विराट–अनुष्का इन्गेजमेन्ट तत्काल नहुने

anushka-story-fb_647_040716102948

मुम्बई । क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माबीच १ जनवरीमा इन्गेजमेन्ट हुने हल्ला केवल हल्लामै सीमित भएको छ । दुबैले आफूहरु तत्काल विवाह नगर्ने पक्षमा रहेको बताएका छन् । आफूहरुबारे आएको समाचारको पनि उनीहरुले खण्डन गरेका छन् ।

भारतीय सञ्चारमाध्यममा विराट–अनुष्काको विवाहलाई लिएर लगातार समाचार आउन थालेपछि विराटले ट्विटमार्फत अनुष्कासँग तत्काल विवाह गर्ने योजना नभएको जनाएका छन् । ‘हामीले अहिलेसम्म इन्गेजमेन्ट गरेका छैनौं, यदि हामीले इन्गेजमेन्ट गरेको भए सवैलाई जानकारी हुन्थ्यो,’ विराटले भनेका छन् ।

उता, विराटको ट्विटलाई अनुष्काले रिट्विट गर्दै तत्काल इन्गेजमेन्टको सम्भावना नरहेको बताएकी छन् ।

Leave A Reply

Your email address will not be published.