पत्रकार महासंघ यूएई शाखामा बस्याल

fnj-pic

राजधानी समाचारदाता
काठमाडौं, २१ पुस

नेपाल पत्रकार महासंघ यूएई शाखाको पाँचौं अधिवेशनले भुपराज बस्याललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

11

नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्सालको प्रमुख आतिथ्यमा दुबईमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सहसचिवमा नारायण भुर्तेल र कोषाध्यक्षमा दिनेश आचार्यलाई चयन गरेको छ ।

सदस्यहरुमा निमकान्त पाण्डे, मोहन बस्याल, खिमलाल पाण्डे र दामोदर दाहाललाई चयन गरेको छ भने हरि नेपाली र विनोद श्रेष्ठ केन्द्रीय प्रतिनिधि बनेका छन् ।

33

डेढ दशकदेखि पत्रकारितामा संलग्न अध्यक्ष बस्यालले आगामी दिनमा प्रवासको पत्रकारितालाई थप व्यावसायिक र मर्यादित बनाउन पहल गर्ने बताए । केन्द्रीय सचिव लम्सालले यूएईमा रहेका पत्रकारहरुको प्रशासनको अवरोधका बाबजुत पनि नेपाली पत्रकारले गरेको कामको प्रशंसा गरे ।

Leave A Reply

Your email address will not be published.