सामान्य नठानौं रुघाखोकीलाई

सामान्य नठानौं  रुघाखोकीलाई

prakashji

डा. प्रकाश बुढाथोकी

संसारमा रुघा नलागेको व्यक्ति भेट्टाउन मुस्किलै पर्दछ । त्यसमा अझ जाडो मौसममा के बच्चा, के वयस्क, के बृद्धबृद्धा रुघाखोकीबाट आक्रान्त नहुने विरलै पाइन्छ । चिसो मौसममा भाइरस सजिलै चारैतिर फैलन सक्ने भएकाले रुघाखोकी सबैजसोले भोग्ने र सामान्य मान्ने गर्दछन् । सन् १९१८÷१९ ताका प्रथम विश्वयुद्ध चलिरहेको बेला अमेरिकी सैनिक अखडाहरूमा फ्लुको महामारी फैलिई रोगसँग लड्न सक्ने क्षमता भएका युवाहरूलाई पनि नछोडी झन्डै ५ करोड अकालमै सिकार बने । भूमध्यरेखा नजिकै रहेका गर्मी क्षेत्रहरूमा बाह्रै महिना तथा भूमध्यरेखापारिका नेपालजस्ता मुलुकहरूमा भाइरस जाडो महिनामा बढी सक्रिय हुन्छन् । अमेरिकन लङ्स एसोसियसनका अनुसार स्कुल जाने र प्राथमिक कÔामा पढ्ने बच्चामा ३ देखि १२ पटक प्रतिवर्È र किशोरावस्था र यौवनावस्थामा बर्षेनि दुई÷चारपटकसम्म संक्रमित हुन्छन् । एलर्जी संघको तथ्यांकमा २० देखि ३० वर्È उमेर समूहमा बालबालिकाको निरन्तर सम्पर्कका कारण पुरुÈमा भन्दा महिलामा बढी संक्रमण हुन्छ । महामारी नफैलिएको बेला पनि बर्षेनि केही लाख मान्छेले रुघाखोकीबाट ज्यान गुमाइरहेका छन् ।
रुघाखोकी २ सयभन्दा बढी भाइरस, मुख्यतया इन्ङ्खलुएन्जा भाइरसद्वारा हुने संक्रामक सरुवा रोग हो । भाइरसबाट हुने रुघाखोकीलाई फ्लु भनिन्छ । मिक्सो भाइरस समूहको इन्ङ्खलुएन्जा भाइरसका ए, बी र सी प्रजाति हुन्छन् । यस भाइरसको एकपटकको आक्रमणले छोटो समयका लागि इम्युनिटी दिन्छ, तर हरेकपटक नया“ भाइरसको संक्रमण हुन्छ । भाइरस प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले तथा भाइरस हावामा हुने भएकाले ज्यादा भिडभाड हुने स्थान, सिनेमा हल, बस, विद्यालय, जात्रा आदि धुलो तथा प्रदूषणयुक्त स्थानमा छिट्टै सर्दछ । बिरामीले खोक्दा, बोल्दा, हाछ्यँु गर्दा लाखौं भाइरसका जीवाणु हावामा पैmलिन्छन् । अन्य मानिसले श्वास लिँदा ती जीवाणु निरोगी मानिसको फोक्सोमा पुग्दछन् । अनुकुल वातावरण पाएमा ती भाइरसले असर गरी रोग देखाउँछन् । पहिलो दुई दिनमा संक्रमण बढी हुन्छ ।

लक्षणहरू

रुघाखोकी मानिसबाट मानिसमा मौसम परिवर्तन हुने समयमा तथा शरीरको प्रतिरक्षात्मक क्षमता ह्रास भएको स्थितिमा अत्यन्त छिटो र सजिलोस“ग कुनै पनि उमेर, लिंग तथा धनी वा गरिब नछुट्ट्याई फैलिन्छ । भाइरसको संक्रमण भएको केही घण्टादेखि एक÷दुई दिनमै लक्षण देखिन्छ । संक्रमण भएपछि नाकबाट पानीजस्तो पातलो सिँगान बग्छ, हाच्छ्यूँ लागिरहन्छ, नाक सनसनाउँछ । आँखा रसिलो भई आँसु बगिरहन्छ । वाकवाकी लाग्ने, वान्ता हुने हुन्छ । सुख्खा खोकी लाग्छ । छाती दुख्छ, नाकको म्युकोसा सुन्निने भएकोले श्वास फेर्न गाह्रो हुन्छ । थुक निल्न, पानी पिउन पनि गाह्रो हुन्छ । शरीरमा थकानको अनुभव हुन्छ, टाउको भारी भई दुख्छ । धेरै ज्वरो आउँछ, जीउ दुख्छ, कान बन्द हुन्छ ।
घाँटीमा खसखस गरी खोकी लागिरहन्छ, जसलाई घाँटी खसखसाउने, कोक्याउने भनिन्छ । नाक बन्द हुन्छ, स्वाद र सुँघ्ने क्षमतामा कमी आउ“छ । घा“टी खसखसपछि कफ आउ“छ । पातलो सिँगान दिनदिनै बढ्दै जाँदा बाक्लो र पहेंलो हँुदै जान्छ, अक्सर नाक बन्द भइरहन्छ, खान रुचि नहुने हुन्छ । चुरोट खानेमा कडा लक्षण देखिन्छ भने चिसो याममा बढी र बालबालिका, बृद्ध तथा शारीरिक रूपले असक्तहरूमा लामो समयसम्म लक्षण रहन्छ । जटिलता नभएमा तीन देखि पाँच दिनमा लक्षणहरू कम भएर जान्छन् । घरेलु उपचारले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ कामे, टाउको बढी दुखे, घाँटी बांगिए, वाकवाकी लागे, वान्ता भए, छाती दुखे, सास फेर्न असजिलो भए तुरुन्त  चिकित्सकलाई देखाउनुपर्छ ।

घरेलु उपचारले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ कामे, टाउको बढी दुखे, घा“टी बांगिए, वाकवाकी लागे, वान्ता भए, छाती दुखे, सास फेर्न असजिलो भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

जटिलता

धेरैजसो मान्छेमा इन्फ्लुएन्जाले साधारणतया रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउनेमा सीमित भए पनि संक्रमण बढी र गम्भीर प्रकृतिका बालबालिका, बुढापाका, मधुमेह, उच्चरक्तचाप, दम, मुटु, एचआईभी एड्स, Ôयरोग, हेपाटाइटिस, रक्तअल्पता, कुपोÈण तथा संवेदनशील शरीर हुनेमा हुन्छ । ट्राकियाटिस, ब्रोंकाइटिस, ब्रोंकोलाइटिस, ब्रोंकोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, राइनाइटिस, साइनाइटिस, एक्युट ओटाइटिस मिडिया, ब्याक्टेरियल संक्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफ्लाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । जाडो याममा हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघातसमेत हुन सक्ने देखाएको छ । त्यसकारण, रुघा एक सामान्य रोग भए तापनि हेलचेत्र्mयाइँ गर्दा अन्य ठूला रोगहरूको कारक तथा प्राणघातक सावित  हुन सक्छ ।

व्यवस्थापन

प्राय रुघाखोकी भाइरल हुने भएकाले यसको रामवाण औषधि हुँदैन । भनिन्छ, भाइरल इन्फेक्सनको उपचार गर्दा एक÷दुई साता तथा उपचार नगर्दा सात देखि १४दिनमा निको हुन्छ । तर, थप संक्रमण र जटिलता रोक्न विदेशमा एन्टिभाइरल औषधिको प्रयोग, रोगविरुद्ध खोप वा भ्याक्सिन पनि दिइने चलन छ तर नेपालमा औषधि र खोपको आर्थिक भार बेहोर्न नसकिने भएकाले लक्षणअनुसार र संक्रमणको अवस्था सिर्जना हुन नदिन उपचार गर्ने गरिन्छ । ज्वरो नहट्दासम्म बिरामीलाई आराम गराउने, प्रशस्त मात्रामा तरल पदार्थ खान दिने, न्यानो गरी राख्ने र भेन्टिलेसन भएको कोठामा छुट्टै राख्ने सल्लाह दिइन्छ । भकभकी उमालेको पानी भा“डामा राखेर ओढ्नेले छोपेर दिनमा दुई÷तीनपटक वाफ लिँदा बन्द नाकको प्वाल खुला भएर श्वास फेर्न सजिलो हुन्छ । एन्टिबायोटिकले ब्याक्टेरिया मात्र माद्र्छ, भाइरस होइन । चिसो र प्mलुमा काम गर्दैन ।

रोकथाम

नुन मिश्रित तातो पानीले कुल्ला गर्ने, स्वच्छ हावा सञ्चार हुने कोठामा सुत्ने, तातो तरल पदार्थ प्रशस्त प्रयोग गर्ने, सन्तुलित खाना खाने रोगको रोकथाम तथा नियन्त्रण विषयमा स्वास्थ्य शिक्षा, प्रचार–प्रसार गर्ने आदि नै रोकथाम हो । रोग लागेका मानिसहरूबाट टाढै बस्ने, भिडभाडबाट अलग्गै रहने, व्यक्तिगत सरसफाइमा ध्यान दिने नै प्रमुख बचावट हो । पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन सी पर्याप्त मात्रामा भएको फलपूmल र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा रुघाखोकीबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । कफी, चिया, कोल्ड ड्रिंक, अल्कोहलले नाक, घाँटी सुक्खा बनाउने, पानीको अभाव गराउँछ । साबुन–पानीले हात धुनुपर्छ ।
अन्तमा, यसपटक मौसमी रुघाखोकी कडा रूपमा देखिएको छ । जोखिम समूहका पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, दम, फोक्सोको समस्या भएका, अंग प्रत्यारोपण गराएका, क्यान्सर उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएकाले रुघाखोकी हुँदा विशेष ध्यान दिनैपर्छ । अन्यथा सामान्य रुघाखोकी पनि प्राणघातक बन्न सक्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।)

Leave A Reply

Your email address will not be published.