लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद

lokman
राजधानी समाचारदाता
काठमाडौं, २५ पुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरभित्रै कालोमोसो दल्ने दुई व्यक्तिलाई सर्वोच्च अदालतले एक महिना कैद सजायको फैसला गरेको छ । मुद्दाको तारेख लिन सर्वोच्च अदालत आएका बेला कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई सोमबार एक महिना कैद सजाय हुने फैसला भएको हो ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले शाही र बुढालाई अदालतको अपहेलना अभियोगमा कैद सजाय तोकेको हो । उनीहरूले गत ७ पुसमा अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । कालोमोसो दलेलगत्तै उनीहरूलाई पक्राउ गरी थुनामा राखिएको थियो । सर्वोच्चले उनीहरूलाई थुनामा राखेकै मितिबाट कैदकट्टा हुने गरी कैदी पुर्जी दिएर कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौंमा पठाउन आदेश दिएको हो ।

कालोमोसो दल्ने शाही र बूढालाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो । न्यायालयको कार्यसम्पादनमा अवरोध पु¥याउने कार्य कसैले पनि गर्नुहुँदैन । आदेशमा शाही र बूढाले अदालतको मानहानि हुने मनशायले नभई व्यक्तिलाई कालोमोसो दलेको बयान दिए पनि उन्मुक्ति दिन नमिल्ने र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.