बिस्कुटको पुकार

बिस्कुटको पुकार

लिखिता मगर

अलि ठूलै कारखानामा मेरो जन्म भएको हो । मसँगसँगै मेरा थुप्रै साथी एकैसाथ जन्मिएथे । दिनदिनै अनगिन्ती साथीहरूको मुहार देख्न पाउँदा मलाई खुब रमाइलो लाग्थ्यो । म उनीहरूसँग खेल्थें, हाँस्थें । एक नि मैले छेवैको साथीसित सोधें, ‘तिमी यस कारखानाभन्दा बाहिर कहिल्यै पुगेका छौ ?’ ‘छैन,’ साथीले मेरो अनुहारतिर फर्केर जवाफ दिए ।

download
म केही भन्न खोज्दै थिएँ, हाम्रो कुरा सुनिरहेको अर्को साथीले हामीले सुन्ने गरी भने, ‘आज हामी यस कारखानाबाट बिदा हुँदै छौं नि । अब त हामी विश्व भ्रमणमा जानेछौं ।’ उसको कुरा सुनेर हामी दुवै खुसीले उफ्रियौं । एकअर्काको हात समातेर हामी केहीबेर नाच्यौं पनि ।
एकछिनपछि केही बलिया दाजुदिदी हाम्रा अघि आएर उभिए, उनीहरूले हामीलाई ओल्टाईपल्टाई गरे । त्यसपछि मेरा साथीलाई रंगीन र चिल्ला कागतमा पोका पार्न थाले । म पनि त्यही पाकाभित्र कैदी भएँ । त्यसबेला म अत्तालिँदै कराएँ, ‘ए, ए † यो के गर्नुभएको ? कृपा गरेर मलाई पोकोभित्र नथुन्नुस् ।’

तर, मेरो कुरा उनीहरूले नसुनेझैं गरे, सुन्दै सुनेनन् । त्यसपछि म पोकोभित्र सुँक्कसुँक्क गर्दै रुन थालें । मेरो रुवाइ सुनेर छेवैको साथीले मलाई सान्त्वना दिँदै भने, ‘अरे † तिमी किन रोएको ? हामी यहाँ अहिले थुनिएका छौं, यो कुरा हो, तर हामी यहाँबाट चाँडै फुक्का हुनकै लागि थुनिएका छौं, बन्दी बनाइएका छौं । साँच्ची भन्ने हो भने अहिले हामी ठूलो र अनन्त आकाशमुनिको फराकिलो संसार हेर्न जानुभन्दा अघिको दुःख बेहोर्दै छौं । लौ, कल्पना गर त, यस कारखानाभन्दा लाखौं गुना ठूलो संसार कस्तो होला †’ साथीको कुरा सुनिसकेपछि मेरो चित्त शान्त भयो । मनमा आशा पलाएर आयो । म मुसुमुसु हाँस्न थालें । मेरो हँसिलो अनुहार देखेर उनी पनि मुस्कुराए । नभन्दै हामी त्यहाँबाट अनन्त आकाशमुनिको रमाइलो संसार हेर्न बाहिर निस्किने भयौं ।

अहिले म सम्झिरहेको छु, त्यसपछि मेरा केही साथी पूर्वतिर लागे त, कोही पश्चिमतिर, मचाहिँ सहरका सडकसडक हुँदै एउटा पसलको गोदाममा पुगेको थिएँ । त्यसको पाँच दिनपछि म र मेरा केही साथी पसलको एउटा दराजमा सारियौं । सहरको चहलपहल रमाइलै लाग्यो । त्यहाँ हामीले पाँच दिन जति आराम ग¥यौं । हामीलाई कतिखेर बाहिर निस्कन पाइएला भन्ने लागिरहेको थियो । त्यतिखेर एकजाना दिदीले हामी रहेको पोको देखाउँदै मीठो स्वरमा भनेको सुनियो, ‘साहुजी † त्योचाहिँ प्याकेट दिनुस् न ।’ उनी पोकोलाई प्याकेट भन्दिरहिछन् । त्यसपछि हामी १५ रुपैयाँमा बेचियौं । हामी त्यस दिदीको हातमा रहेको प्लास्टिकभित्र मच्चिँदै न्युरोडनजिकैको गल्लीमा पुग्यौं । मलाई कता लगिने हो र कहाँ पु¥याइने हो, केही थाहा छैन । सके त्यसबेला मेरो मुटु बेसरी चलिरहेको हुनुपर्छ । तर, त्यस्तो नरमाइलो कुनै कुरो भएन । आखिरमा हामी एउटा विद्यालयमा पुग्यौं । केहीबेरमै हामीलाई थपक्क भुइँमा राखियो । हामीले ससाना केटाकेटीको आवाज सन्न पायौं । साना केटाकेटीको आवाज सुन्न पाउँदा खुसी लागिरहेको थियो भने अर्कातिर अब फेरि के गर्ने होलान् भनेर मनमा कताकता डर पनि लागिरहेको थियो ।
ती दिदीले हामी थुनिएको पोको खोलिन् । हामीले उज्यालो देख्न पायौं । त्यसबेलाको मेरो खुसीको कुरै नगर्नुस्, मेरा साथी पनि औधी खुसी देखिन्थे । मैले ती दिदीलाई मनमनै धन्यवाद दिएँ । केही बेरपछि हामी प्लेटमा सज्जियौं । त्यसरी प्लेटमा सज्जिन पाउने कुरोको मैले कहिल्यै कल्पनै गरेको थिइनँ । अनि, उनले हामीलाई विद्यार्थी भाइबहिनीको बीचमा राखिदिइन् । हामीले ती विद्यार्थीलाई खुब ध्यान दिएर हेरिरहेका थियौं । त्यहीबेला एकजना बूढो मानिस त्यहाँ आइपुगे, अनि ती विद्यार्थीतिर फर्केर यसो भन्न लागे, ‘ल, तपाईंहरू एउटाएउटा टिप्नुस् ।’ त्यसपछि एकएक गर्दै मेरा साथीहरू ती विद्यार्थी भाइबहिनीको हातमा पुगे । मैले देखें, मेरा ती साथी त्यति बेला खुब रमाइरहेका थिए । केहीबेरमा छेवैको मेरो साथीलाई बिस्तारै प्लेटबाट उठाइयो । मैले उसलाई हेरें । ऊ मतिर हेरेर भन्दै थियो, ‘साथी आज म मेरो जीवनलाई सार्थक पार्न जाँदै छु । मेरो आखिरी नमस्कार †’

मैले यताउति हेरें, म मात्र बाँकी रहेछु । विद्यार्थी भाइबहिनीहरूको नजर मतिरै थियो । सबैले सुन्ने गरी मैले चिच्याएर भनें, ‘नानी हो † तपाईंहरूमध्ये कसै न कसैले मलाई टिप्नुस् । हेर्नोस्, तपाईंलाई चाहिने जति प्रोटिन मैले बोकेको छु । खनिजहरू पनि मभित्र छन्, र चिल्लो पनि मभित्र छ । तिनले तपाईंलाई राम्ररी पढ्न, काम गर्न र यस कमाउन मद्दत गर्नेछ । तपाईं मलाई आप्mनै बनाउनुहोस् र आप्mनो जीवनलाई सफल पार्नोस् । त्यसो गर्न पाए म पनि मेरो जीवनलाई सार्थक बनाउन पाउँछु किनभने मलाई थाहा छ, तपाईंहरू स्वच्छ हुनुहुन्छ, इमानदार पनि । राम्रा मानिस जति सबै तपाईंहरू अझ राम्रा भएको हर्न चाहन्छन् र म पनि तपाईंहरूका लागि समर्पित छु †’ म यसरी चिच्याइरहेको थिएँ, तर मेरो आवाज उनीहरूले सुन्दै सुनेनन् । त्यसबेला मलाई ज्यादै दुःख लाग्यो । त्यसैबेला उही बूढो मानिसले भने, ‘अब तपाईंहरू यो एक्लो बिस्कुटको कथा लेख्नुस्, यसले के भनिरहेको छ, सुन्नुस् र लेख्नुस् ।’ सबै विद्यार्थी भाइबहिनीहरू पेट मिचीमिची हाँस्न थाले । ती बूढो मानिसले मेरोबारे कथा लेख्ने तरिका पनि बताइदिए । मैले फेरि भने, ‘हो, तपाईंहरू आप्mना भित्री आँखाले मलाई हेर्नुस्, टाठा कानले मभित्रको पुकार सुन्नुस्, अनि लेख्नुस् । तपाईंहरू आप्mनो जीवन स्वस्थ बनाउनुस् र यो धरती सजाउनोस् †’मेरो भित्री इच्छा सुनेर होला, एउटी केटीको नरम हातले मलाई टपक्क टिप्यो । त्यसबेला म खुसीले गद्गद् भएँ । मेरो जीवनयात्रा पूरा हुन लागेकै बेला मैले चिच्याएर भनें, ‘धन्यवाद तपाईंलाई †’
सके यतिबेलासम्म ती विद्यार्थीहरूले मेरो विषयमा कथा पनि लेखिसके होलान् ।

Leave A Reply

Your email address will not be published.