मुम्बई । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै भारतमा लकडाउन जारी छ । यही क्रममा घरमा बसेका कलाकारले विभिन्न सामाजिक कार्य गरिरहेका छन् । यसै क्रममा अभिनेत्री सुस्मिता सेनले घरमै बसेर अहिले योगा सिकाइरहेकी छन् । यी अभिनेत्रीले भिडियोमार्फत योगा सिकाउन थालेकी हुन् ।
उनले योगा गर्दै गरेको आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो तस्बिर अहिले चर्चामा छन् । योगा गरेको सो फोटोको ’boutमा लेख्दै उनले योगामा यस्तो आफूले आफैंले चुनौती दिएको बताएकी छन् ।
अहिले व्यायमशालालगायत अन्य सबै क्षेत्र बन्द भएका कारण घरमा योगा गरेर बस्नु उपयक्त हुने यी अभिनेत्रीको कथन छ । सोही कारण उनले योगा सिकाउँदै गरेको भिडियो बनाएर सेयर गर्दै आएकी छन् ।
अहिले देशवासी स्वास्थ्य हुनुपर्ने उनको अपिल छ । त्यसैले लकडाउनका बेला घरबाट बाहिर निक्लन नपाइने भएकाले घरमा योगा नै अहिले सही तरिका भएको उनले बताएकी छन् । सामान्यदेखि कठिन योगासम्म गर्न रुचाउने यी अभिनेत्रीले यस्तो योगाको अभ्यास गर्न अरूलाई पनि अनुरोध गरेकी हुन् ।