्दिरलाई पूरै म्यूजियम शो–पीस बनाउन ऊ तयार छ्रैन, अर्कोतिर, मन्दिरको शास्त्रसिद्ध शुद्धि कायम राख्न पनि ऊ वास्ता गर्दैन । यसको ज्वलन्त उदाहरण हनूमान्ढोकादरबारभित्रको पञ्चमुखी हनूमान्को मन्दिरको हालै संपत्र जीर्णोद्धारमा पाइएको छ । यसको जीर्णोद्धारको लागि पनि अमेरिकन दूतावासको पैसा लगाइएको हो । यतासम्म त ठीकै थियो । अब जीर्णोद्धार थाल्दा धार्मिक रीतिले गरिने क्षमापूजा पनि गर्नुपर्ने भयो । अमेरिकन पैसा र क्षमापूजाको सहयात्राको कुरा त्यही जीर्णोद्धारमा संलग्न एक जनाको भाषामै हेरूँ—

‘मन्दिर पुनर्निर्माण कार्यको ‘डकुमेन्टेसन’ गरिरहेका आलोकसिद्धि तुलाधर भन्छन् ‘सजिलो छैन । अप्ठ्यारो छ, तर सिक्दै गइन्छ ।’

‘भूकम्पअघि जीर्णोद्धार सुरु गरिएको हो पञ्चमुखी हनुमान मन्दिर । २०६८ सालको भूकम्पले योसहित अरू मन्दिर पनि जीर्ण बनाइदियो । त्यसपछि यसलाई जोगाउन के गर्ने भनेर सर्भे भएको थियो । मन्दिर अमेरिकाको

‘एम्बेसडर फन्ड फर कल्चरल प्रिजरभेसन’ ले बनाउने भयो । यो बनाउन इम्प्याक्ट भत्रे संस्थाले हनुमानढोका दरबार संरक्षण क्षेत्र आयोजनालाई बाटो देखाइदिएको थियो । त्यहीअनुसार बजेट दिने भयो । तर, काम सुरु नहुँदै गत वर्ष भूकम्प आयो । त्यसले थप क्षति पु¥यायो ।’

‘सम्पदा बनाउन पहिलो समस्या मन्दिरको पूजा विधि हो । यो मन्दिरमा पुजारी नभएको वर्षौँ भएको थियो । कोही हनुमान देखाउन मिल्ने र देखाउन नमिल्ने हुन्छ । पञ्चमुखी भए पनि यो हनुमान गुह्य हो । त्यही भएर पुजारीले यहाँ सजिलै जान दिँदैनन् । गुह्य र कोही हनुमान मूर्ति भएको ठाउँमा जो पायो त्यही जानु हुँदैन भत्रे मान्यता छ । तन्त्रविद्यामा पोख्त नहुनेले हे¥यो भने मुर्छा भइन्छ भत्रे विश्वास छ ।

‘पुजारी नभई कसरी क्षमा पूजा गर्नु ? तुलाधर भन्छन्, ‘समस्या थपियो । तलेजु भवानी मन्दिरका पुजारीलाई आग्रह ग¥यौं ।’ क्षमा पूजा गरी हनुमानको मूर्ति हटाइयो । सबै तयारी भयो तर सर्वसाधारणलाई जान गाह्रो भयो । ‘परम्परा हो, त्यसलाई मिच्न भएन । भौतिक कुरा मात्रै हेरेर भएन । आध्यात्मिक पनि हेर्नैप¥यो,’ तुलाधर भन्छन्’ (दामोदर न्यौपाने, ‘सजिलो छैन सम्पदा पुनर्निर्माण’,‘कान्तिपुर’, २०७३।८।१४।३, ४ पृ.) ।

काष्ठमण्डपको जीर्णोद्धार कसले गर्ने भत्रे कुरामा २ थरी दाबेदार पुरातत्त्वविभाग र काठमाडौँ महानगरपालिकाको बीचमा महीनौँ खिँचातानी भयो । आखिरमा पुरातत्त्वविभागले तयार गरेको नक्शाअनुसार काठमाडौँ महानगरपालिकाले त्यसको जीर्णोद्धार गर्ने तय भयो । तय भएको महीनाँै बितिसकेपछि पनि काम शुरू हुन सकेन । पोहर र यसपाला गरेर काष्ठमण्डपमा खननकार्य २ किस्तामा गरियो । बल्ल आएर यही पूस ५ गते मात्र काठमाडौँ महानगरपालिकाले काष्ठमण्डपको जीर्णोद्धारको लागि ठेक्काको आ≈वान ग¥यो (‘गोरखापत्र’, २०७३।९।५।३, ९ पृ.) । हेरौँ, अब जीर्णोद्धार कसरी संपत्र हुन्छ ।

यसैवीच काष्ठमण्डपको जीर्णोद्धारको लागि काठमाडौँ महानगरपालिकाको प्रतिद्वन्द्वी भई वि.सं. २०७२ को महाभूकम्पपछि उदाएको काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान भत्रे समूह लागिपरेको छ । त्यसको मुख्य दलील यो जीर्णोद्धार ठेक्कामा दिनु हुँदैन भत्रे छ । यहाँसम्म त विचारशील मनुष्यको सहमति अवश्य हुन्छ, त्यसमा शङ्का छैन । तर त्यस समूहको ‘नाफामूलक उद्देश्य राख्ने समूहबाट सम्पदा पुनर्निर्माण गरिनुहुत्र । पुरातत्व विभागले दिएको ढाँचाअनुसार हामी आफैं जनस्तरबाटै पैसा उठाएर, स्थानीय कालिगढहरु प्रयोग गरेर पुनर्निर्माण सुरु गछौँ’, (सुदीप श्रेष्ठ, ‘काष्ठमण्डपमुनि लुकेको २२ सय वर्ष पुरानो रहस्य’, अन्लाइन पत्रिका ‘सेतो पाटी’, २०७३।९।८।६) भनी यस समूहका अध्यक्षले बोले पनि यस कुरामा विश्वास गर्न सकित्र । एउटा सामान्य खालको सार्वजनिक भवन बनाउन त विदेशीको अगाडि हात पसार्ने बानी परेका मानिसहरूले काष्ठमण्डपको जीर्णोद्धारको लागि चाहिने करोडौँ करोड रकम जनस्तरबाट जुटाउन कसरी संभव छ ? यो त खालि भावुकतावश बोलिने कुरा हो ।

सामान्य खालको सार्वजनिक भवन बनाउन त विदेशीको अगाडि हात पसार्ने बानी परेका मानिसहरूले काष्ठमण्डपको जीर्णोद्धारको लागि चाहिने करोडौ“ करोड रकम जनस्तरबाट जुटाउन कसरी संभव छ ?

यही पूस ४ गते काष्ठमण्डपको खण्डहरमा एउटा तमाशा भयो । त्यही दिन साँझदेखिका अखबार त्यस तमाशाको खबरले रङ्गिए । कुरा के भने, बौद्ध सिद्धहरूको मोटामोटी समय निर्धारण गर्ने क्रममा बिनयतोष भट्टाचार्य (वि.सं. १९५३–२०२०)ले अन्दाजि ई.सं. ७४१ का भनी ठह¥याएका लीलावज्रलाई नै आपूmभन्दा ४३ पुस्ताअगाडिका पुर्खा भनी दाबी गर्ने यज्ञमानपति वज्राचार्य (वि.सं. १९९७ मा जन्म) तिनै लीलावज्रले काष्ठमण्डप बनाएका हुन् भनी भन्छन् । तिनै यज्ञमानपति वज्राचार्यको लहैलहैमा लागी काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान भत्रे समूहले काष्ठमण्डपसँग प्राचीनकालदेखि गाँसिएर आएका ज्यापू, कनफट्टा र कपालीलाई पूरै बेवास्ता गरी त्यहाँ वज्रयानी पूजा गरायो ।

काष्ठमण्डप कहिले बन्यो र कसले बनायो भत्रे कुरा अझै निर्णय भएको छैन । हुन त बेलायती विश्वविद्यालयका पुरातत्त्वज्ञहरूले हाम्रो पुरातत्त्वविभागका अधिकारीहरूलाई फट्के किनाराका साक्षी बनाई गरेको खोजीअनुसार काष्ठमण्डप सातौँ शताब्दीमा बनेको हो भत्रे कुरा थाहा भए पनि यस विषयमा तद्विद्यसंभाषा अर्थात् त्यही विद्या पढेकाहरूको बीचमा गहिरो विचारविमर्श हुन अझै बाँकी छ भत्रे कुराले विचारशील मनुष्यको मनमा वास गर्न छोडेको छैन ।

यही ‘राजधानी’ दैनिकमा पोहर महाभूकम्प गएको १ महीनापछि (‘भत्किएका रिक्थ दुरुस्त बनाउन सजिलो छैन’ २०७२।२।२२।६, घ–ङ पृ.), ३ महीनापछि (‘काष्ठमण्डप कति पुरानो ? यो कसले बनायो ?’,२०७२।४।१५।६, ७ पृ.) र ४ महीनापछि (‘काष्ठमण्डपसँग लीलावज्रको संबन्ध’,२०७२।५।१५।३, ७ पृ.) मैले यी विषयमा लेखिसकेकोले फेरि त्यसैको पिष्टपेषण गर्नु जरूरी छैन । काष्ठमण्डपको खण्डहरमा पूस ४ गते भएको वज्रयानी तमाशाको विषयमा बसन्त महर्जन (वि.सं. २०२९ मा जन्म)को लेख (‘न हिन्दूको न बौद्धको’, ‘हिमाल’ साप्ताहिक खबरपत्रिका, २०७३ पूस १०–१६, १०–११ पृ.) यस प्रसङ्गमा पठनीय छ ।

पोहरको महाभूकम्पले हनूमान्ढोका र वरपरका रिक्थ भत्किँदा यत्रतत्र छरिएका र दबेका कलाकृति र अभिलेख आदि पछि हनूमान्ढोकादरबारभित्र लगेर थन्काइएका थिए । १ वर्षअगाडिदेखि मुकुन्दराज अर्याल (वि.सं. २००० मा जन्म) र शुक्रसागर श्रेष्ठले तिनको फेहरिस्त बनाउँदै जाँदा काष्ठमण्डपमा भएका ३ वटा ताम्रपत्र भेट्टिएको खबर छापामा आयो । काष्ठमण्डपमा ७ वटा ताम्रपत्र कीला ठोकेर राखिएका थिए (नरहरिनाथ, ‘काष्ठमण्डपः’, ‘संस्कृत–सन्देश’, १ वर्ष, ६ अङ्क, ४–७ पृ.) । लेख कुँदिएको कोले (नाप्ने भाँडा)े पनि त्यहीँ टाँगिएर राखिएको थियो (गौतमवज्र वज्राचार्य, ‘हनूमान्ढोका राजदरबार’, नेपाल र एशियाली अध्ययनसंस्थान, २०३३, १९६–१९७ पृ.) । बाँकी ४ वटा ताम्रपत्र र कोले कहाँ छन्, अत्तोपत्तो छैन ।

त्यो फेहरिस्त तयार भएको खबर १० दिनअगाडिदेखिका छापामा आइरहेछ (‘हनुमान्ढोका हेर्इटिज् इन्भेन्टरि कम्प्लिट्इड्’, ‘द काठ्मान्डु पोस्ट्’, २०७३।९।५।३, २ पृ.,

‘इन्भेन्टरि अफ् हनुमान्ढोका मन्युमन्ट् आइटम्ज् प्रिपेर्ड्’, ‘द राइजिङ् नेपाल्’, २०७२।९।१२।३, १ पृ., ‘इन्भेन्टरि अफ् स्याल्भिज्ड् आर्टिफ्याक्ट्स् प्रिपेर्ड्’, ‘द हिमालयन् टाइम्ज्’, २०७३।९।१३।४, २ पृ.) । ती खबरअनुसार १५६५ कलाकृति र अभिलेख आदि त्यस सूचीमा चढेका छन् । त्यस सूचीमा ३ वटा ताम्रपत्र अर्थात् ने.सं. ४५४, ४९९ र ५४३ का मात्र परेकाले काष्ठमण्डपमा रहेका, अरू ४ वटा अर्थात् ने.सं. ५८५, ६०५, ६३२ र ९१० का ताम्रपत्र कहाँ गए ? यस प्रश्नले हामी जस्ताको मथिङ्गल रिङाइरहेको छ ।

राष्ट्रिय अभिलेखालयले ओगटेको ठाउँ अब सर्वोच्च अदालतले लिने भत्रे खबर आजभोलि मीडियामा आउने गरेको छ । पुराना ग्रन्थ र कागजात आदि सुरक्षित राख्न अनुकूल हुने गरी राष्ट्रिय अभिलेखालय भएको घर बनाइएकोले त्यस्तै अर्को घर नबनाई त्यताबाट अभिलेखालय सार्दा प्राचीन ग्रन्थहरूको सुरक्षा नहुने कुरा अभिलेखालयका अधिकारीहरू गर्छन्, यसमा पुराविद्याका पे्रमीहरूको समर्थन हुनैपर्छ । यहाँ यस्ता यस्ता विशिष्ट ग्रन्थ र कागजात छन् भनी पत्रकारहरूलाई बताउने क्रममा अभिलेखालयमा अधिकारीले नामोच्चार गरेका ग्रन्थको विषयमा उनीहरूले बोलेको कुरामा पुरातत्त्वविभागमा पुरुषसंपत्को अर्थात् चलनचल्तीको भाषामा जनशक्तिको अभाव पूरै प्रतिविम्बित छ । त्यसको एउटा नमूना बौद्ध ग्रन्थ ‘लङ्कावतार’लाई आयुर्वेदको ग्रन्थ भनेकोमा देखिएको छ (ईश्वरराज ढकाल, ‘सातौं शताब्दीदेखिका सामग्री खतरामा’, ‘नेपाल समाचारपत्र’, २०७३।९।२।७, ९ पृ., सुरेन्द्र पौडेल, ‘हजारौं ग्रन्थ र अभिलेख जोखिममा’, ‘नागरिक’, २०७३।९।९।७, १ पृ., ईश्वरराज ढकाल, ‘सर्वोच्च–पुरातत्त्व जग्गा विवाद’, ‘नेपाल समाचारपत्र’, २०७३।९।९।७, ५ पृ.) ।‘अष्टसाहस्रिका प्रज्ञापारमिता’, ‘गण्डव्यूह’, ‘दशभूमिक’, ‘समाधिराज’, ‘लङ्कावतार’, ‘सद्धर्मपुण्डरीक’, ‘गुह्यसमाज’, ‘ललितविस्तर’र ‘सुवर्णप्रभास’ गरी यी ९ ग्रन्थ समष्टिमा ‘नवग्रन्थ’, ‘नवधर्म’, ‘नवखण्ड’, ‘नवव्याकरण’, ‘नववैपुल्यसूत्र’ वा ‘नवमहायानसूत्र’ कहिन्छन् । यी नाममध्ये पनि ‘नवसूत्र’ र ‘नवव्याकरण’ ज्यादै प्रसिद्ध छन् । वज्रयानीहरूको घरघरमा जस्तो पाठ हुने ‘नवसूत्र’मध्ये पर्ने ‘लङ्कावतार’लाई आयुर्वेदको ग्रन्थ भत्रु पुराविद्याको गन्ध पनि नहुनुको परिणाम हो भनी भन्दा बढी बोलेको ठहरोइन ।

Leave A Reply

Your email address will not be published.