सातौं खेलकुदपछिको यात्रा

सातौं खेलकुदपछिको यात्रा

प्रकाश कँडेल

नेपाली खेलकुदमा महŒवपूर्ण रूपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौं संस्करणले पूर्णता पाएको छ । प्रतियोगितामा विभिन्न स्पर्धामा भएका खेलहरूबाट सीमित राष्ट्रिय कीर्तिमानका बाबजुद सफलतापूर्वक सम्पन्न भएको प्रतियोगिताले केही महŒवपूर्ण प्रश्न्हरू छोडेर गएको छ । खेलकुद महाकुम्भका रूपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिताको एक अर्को संस्करणको समापन भएसँगै यसको सफलता र असफलताका विषयमा विभिन्न बहस भएका छन् । कतिपयले हुँदै नुहुनुभन्दा खेलाडीले जेजस्तो आधारमा भए पनि प्रतिस्पर्धा गर्न पाउनुलाई सफलता मान्नुपर्ने बताइरहँदा अर्को पक्ष भने जबर्जस्त गरिने प्रतियोगिताले खेलाडी उत्पादनभन्दा बजेटको दुरुपयोग हुने मत राखेका छन् ।

boxing-army-champion

लामो समयसम्म राष्ट्रिय प्रतियोगिता नभएपछि खेलाडी पलायनदेखि लिएर अन्तर्™ाष्ट्रिय सहभागिता नै खस्कँदै गएपछि प्रतियोगितामार्पmत नयाँ खेलाडी उत्पादन र नेपालमा नै हुने साग तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती एकातिर रहँदा खेलाडिहरूलाई आफ्नो प्रदर्शनको मौका दिनु महŒवपूर्ण हो । यद्यपि, प्रतियोगितामा अपेक्षित भौतिक पूर्वाधारसमेत नहुँदा र खेलाडी छनोट नै नगरी सहभागिता गराइँदा विवाद स्वाभाविक रूपमा बढ्न पुग्यो ।
त्यसो त प्रतियोगिता पूर्ण रूपमा विभागीय टिमको वर्चस्व हुन पुगेपछि क्षेत्रीय टिमहरू छायाँमा परे यसले राखेप आफूले कति अपनत्व महसुस गर्न सक्यो भन्ने प्रश्न पनि उठ्यो । आफ्ना प्रशिक्षकलगायत उसले बर्सेनि गरेको लाखौं खर्चको उपलब्धि के भयो ? भन्ने कुरा राखेपले समीक्षा गर्नु जरुरी छ । आर्मीको एकतर्फी अग्रताले अन्य विभागीय टिमलाई पनि छायाँमा पा¥यो । आर्मीले १ सय १३ स्वर्णसहित कुल २ सय २४ पदकमा पकड कायम गर्दा एपीएफ दोस्रो र पुलिस तेस्रो स्थानमा रह्यो । मध्यमाञ्चल विभागीयबाहेक धेरै पदक जित्ने क्षेत्रका रूपमा रह्यो । जुन विभागीयको तुलनामा निकै कमजोर  साबित भयो ।खेलकुदमन्त्री दलजित श्रीपालीका साथमा प्रतियोगिता समापन गर्न सदस्य सचिव केशवकुमार विष्टलाई सहज भए पनि उनले प्रतियोगितापछि वस्तुनिष्ठ समिक्षा नगर्ने हो भने सातौं खेलकुद विनाउपलब्धिको प्रतियोगिताका रूपमा रहन सक्छ । यद्यपि यसबाट पाठ सिकेर तत्काल कुनै कदम नचाल्ने हो भने नेपाली खेलकुमा अन्तर्राष्ट्रिय पदकहरू दुर्लभ हुँदै जाने निश्चित छ ।

सातौंमा भएका कमीकमजोरीलाई ठूलो छाती बनाएर राखेपले स्विकार्दै आगामी दिनमा गरिने प्रतियोगिताको तयारी अहिलेबाट नै गर्दै खेलाडीहरूको उत्पादन र क्षमता तथा ‘ग्रासरुट लेबल’ मा एक्सपोजको मौका बनाएर अघि बढ्दै थप क्षमतावान् खेलाडीको उत्पादनमा राष्ट्रिय खेलकुद परिषद्ले दीर्घकालीन लक्ष्यसहितको योजना बनाएर अघि बढ्न  अब ढिला गर्नुहुन्न ।

अनुशासनमा चिप्लियो

खेलाडीको अनुशासन मैदानभित्र जति हुन्छ उसले बाहिर पनि त्यति नै जिम्मेवार हुनुपर्छ । खेलाडी पब्लिक फिगर भएकाले उनीहरूप्रतिको हेराइ र अट्याचमेन्ट स्वाभाविक रूपमा धेरै हुन्छ, जसलाई खेलाडी तथा पदाधिकारीहरूले बुझ्न सकेनन् । खेलाडीहरू बाहिर सातौं राष्ट्रिय खेलकुद लगाएको ट्र्याकसुटमा चुरोट तान्दै हिँडिरहेको देखिन्थ्यो भने उनीहरू बेपर्बाह मोजमस्ती गरिरहँदा उनीहरूमा पदकको चिन्ता पटक्कै थिएन । मैदानबाहिर यो हर्कतलाई सामान्य मानेको राष्ट्रिय खेलकुद परिषद्ले मैदानभित्रै भएका अनुशासनहीन गतिविधिलाई पनि सामान्य रूपमा नै लियो । यद्यपि, उसले भलिबल रेफ्रीमाथि भएको दुव्र्यवहारविरुद्ध एक्सन लिए पनि एपीएफका खेलाडीहरूले चौका विवादमा खेलै छाड्दा कुनै कारबाही गरेको छैन ।प्रतियोगितामा रेफ्री र खेलाडीबीच सतहमा देखिएका विवादबाहेक अन्य ठूलो विवाद नदेखिए पनि खेलाडीको सबैभन्दा ठूलो गहना मानिने अनुशासन कमजोर हुँदै जाँदा यसले समग्र खेलाडीप्रति हेरिने दृष्टिकोणमा फरक आउने सम्भावना हुन्छ र आम दर्शकका नजरमा खेलाडीप्रतिको समानमा कमजोरी आउन सक्नेतर्पm ध्यान दिन जरुरी छ ।

अबको यात्रा

सातौं राष्ट्रिय खेलकुदको समापनपछि नेपालको अबको यात्रा त्यसबाट उत्कृष्ट भएका र प्रतिभवान् खेलाडीहरूको नियमित प्रशिक्षण र एक्सपोज जरुरी छ । उत्कृष्ट खेलाडीहरूले पुन घरमा नै बस्नुपर्ने र एक्सपोजको मौका नपाउने हो भने नेपालमा हुने सागमा नेपालको पदक झनै खस्कँदै जानेछ । यसतर्पm सम्बन्धित पक्ष सचेत हुनु जरुरी छ । सातौंमा भएका कमीकमजोरीलाई ठूलो छाती बनाएर राखेपले स्विकार्दै आगामी दिनमा गरिने प्रतियोगिताको तयारी अहिलेबाट नै गर्दै खेलाडीहरूको उत्पादन र क्षमता तथा ‘ग्रासरुट लेबल’ मा एक्सपोजको मौका बनाएर अघि बढ्दै थप क्षमतावान् खेलाडीको उत्पादनमा राष्ट्रिय खेलकुद परिषद्ले दीर्घकालीन लक्ष्यसहितको योजना बनाएर अघि बढ्न अब ढिला गर्नुहुन्न ।
सातौंमा सबैभन्दा बढि खस्किएको पूर्वाधकारको अभावलाई टार्दै थोरै भए पनि राम्रा र दीर्घकालसम्म प्रयोगमा ल्याउन मिल्ने कर्भड हल, रंगशाला तथा अन्य भौतक पूर्वाधारमा अहिलेबाट नै काम सुरु गर्नुपर्ने छ भने सातौंमा जस्तो आगामी दिनमा थप समस्या नआउन भन्नका लागि पहल गर्न जरुरी छ ।

Leave A Reply

Your email address will not be published.