घाँटी सुन्दर बनाउने टिप्स

घाँटी सुन्दर बनाउने टिप्स

इन्दु आचार्य

मानिसको नजर झट्ट मुहारमा परे पनि घाँटीले सौन्दर्यले उमेर झल्काइरहेको हुन्छ । घाँटी शरीरको त्यस्तो अंग हो, जुन प्रायजसो खुलै रहन्छ । तथापि, घाँटीको सुन्दरता र आकर्षणलाई वास्ता गरेका हुँदैनौं । त्यसैले, घाँटीको सुन्दरतामा ध्यान दिनु जरुरी छ । यसको सफाइमा ध्यान दिनुपर्छ । हुन त लामो सुरादार हरिणको जस्तो घाँटीलाई सुन्दर मानिन्छ, तर प्रकृतिले सबैलाई यस्तो दिएका हुँदैनन् । तापनि हाम्रो केही स्याहारसुसारद्वारा सुन्दर बनाउन सकिन्छ । त्यसको घाँटीलाई सुन्दर बनाउने केही उपायहरू चर्चा गरिएको छ ।

आवश्यक सामग्री

क्लिजिङ मिल्क (छालाको प्रकृतिअनुसारको सामग्रीको छनोट गर्ने)

रुमाल,

पानी,

मसाज क्रिम,

प्याक,

मस्चराइजर,

सन ब्लक,

ब्लिच,

कपास,

neckcare

घाँटीको स्याहार

हामी अनुहारको जति स्याहारसुसार गर्छौं, त्यति नै घाँटीलाई ध्यान दिनुपर्ने आवश्यक छ ।

मुहारसँगै घाँटीको पनि किलिजिङ गर्ने, सम्पूर्ण घाँटीमा स्क्रब गर्ने । यसले छालामा भएको मृत कोष राम्ररी निस्कन्छ ।

मुहारको शृंगार गर्दा घाँटीमा पनि टोनरको प्रयोग गर्ने । यसले छालाको अवस्था र रङलाई सन्तुलित गर्छ ।

मसाज गर्दा घाँटीको तलको भागदेखि माथिसम्म लिफ्टिङ मसाज गर्ने । यसले घाँटीको झोल्लिएको छालालाई कडा बनाई चाउरीपना चाँडै आउन दिँदैन । यदि घामले डढेर घाँटी निकै नै कालो भएको छ भने सोहीअनुसार सफा गर्ने ।

मुहारजस्तै घाँटीमा पनि फेसियल प्याक लगाई १० मिनेटजति राखेर पुछ्ने । यसपछि घाँटीलाई सुन्दर बनाउन मोस्चाराइजर लगाउने । दिउँसो घाममा जानुअघि सनस्क्रिन लोसन लगाइदिने ।

राति सुत्दा नाइट क्रिम या मस्चराजर घाँटीमा अनिवार्य लगाउने । यसले छालाई नरम बनाई छालाको मस्चर लेबल बढाउनुका साथै छालालाई चम्किलो र स्वाथ्य बनाइराख्छ ।

बिहान सफा पानीले पखालेर फेरि मस्चराइजर लगाउने ।

घाँटीको सौन्दर्य बढाउन नेक पोलिसिङ प्रक्रिया अपनाउँदा पनि घाँटीको सुन्दतामा अझ निखार आउँछ ।

नेक पोलिसिङका लागि आवश्यक

सामग्री :  नेक पोलिसिङ सेट (बढी पोलिसिङ सेट), टिस्यु, कपास, ब्लिजिङ मिल्क, टिनर, पोल्भिसर, ब्रसिङ युनिट इलेट्रिकल, मोहसारहरू, सन

ब्लक क्रिम ।

नेक पोलिसिङ गर्ने तरिका

सम्पूर्ण घाँटीमा ३.५ मिटरसम्म क्लिजिङ गर्ने ।

नेक पोलिसरमा नेक पोलिसिङ आइभ मिलाएर र इलेक्ट्रिकल ब्रसिङ युनिटको सहायताले गोलाइमा घुमाउँदै जाने । यी प्रक्रिया ३.५ मिटरसम्म अपनाउनुपर्छ ।

पोलिसरलाई सफासँग पुछ्ने ।

घाँटीमा स्प्रे गर्ने ।

नेकपेकमा एक चम्चा मह मिसाएर घाँटीमा माथितिर फर्काएर लगाउने १०

मिनेटजति राख्ने ।

रामरी पुछेर मोस्चराजर र आवश्यक छ भने सन् ब्लक लगाउने । यो प्रक्रिया हप्ताको एकपटक वा आवश्यकताअनुसार गरिराख्ने । यसो गर्दा घाँटी सुन्दर हुन्छ ।

 

Leave A Reply

Your email address will not be published.