फेस अफ द वल्र्डमा नेपाली

काठमाडौं / रास– केही समय यताबाट अन्तर्राष्ट्रिय फेसन सोमा नेपालीहरूको सहभागिता बढेकोछ । यसै क्रममा लन्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता‘फेस वफ द वल्र्ड–२०१७’ मा नेपालले पनि औपचारिक रूपमा प्रवेश पाउने भएको छ । जुलाई १५ मा लन्डनमा सम्पन्न हुने फेस अफ द वल्र्ड—२०१७ का लागि नेपाली प्रतिनिधि छनोट गर्ने प्रतियोगिताको घोषणा गरिएको छ । आइतबार बेलुका काठमाडौंमा फेस अफ द वल्र्ड नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सो घोषणा गरिएको हो ।

dsc06380

फेस अफ द वल्र्ड नेपालका निर्देशक पीयूष कर्ण आफ्नै व्यक्तिगत पहलमा वर्ष २०१६ मा लन्डनमै सम्पन्न फेस अफ द वल्र्ड—२०१६ मा सहभागिता जनाएर सेकेन्ड रनर्स अप तथा रन वे मोडलको उपाधि जित्न सफल भएका

थिए । उपाधि जितेलगत्तै कर्णले उक्त प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आयोजक संस्थाको फ्रेन्चाइसका लागि पहल गरेका थिए । उक्त संस्थाले नेपालमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नेपालकै प्रतिनिधित्व गर्ने एक जना विजेतालाईसहभागिताको मार्ग प्रशस्त गरेपछि फेस अफ द वल्र्ड नेपाल संस्था स्थापना गरिएको हो ।जुलाईमा सम्पन्न हुनेअन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतियोगिताको छनोटका लागि जनवरी अन्तिम साता काठमाडौंमा‘फेस वफ द वल्र्ड नेपाल–२०१७’गरिनेछ । सो संस्थाले त्यसका लागिझापा, जनकपुर, वीरगन्ज तथा काठमाडौंमा प्रारम्भिक चरणको अडिसन सम्पन्न गरिसकेको छ ।‘हामी यतिबेला अनलाइनबाट समेत अडिसन लिइरहेका छौं, संस्थाका नेपाल निर्देशक कर्ण भन्छन्,‘आउ“दो शुक्रबारसम्म अडिसन गरेर शनिबारदेखि २५ जना महिला तथा २५ जना पुरुष छनोट गरेपछि उनीहरूलाई ग्रुमिङ कक्षामासहभागी गराइनेछ ।’ अडिसनबाट १४ पुरुष तथा सात महिला प्रतिस्पर्धीहरू छनोट भइसकेका पनि कर्णले बताए । निर्णायक प्रतियोगितामा २५ जना महिला तथा २५ जना पुरुषलाई सहभागी गराउने उनले जनाए । फेस अफ द वल्र्ड नेपालमा सहभागिता जनाउने प्रतियोगीहरू अविवाहित हुनुपर्ने, पुरुषको उचाइ कम्तीमा पा“च फिट तीन इन्च तथा महिलाको पा“च फिट तीन इन्च हुनुपर्ने कर्णले बताए । अभिनेत्री नम्रता श्रेष्ठले प्रतियोगीहरूलाई करिब तीन साता लामो प्रशिक्षण दिनेछिन् ।

 

Leave A Reply

Your email address will not be published.