‘संविधान कार्यान्वयन गर्न संशोधन गर्नैपर्छ’

राजधानी समाचारदाता
काठमाडौं, २३ पुस

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान कार्यान्वयन गर्ने हो भने संशोधन गर्नुपर्ने बताएका छन्् । सीमान्तकृत समुदायको अधिकार स्थापित गर्न तथा संविधानमा भएका त्रुटि तथा कमी–कमजोरी सच्याउन उनले संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।

संविधान संशोधन वा समस्याको हल नगरी निर्वाचनमा गए त्यसबाट मुलुकमा द्वन्द्व उत्पन्न हुने उनको भनाइ छ ।‘सीमान्तकृत समुदायको अधिकार सम्बोधन गर्न र संविधानमा भएको त्रुटि सच्याउन संविधान संशोधन आवश्यक छ,’ तिनकुनेस्थित पार्टी कार्यालयमा शनिबार आयोजित यातायात श्रमिक संघ नेपालको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाउने वा त्यसको दायरा बढाउने हो भने संशोधन नगरी हुन्न ।’

upendra-yadav
‘सीमान्तकृत समुदायको अधिकार सम्बोधन गर्न र संविधानमा भएको त्रुटि सच्याउन संविधान संशोधन आवश्यक छ’

कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने उनको माग छ । प्रस्तावित विधेयकले संविधानमा भएको त्रुटि सच्याउन नसक्ने भएकाले परिमार्जन गर्नुपर्ने तर्कसमेत यादवले गरे । ‘सरकारले जुन विधेयक ल्याएको छ, त्यसले सीमान्तकृत समुदायको अधिकार सम्बोधन र संविधानको त्रुटि सच्याउने दुवै लक्ष्य प्राप्त गर्न सक्दैन,’ उनले भने, ‘तथापि हामीले यसलाई परिमार्जन गरेर ल्याऊ भनिरहेका छौं ।’

एमालेले समुद्री जीव अक्टोपसले जसरी परिवर्तनलाई चारैतिरबाट घेराबन्दी गरेको आरोप लगाउ“दै यादवले एमाले अहिले संविधान संशोधन हुनै नदिने प्रयासमा रहेको औंल्याए ।‘एमालेले परिवर्तन नै हुन नदिने, अक्टोपसले सिकार भेटेपछि चारैतिरबाट घेरेर निचोरेर फालेजस्तै मुलुकलाई आप्mनो मुठीमा पार्ने र परिवर्तन रोक्ने प्रयास गरिरहेको छ,’ कार्यकर्ताबीच उनले भने, ‘तर संविधान संशोधन नगरी जनअधिकार सुनिश्चित हुँदैन, अहिले यही संघर्ष संसद् र सडक दुवै तहमा चलिरहेको छ ।’सोही अवसरमा यज्ञकुमार राईको अध्यक्षतामा २१ सदस्यीय यातायात श्रमिक संघ नेपाल घोषणा गरिएको छ । भेलामा १७ जिल्लाबाट प्रतिनिधि सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.