फोन गरेको निहुमा पतिले कुट्दा यस्तो हाल भयो यी महिलाको

20170103_104133
नन्दा थापा/राजधानी
बाजुरा, २१ पुस

पाण्डुसैन गाउँ विकास समिति–३ की २८ वर्षीय एक महिला पतिको कुटाइबाट गम्भिर घाईते भएकी छन् । घरमा बसिरहेकै अवस्थामा एक्कासी आएका पतिले कुटेर घाइते बनाएको उनले बताइन् । उनी अहिले आँखा देख्न र हिडडुल गर्न सक्तिनन् ।

20170102_185918

साथीसँग गफ गर्दै गर्दा पति आएर किन ? कस्लाई ? फोन गरेकी होस् ? भन्दै कुटपिट गरेको पीडितले बताइन् । घरमै बसेर कार्यालयको कागजपत्र तयार गर्दै थिएँ, श्रीमान आएर लात्तैलात्ता लगाएको बताउँदै उनले भनिन्, ‘ममाथि कुटपिट हुन थालेपछि छिमेकीको घरमा पुग्न पाएकीले मात्र ज्यान बचेको हो ।’

छिमेकी नभएको भए मेरो ज्यानै जाने थियो, उनले भनिन् । हाल उनी जिल्ला प्रहरी कार्यालय बाजुराको सहयोगमा उपचार गराइरहकी छन । उनको आँखामा गम्भीर चोट लागेको र बाँया हातसमेत फ्रयाक्चर भएको छ । प्रहरीका अनुसार उनको शरीरका विभिन्न भागमा समेत घाउचोट लागेको छ ।

आफुमाथि भएको घरेलु हिंंसाको कानुनी उपचारका लागि अहिले जिल्ला प्रहरी कार्यालय बाजुराको सहयोगमा घरेलु हिंसा र अंगभंग मुद्दा चलाउनको लागि पहल भइरहेको उनले बताइन् । कानुनी सहयोगका लागि आर्थिक अवस्था र उपचार गर्ने पैसा पनि नभएको उनले बताइन् । उनलाई उनका पतिले पटक–पटक कुटपिट गर्दै आएको बताइन् ।

उनका पतिले पहिले पनि यस्तो कार्य गर्दै आएको जानकारी दिंदै उनले भनिन्, ‘अब कहिल्यै यस्तो कार्य गर्ने छैन भन्दै जिल्ला प्रहरी कार्यलयमा थुप्रै पटक पतिले कागजमा सही गरिसकेका छन् ।’ बारम्वारको यातनाले हाल उनको शारीरिक, मानसिक अवस्था असन्तुलित हुँदै गएको छ भने शरीर अशक्त बन्दै गएको छ । २०६० मा प्रेम विवाह गरेका उनका २ छोरा र २ छोरी छन् । उनका पतिलाई हाल जिल्ला प्रहरी कार्यलय बाजुराको हिरासतमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.