कुरीतिविरुद्ध मितिनी

कुरीतिविरुद्ध मितिनी

dabbu-dai

डब्बु क्षत्री

मुलुकका करिब पाँच दर्जन सामुदायिक रेडियोका श्रोताहरूलाई हरेक शनिबार बेलुका ७ः१५बजे प्रतीक्षाको घडी बन्न थालेका छ । १५ मिनेटसम्म प्रसारण हुने रेडियो नाटक ‘मितिनी’ ले श्रोतालाई आकर्षित गरेपछि उनीहरूले सो समयमा सामुदायिक रेडियो सुन्न थालेका हुन् । निकै रोचक शैलीमा प्रस्तुत हुने यो नाटकको चुरो विषय बालविवाहविरुद्धको जनचेतना हो । तर, हरेक शृंखलामा फरक कथा र प्रस्तुतिले श्रोताले मनोरञ्जनसँगै नयाँ–नयाँ जानकारी र सूचना पाउँदै आएका छन् ।

unnamed

गत शनिबारसम्म यो नाटकले ४४औं शृंखला पार गरिसकेका छ । यसलाई कम्तीमा १ सय ५६ शृंखला पु¥याउने लक्ष्य निर्माण संस्था वातावरण पत्रकार समूहको छ । मितिनीको विशेषता भनेको मनोरञ्जनासँगै श्रोतालाई थाहै नपाई विभिन्न कुरीतिविरुद्ध चेतना जागाउनु हो ।नाटकका परिकल्पनाकार सञ्चारकर्मी रघु मैनाली हुन् । यो रेडियो नाटक उत्पादन गर्नुको मैनालीको अभियान पनि आफ्नै प्रकारको छ । उनको बुझाइमा बालविवाह रोक्न बालबालिकासँगै वयस्कहरूलाई चेतना जगाउन जरुरी छ । त्यसैले, यो नाटकको पहिलो लक्ष्य पनि बालविवाहविरुद्ध वयस्क (अभिभावक) लाई नै सचेत गराउनु हो ।

‘समाज कल्याण मन्त्रालयका अनुसार नेपाली समाजमा अझै विद्यमान रहेका ५० भन्दा बढी कुप्रथामध्य सबैभन्दा ठूलो कुप्रथा बालविवाह बनेको छ । साझा अभियान अघि बढाउनु सामुदायिका रेडियोका भूमिका भएकाले बालविवाहविरुद्धको साझा अभियान बनाएर सामुदायिक रेडियोमार्फत हामीले रेडियो नाटक मितिनी ल्याएका हौं ।’ परिकल्पनाकार मैनालीले भने, ‘समाजको उन्नति र प्रगतिमा सघाउ पु¥याउनु सामुदायिक रेडियोको भूमिका हो । सोही भूमिकाअन्तर्गत हामीले बालविवाहविरुद्ध कार्यक्रम तयार गर्ने र सुन्ने अभियान अगाडि

बढाएका हौं ।’ बालविवाहको अहिलेसम्म निर्णय वयस्कले गर्दै आएका छन् । त्यसैले पनि यो रेडियो नाटक विशेष गरेर वयस्कलाई लक्षित गरेर बनाइएको पनि परिकल्पनाकार मैनालीले प्रकाश पारे । सामुदायिक रेडियोबाट मितिनी प्रसारण भए यता कतिपय ग्रामीण क्षेत्रमा बालबालिकाले नै बालविवाहको सांकेतिक विरोध गर्न थालेका छन् । श्रोताहरूबाट नियमित प्राप्त प्रतिक्रिया र सुझावबाट मितिनी समूहले अपनत्व र माया पाएको महसुस गरेको पनि परिकल्पनाकार मैनालीले बताए । रेडियो नाटकलाई कलाकार अनुप बरालले निर्देशन गर्दै आएका छन् । उनका अनुसार हरेक शृंखला नयाँ कथा र नयाँ चरित्रका साथ प्रस्तुत गर्नु रेडियो नाटकका लेखक र निर्देशक दुवैका लागि चुनौती बन्दै गएको छ ।

काठमाडौंबाहिर जाँदा भेटिएका श्रोताको सकारात्मक प्रतिक्रियाले उनी निकै उत्साहित छन् । ‘मितिनीको १५ मिनट समय नै कम भयो भन्ने धेरैको गुनासो नै हाम्रो लागि उत्साह हो । किनकि, श्रोतालाई १५ मिनट समय बितेको महसुस नहुनु नै हाम्रो सफलता हो,’ उनले भने, ‘रेडियो नाटकको अभिनयको माध्ययम आवाज भएकाले कलाकारलाई आवाजबाट आफ्नो फरकफरक अवस्था र चरित्र प्रस्तुत गर्नु चुनौती हो । हरेक हप्ता हाम्रो टिम नयाँ चुनौतीका साथ उत्रँदै सफलता हासिल गर्न सफल भएको छ ।’ नाटकमा मितिनीद्वयको भूमिकामा शारदा अधिकारी र अश्विनी बर्देवा छन् । उनीहरूको अभिभावकमा लोकमणि सापकोटा, प्रकाश घिमिरे, अशान्त शर्मा, राजेन्द्रकुमार श्रेष्ठ छन् । शिक्षकको भूमिकामा रहेका कलमप्यासी देवकोटाको भूमिका समन्वयकारी रहने गरेको छ ।

 

10

प्रकृतिप्रेमीका लागि पश्चिमेली मुलुक स्विट्जरल्यान्डभन्दा कम छैन नेपाल । हिमाल, पहाड, तराई जताततै सम्भावना नै सम्भावना देखिन्छ । यसलाई व्यवस्थित गर्न सके र मर्यादित बनाउन सके संसार नै चकित हुनेमा दुईमत छैन । किनकि, हामीसँग कैयौं सम्भावना बोकेका रोचक शृंखलाहरू छन् । जब काठमाडौं उत्तर पश्चिममा पर्ने नजिकमा रहेको इन्द्रदह अथवा काजी कालु पाँडेको समाधि भएको डाँडो वा निर्माणाधीन स्विट्जरल्यान्ड पार्क सम्भावनाको खोजीमा छ । अहिले नेपालका गाउँदेखि सहरसम्म बाह्य र आन्तरिक पर्यटनलाई कसरी तान्न सकिन्छ भन्ने लहर नै चलेको छ । पछिल्लो समयलाई नियाल्ने हो भने चन्द्रागिरि केबलकारलाई बुझ्न र हेर्न सकिन्छ ।

रेडियो नाटकमा हरेक साता नयाँ कथा आउनेभएकाले ती कथाका पात्र पनि नयाँनयाँ खोज्नु परेको बताउँदै निर्देशक बरालले भने, ‘मुख्य पात्रबाहेक बाँकी नयाँ पात्र हरेक साता प्रस्तुत गर्नुपर्ने भएकाले मितिनीको समूह झन्झन् ठूलो बन्दै गएको छ ।’

छोरी १४ वर्ष पुग्न पाएकी छैन, विवाह हुर्कियो भनेर विवाहको हतार गर्ने धेरै अभिभावक अहिले पनि गाउँमा छन् । त्यसैले, ग्रामीण क्षेत्रबाट लक्षित गरेर काठमाडौंको रेडियो सगरमाथासहित मुलुकका ५५ ओटा ग्रामीण लक्षित सामुदायिक रेडियोबाट मितिनी एकै समय प्रसारण हुँदै आएको हो । सिविन नेपाल र डान्स फर लाइफ पार्टनर रहेको यो रेडियो नाटक फ्री प्रेस अनलिमिटेडको सहयोगमा निर्माण हुँदै आएको छ ।

मुख्य विषय बालविवाह भए पनि हरेक सात नयाँ कथासँगै सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकजस्ता विषय मितिनीले प्रस्तुत गर्दै आएको छ । प्रजनन, मातृ शिशु स्वास्थ्य, बाल स्वास्थ्य, शिक्षाजस्ता विषयलाई पनि नाटकले उठाउँदै आएको छ ।

यसरी विविध विषयमा हरेक साता नयाँ कथा सिर्जना गर्नुलाई नाटकका लेखक एवं प्राज्ञ श्रवण मुकारुङ पनि त्यत्तिकै चुनौती ठान्दछन् । उनको अनुभवमा नाटकको कथा काठमाडौंमा मात्र बसेर भेट्न गाह्रो छ । त्यसैले, नयाँ कथाका लागि आफू बेलाबेलामा मुलुकका विभिन्न ग्रामीण भूभागमा जाने गरेको अनुभव सुनाउँदै लेखक मुकारुङले भने, ‘बालविवाहसम्बन्धी यति धेरै समस्या रहेछन् भन्नेबारे मैले यो नाटकमा आबद्ध भएपछि बुझ्ने अवसर पाएँ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म हरेक जातजातिमा विभिन्न संस्कृति, रीतिरिवाजका नाममा अहिले पनि बालविवाह विद्यमान भएको मैले पाएँ ।’

नाटकको मुख्य लक्ष्य बयस्कहरूलाई चेतना जगाउने अभियानमा आफूहरू सफल हुँदै गएको लेखक मुकारुङको अनुभव छ, ‘धेरै अभिभावकहरूले यो नाटक सुन्न थालेपछि छोरीलाई चाँडै विवाह गरेर पठाउनुपर्छ भन्ने सोचाइ त्यागेको उहाँहरूले बताउनुभयो । छोरीहरूलाई शिक्षादीक्षा दिएर सक्षम बनाई उमेर पुगेपछि मात्र विवाह गरिदिने सोच अभिभावकमा आउनु पनि हाम्रा लागि ठूलो सफलता हो ।’

बालविवाह रोक्न बालबालिकासँगै वयस्कहरुमा चेतना जगाउन जरुरी छ । त्यसैले, यो नाटकको पहिलो लक्ष्य पनि बालविवाहविरुद्ध वयस्क (अभिभावक) लाई नै सचेत गराउनु हो ।

नाटकमा अहिलेसम्म कथा र कथाको प्रसंग दोहोरिन नदिएका लेखक मुकारुङलाई तीन वर्षसम्म हरेक साता नयाँ र रोचक कथा दिनु त्यत्तिकै चुनौती छ, ‘मलाई कथा तथा स्क्रिप्ट चित्त बुझेपछि मात्र दिने गरेको छु । यसको गुणस्तरलाई तल झर्न नदिने मैले हरसम्भव प्रयोस गर्दै आएको छु ।’रेडियो नाटकका कथाहरू आजकाल साथीभाइ तथा विभिन्न अभिभावकले पनि दिने गरेको अनुभव मुकारुङले सुनाए, ‘बालकालिका बारे धेरैले आफ्ना अनुभव र कथा सुनाउँदै त्यसलाई रेडियो नाटकमा जोढ्न सुझाव दिने गर्नुभएको छ । नयाँ कथा पाउँदा त्यसलाई मौलिकतामा ढालेर मितिनीमा ल्याउने पनि गरेको छु ।’

यसको प्रसारण सकिएपछि सम्पूर्ण नाटकलाई पुस्तकका रूपमा ल्याउने योजना लेखक मुकारुङले सुनाउँदै भने, ‘रेडियो नाटक क्षेत्रमा पुरातन मान्यता चिर्दै अहिले मितिनी नयाँ आयाम र अभियान बनेको छ । हामीले पुस्तकमा ल्याउने मितिनी नाटक पनि रेडियो नाटकमा काम गर्न चाहनेहरूका लागि एउटा प्राइमरी स्कुल साबित हुनेछ ।’

रेडियो नाटकका रूपमा प्रस्तुत हुँदै आएको मितिनीलाई टेली शृंखलाका रूपमा ल्याउन सके सुनमा सुगन्ध हुने थियो भन्ने चाहना लेखक मुकारुङको छ । निर्देशक अनुप बराललाई पनि यसलाई आउँदा दिनमा टेली चलचित्रमा ल्याउने सकिने बताउँछन् । यदि रेडियो नाटकले नै आफूहरूको अभियानले सार्थकता पाउने विश्वास लेखक मुकारुङ र निर्देशक बरालले लिएका छन् ।

Leave A Reply

Your email address will not be published.