एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

ncell

काठमाडौं / रास–  मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाएबापत सम्मान पाएको छ । काठमाडौं महानगरपालिका कार्यालयले एनसेललाई सोमबार सो सम्मानस्वरूप कदरपत्र प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिकाको २९औं महानगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सो सम्मान प्रदान गरिएको हो । उक्त समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदरपत्र हस्तान्तरण गरेका थिए । कदरपत्रमा लेखिएअनुसार ‘काठमाडौं महानगरपालिका कार्यालयलाई आर्थिक वर्ष २०७२÷०७३ मा विज्ञापन करतर्फ सबैभन्दा बढी भुक्तानी गरी महानगर निर्माणमा अतुलनीय योगदान गरेबापत’एनसेललाई सम्मान

गरिएको हो । महानगरपालिका कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७२÷०७३ मा कार्यालयले ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको एक तिहाइ योगदान एनसेलले गरेको थियो ।

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको सम्मान पाइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।

 

Leave A Reply

Your email address will not be published.