मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो बने फिफा वर्ष खेलाडी

rrr

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको सम्मान प्राप्त गरेका छन् । आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेिन्टनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डोले सम्मान प्राप्त गरेका हुन् ।

सन् २०१६ को सिजनमा गरेको उत्कृष्ट प्रदर्शनका लागि उनलाई विश्व फुटबलको उच्च निकाय फिफाले सोमबार राति सो सम्मान दिएको हो । कार्यक्रम स्विट्जरल्यान्डको ज्युरिचमा आयोजना भएको थियो ।

गत वर्ष आफ्नो क्लब म्याड्रिडलाई च्याम्पियन्स लिग र आफ्नो देश पोर्चुगललाई पहिलो पल्ट युरो कपको उपाधि दिलाउन उनले गरेको योगदानको फिफाले उच्च मूल्याङ्कन गरेको थियो ।

रोनाल्डोले वर्ष खेलाडीको रुपमा सम्मान पाउदा कूल ३४ दशमलव ५४ मत प्राप्त गरेका थिए । मेसीले भने २६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरे । फ्रेन्च स्ट्राइकर एथलेटिको म्याड्रिडका एन्टोन ग्रेजम्यानले ७ दशमलव ५३ मत प्राप्त गरे ।

रोनाल्डोले फिफा वर्ष खेलाडीको पुरस्कार चौथो पल्ट जितेका हुन् । उनका प्रतिद्धन्द्धी मेसीले यो अवार्ड पाँच पल्ट जितेका छन् ।

Leave A Reply

Your email address will not be published.