जाडोबाट जोगिन

जाडोबाट जोगिन

ओम बानिया“

मानिसको जीवनमा उचित आहारविहार (लाइफ स्टाइल) को ठूलो महŒव छ । त्यो किनभने आहारविहार ठीक भयो भने मन, मस्तिष्क तथा शरीर निरोगी हुन्छ, आहारविहार ठीक भएन भने मानिसलाई अनेक रोगले आक्रमण गर्न सक्छ । अहिलेका भयानक रोगहरू जस्तै : मधुमेह, मुटुका रोग, उच्च रक्तचाप, बाथ, मोटोपना, मानसिक रोग तथा थायराइडिज्म आदि जीवनशैलीस“ग सम्बन्धित रोगहरू हुन् । त्यसैले, मौसमअनुसार मानिसले आफ्नो आहारविहारमा ध्यान दिने हो भने निश्चित रूपमा रोगहरूबाट बच्न सकिन्छ, शरीरलाई निरोग र बलवान् राख्न सकिन्छ ।

o-yoga-side-angle-facebook

आहार के हो ?

आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थहरूलाई मात्र आहार मान्नुहु“दैन  । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीरभित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो । भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर, आ“खाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, छालाले लिने स्पर्श तथा मनले सिधै ग्रहण गर्ने विचार र कल्पना पनि
आहार नै हो ।
त्यसैले त भनिन्छ, जस्तो खान्छौं, उस्तै हुन्छौं । आहारविहारको यो महŒवलाई हृदयंगम गर्दै आरोग्य जीवनका लागि निम्नलिखित चार कुराहरूमा विशेÈ ध्यान दिनु अनिवार्य छ । ती हुन् ः सन्तुलित भोजन । शुभाचरण । निद्रा–विश्राम ।शुभ विचार ।

जाडो मौसमको आहार

आयुर्वेदका अनुसार जाडो मौसममा जठराग्नि तीव्र हुन्छ, जसले गर्दा पाचन शक्ति प्रबल रहन्छ । अर्थात्, जाडो मौसममा खाएपिएको आहार राम्रोस“ग हजम हुन्छ । त्यसैले, जाडो मौसमको सही तथा पूरा सदुपयोग गर्न पौष्टिक, बलवद्र्धक तथा गुणवद्र्धक पदार्थहरू सेवन गर्नुपर्छ । जस्तो कि शुद्ध घिउबाट बनेका पदार्थ, मुङको दालको हलुवा, मासको खीर, शुद्ध घिउको जेरी र दूध । मौसमी फलफूल । कागजी बदाम, ओखर, खजुर, किसमिस, छोकडा, अन्जिर, बदाम, अमला । सुत्नेबेलामा गोल्डेन मिल्क ।
बिहानको नास्तामा राति भिजाएर राखेको एक मु­ठी चना, सकिन्छ भने राति नै भिजाएर राखेको १०–१५ दाना किसमिस तथा दुई–चारवटा जति छोकडा तथा कागजी बदाम खुबस“ग चपाएर खानु राम्रो हुन्छ । स्वादका लागि चनामा अलिकति पिसेको सिधेनुन, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ । अझ अंकुरित गेडागुडीको भोजन ‘अमृत भोजन’ नास्ताका रूपमा सेवन गर्नु  सर्वोत्तम हुन्छ ।

pic2-1

अमृत भोजन

अमृत भोजन भनेको नमरेको भोजन हो । यस्तो भोजनमा भरपुर प्राणशक्ति हुन्छ । त्यसैले, यो पौष्टिक तथा बलवद्र्धक हुन्छ । बिहानी नास्ताका लागि अमृत भोजनमा निम्नलिखित अंकुरित गेडागुडीहरूलाई लिन सकिन्छ ।
चना : १५ ग्राम
गहु“ :१५ ग्राम
मु“ग :१० ग्राम
बदाम :१० ग्राम
मेथी : १० ग्राम
तिल : ५ ग्राम
उपर्युक्त अंकुरित गेडागुडीमा प्याज, टमाटर, पालकको पत्ता, हरियो धनिया“, पत्तागोपी, गाजर इत्यादिका ससाना टुक्राहरू काटेर मिसाउन सकिन्छ । स्वादका लागि अलिकति पिसेको सिधेनुन, अदुवा, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ । र, यो अमृत भोजनलाई खुब राम्रोस“ग चपाएर खानुपर्छ । जाडो मौसममा मात्र होइन, अन्य मौसममा पनि यो अमृत भोजन सेवन गर्न सकिन्छ ।

गोल्डन मेमोरी मिल्क

‘गोल्डेन मेमोरी मिल्क’ तयार गर्ने विधि यसप्रकार छ ः ‘बिहान २–४ वटा बदाम (आलमन्ड) एक कप पानीमा भिजाएर राख्ने । आफ्नो पाचनशक्तिअनुसार बदामको संख्या कमबेसी गर्न सकिन्छ । तर, चारवटा बदामभन्दा बढी प्रयोग नगर्ने । अब एक गिलास मनतातो दूधमा बदामको छिल्का हटाएर बनाएको लेप, एक तिहाइ चम्चा बेसार, आधा चम्चा शुद्ध घिउ (गाईको घिउ उत्तम हन्छ) पनि हालेर राम्रोस“ग मिलाउने । यस दुधमा एक चम्चा मह मिसाउने तथा अलैंची र दालचिनीको अलिकति चूर्ण माथिबाट छर्कन सकिन्छ । ‘गोल्डन मेमोरी मिल्क’ तयार भयो । अब एक चम्चा त्रिफला चूर्ण फ्या“केर ‘गोल्डन मेमोरी
मिल्क’ पिउने ।

जाडो मौसमको विहार

जाडो मौसममा आहारअनुसारको विहार अर्थात् रहनसहन बहुतै महŒवपूर्ण हुन्छ । त्यसैले, जाडो मौसममा गर्न योग्य बिहार गर्नुपर्छ । यदि गर्न योग्य बिहार नगर्ने तथा गर्न अयोग्य बिहार गर्ने हो भने शरीरलाई हानि गर्छ तथा रोग  पैदा हुन्छ ।  जाडो मौसममा शीतबाट बच्ने । शरीरमा तेल मालिस गर्ने । व्यायाम तथा योगासन गर्ने । घाम ताप्ने । आगो तात्ने । (तर आगो ताप्दा सावधानी अपनाउनुपर्छ । आगो ताप्दा सावधानी नपनाउ“दा हरेक वर्ष जाडोमा थुप्रै मानिसको आगोले ज्यान लिएको खबर प्राप्त हुने गर्छ ।) बिहान हि“ड्ने या दौडिने । न्यानो लुगा लगाउने । सुत्दा न्यानो कपडा जस्तै ः कम्बल, सिरक आदिको प्रयोग गर्ने । मनतातो पानीले नुहाउने । यी सबै जाडो मौसमका उचित विहारहरू हुन् ।
जाडो मौसममा मानिसहरूले बिहान नुहाउने अल्छी मान्छन् । तर, जस्तोसुकै जाडो भए पनि बिहान नुहाउने अल्छी गर्नुहु“दैन । बिहानै सबेरै उठेर नुहाउनाले शरीरमा चुस्तीफुर्ती बढ्छ, शरीर शुद्ध हुन्छ । तोरीको तेल वा तिलको तेलले शरीर मालिस गरेर नुहाउनु सुनमा सुगन्ध छरेझैं हुन्छ । धेरै जाडो भएको खण्डमा मनतातो पानीले नुहाउन सकिन्छ । तर, धेरै तातो पानी टाउको तथा आ“खामा पर्न दिनुहु“दैन ।  अतः यसरी जाडो मौसमको उचित आहारविहारको पालना गर्ने हो भने शरीर पुष्ट, सुडौल तथा स्वस्थ हुन्छ, जसले गर्दा गर्मी मौसममा पनि शरीर  स्वस्थ रहन्छ ।

Leave A Reply

Your email address will not be published.