काजीको समाधिस्थल र स्विट्जरल्यान्ड पार्क

काजीको समाधिस्थल र स्विट्जरल्यान्ड पार्क

ishowar

ईश्वर विश्वकर्मा

काठमाडौं नागार्जुन नगरपालिकामा पर्ने ती ठाउँ पुग्न सीतापाइलाबाट गाउँको बीचैबीच लगभग नौ किमी उकालो लागेपछि अति चर्चित पद्मा कोलोनीको गेटैबाट अगाडि बढ्न सकिन्छ । त्यहीँनेर रामकोटको हरियाली पाखो फेदीमा बसपार्क छ । त्यहाँसम्म पुग्दानपुग्दै साँघुरो बाटो, सुन्दर खोंच, मनै लोभ्याउने फराकिलो सिमसार खेतीयोग्य जमिन, गाउँले तरिकाका घरहरूसँग जोडा मिलाउन सहरीकरणको प्रभाव परेका घरहरू हेर्दा लाग्छ, हामी कुनै विकट र विशाल सम्भावना बोकेको ठाउँको यात्रा गर्दै छौं ।

थोरै कच्ची सडक तर उकालो । बसलाई तान्नै गाह्रो हुने खाले । साँघुरो घुम्ती र बढी खाल्टाखुल्टीले गर्दा यात्रा बहुत कठिन । कठिनतालाई छिचोलेपछि सम्भावनाको थलोस्विट्जरल्यान्ड पार्क पुगिन्छ । खुला आकाशमै छु जस्तो जोकेहीलाई लाग्न सक्छ । सलक्क ओछ्यानमा सुतेको डाँडा पुग्दा अनुभव हुन्छ, सूर्यको तापक्रम यसै डाँडाका लागि होला जस्तो । चराचुरुंगीको चिरबिर, साँझपख कोइलीको कुहुकुहु, रूखपातले हालेका सुस्केराहरू । तिनले जोकसैको मन लोभ्याउँदैन भन्न गाह्रो पर्छ । यति मात्र कहाँ हो र, साउने पर्व तीजमा सजिएकी अविवाहित महिलाजस्तै उत्तरतिर हरियो पहिरनमा मुस्कुराएर बसेकी सुन्दरीजस्ता हरियाली जंगलमाथि देखिने हिमाल त्यहाँबाट आँखा हटाउनै सकिँदैन । दक्षिणतिर समतल खोज, फेदीको टुप्पोमा चन्द्रागिरि जुन अहिले चर्चाको शिखरमा छ । पूर्वतिर हरियाली गुराँसैगुराँसका बोटहरू । पश्चिमतिर काजी कालु पाँडेको समाधि भएको विशाल डाँडा, जहाँ इन्द्र दह, पृथ्वीनारायण शाहले १२ किल्लामध्ये निर्माण गरिएको एक किल्ला हो मनकामना मन्दिर, जहाँ काजी कालु पाँडेको समाधिस्थल पनि छ ।

काजी कालु पाँडेको समाधि पुग्न पनि इतिहास पल्टाएजस्तै भीर, पहाड छिचोलेर नयाँ खनिएको गोरेटो बाटो (रोड) हुँदै अगाडि बढ््न सकिन्छ । पार्कबाट १५ मिनेट पैदल हिँडेपछि, इन्द्रदह, मनकामनाको मन्दिर र काजी कालु पाँडेको समाधि अवलोकन गर्न सकिन्छ । पार्कबाट पाँच मिनेट हिँडेपछि दायाँतिर जाने १ सय ६० वटा भ¥याङजस्तै सिमेन्टका खुड्किला बनाइएको बाटो उक्लनुपर्छ । यसक्रममा दायाँतिर माटोको घर, बायाँतिर पँधेरो सिरसिर चलेको शीतल हावा, एकछिनका लागि अनन्तै पुगेजस्तो आभास हुन्छ । १ सय ६० खुड्किला इन्द्रदह प्रवेशद्वारमा टुंगिन्छ । त्यहाँबाट मनकामना मन्दिर र काजी कालु पाँडेको समाधि पुग्न गोरेटो बाटोबाट यात्रा तय गर्नुपर्छ । इन्द्रदह प्रवेशपछि आसपासमा रहेको मन्दिरका भग्नावशेष भवनहरू २०७२ वैशाख १२ गते शनिबारको भूकम्पले जीर्ण बनाएको देख्न पाइन्छ । तर, अहिलेसम्म त्यहाँ कुनै पनि संघ÷संस्थाको आँखा नपुगेको अवलोकनकर्ता जोकोहीका नजरमा पर्छ । इन्द्रदहको दक्षिणतिर नागको पित्तलका मूर्ति राखिएको छ । दहलाई हेर्दा लाग्छ, यहाँ संरक्षणको नाम पनि छैन ।

समुद्री सतहबाट २ हजार ३ सय ७० मिटर उचाइमा रहेको मनकामना मन्दिर र काजी कालु पाँडेको समाधि पुग्न सकिन्छ । मनकामना मन्दिरलाई हेर्दा लाग्छ, सम्भावना भए पनि पहुँच नपुगेर हारगुहारको अवस्थामा छ । २०७२ सालको भूकम्पले जीर्ण बनाउँदा पनि कसैको आँखा नपुग्नुलाई के भन्ने ? मन्दिरको बनावट पुरानै संरचनामा बनाइएको छ, तर संरक्षण भएको छैन । मन्दिरलाई वरिपरिबाट सुरक्षित बनाए पनि मन्दिरको भग्नावशेषले लापरबाही भएको देख्न सकिन्छ । एक स्थानीय बुद्धिबहादुर राना भन्छन्, ‘यहाँ कसैको आँखा पुगेको छैन, मन्दिर कुन दिन ढल्ने हो, यो ठाउँमा २६ घर छन्, पुख्र्यौली गोरखा हो । यहाँ सुविधाको नाममा केही पनि छैन । पुराताŒिवक हिसाबले सबैको आँखा पुग्नुपर्ने हो, त्यो केही पनि भएको छैन ।’

पारिलो घाम कुनै समुद्री टापुजस्तै चारैतिर समतल जमिन सबैभन्दा माथि भएको अनुभव हुन्छ । मन्दिरबाट पश्चिमतिर हेर्ने हो भने गोरखाको मनकामना पूरै देखिन्छ । उत्तरतिर मुस्कुराइरहेका हिमालका मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पूर्व दक्षिणतर्फ कीर्तिपुर, सिंगै काठमाडौं, ललितपुर र भक्तपुरका गगनचुम्बी भवनहरू र काभ्रेका पहाडहरू देखिन्छन् । मनकामना मन्दिरको पछाडिपट्टि २०६४ जेठ १९ गते निर्माण गरिएको काजी कालु पाँडेको समाधि छ । पाँडेबारे अवलोकनकर्तालाई प्रवेशद्वारमा शिलालेख त्यसपछि समाधि बनाइएको छ । शिलालेखअनुसार पृथ्वीनारायण शाहको पालामा प्रधानसेनापति रहेका काजी कालु पाँडेको कीर्तिपुर आक्रमणका क्रममा उनको १८१४ जेठ १९ गते ज्यान गएको थियो । मर्नुअघि काजी कालु पाँडेले ‘मेरो शवलाई कीर्तिपुर र गोरखा मनकामना मन्दिर देखिने ठाउँमा राख्नू है’ भनेका थिए रे † सोही कारण काजी कालु पाँडेको समाधिको स्तम्भ यहाँ राखिएको हो ।

त्यस स्विट्जरल्यान्ड पार्कमा आयोजना गरिएको पिकनिक कार्यक्रममा सहभागी हुन पुग्दा, मेरो ध्यान त्यस ठाउँभन्दा विशेषतः काजी कालु पाँडेको समाधिस्थलमा केन्द्रित हुन पुगेको थियो । विकास र समृद्धिको जति आशा राखिएको थियो, त्यो त्यहाँ देख्न पाइएन, तर सुन्दता भने भरपुर भेटियो । राजधानी सहरको नजिकै भए पनि यो क्षेत्र सौतेनी व्यवहारमा परेको छ । पछिल्लो समयमा आर्थिक विकासले चुचुरो चुम्न लागेको अवस्थामा मैले यति आशा राख्नु सायद कुनै गल्ती होइन । राजनीतिको क्षेत्रमा पहुँच पु¥याउने सचेत जननेता नभेटिएरै हुनुपर्छ, यस पुराताŒिवक महŒव बोकेको प्राचीन अस्तुहरूले बेवारिसे बन्नुपरेको छ । नेपालमा जति प्राकृतिक सौन्दर्य भए पनि, जति सम्भावना भए पनि सरकारको आँखा नपुगेको हामीलाइ अवगतै छ । तैपनि, यस क्षेत्रले सरक्षण र सुन्दरताको आभास गर्न पाए राम्रो हुने थियो भन्ने हाम्रो बुझाइ हो । तर, संरक्षण र सुन्दरताको नाममा सामुदायिक वन, वातावरणीय पर्यावरणलाई विकासको नाममा असर, क्षति नपुरोस् । पुराताŒिवक महŒव बोकेको इन्द्रदह, मनकामना मन्दिर र काजी कालु पाँडेको समाधिलाई सुरक्षा र विकासको ठूलो खाँचो भएकाले सबैको नजर जानु जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.