कुवेतमा एक नेपालीको डिउटीमै हत्या, हत्यारा पनि नेपाली

knife-attackएजेन्सी
कुवेत, ८ पुस

कुवेतमा एक नेपालीको डिउटीमै रहेका बेला हत्या भएको छ । सुभानमा एक नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको मृत्यु भएको हो ।

अल यासरा फुड कम्पनीमा कार्यरत मोरङका २६ वर्षीय जिवन भट्टराईको मृत्यु भएको हो । सोही कम्पनीमा कार्यरत रसुवाका राजेश ग्यावाले उनीमाथि चक्कु प्रहार गरेका थिए । उनीहरु रुम पाटनरसमेत हुन् । मृतक जीवन मिल्स स्टोरमा कार्यरत थिए । राजेश भने ड्राइभर हुन् । करिब ८ महिनाअघि उनीहरू रोजÞगारीका लागि कुवेत गएका थिए ।

घटनापिछे कुवेत प्रहरीले राजेश ग्यावा र सोही कोठामा बस्ने लालबहादुर बोहोरा र रामबाबु दमाईलाई नियन्त्रणमा लिएको छ । राजेशमा करिब एक महिनादेखि मानसिक समस्या देखिएको थियो । उनी २२ डिसेम्बरदेखि कम्पनीमा राजिनामा दिएर कोठामै बसेका थिए ।

Leave A Reply

Your email address will not be published.