रुखको फेदभित्रैबाट गुड्थ्यो गाडी, जुन अब इतिहास बन्यो

treedrive
काठमाडौं । के रुखभित्रैबाट गाडी छिर्छ ? यसो भन्दा पत्याउन गाह्रो हुन्छ । हो, अमेरिकाको क्यालिफोर्नियामा रहेको यस्तो भीमकायी रुख, जसले थुप्रै विशेषता बोकेको थियो । यो अमेरिकाको सबैभन्दा चर्चित र एक हजार वर्ष पुरानो रुख थियो । यो रुख अब इतिहासमा सीमित बन्ने छ । क्यालिफोर्नियामा आएको भीषण आँधीले यो आकर्षक रुख ढालिदिएको छ ।

यो रुखको विशेषता नै थियो कि यसको फेदमा एउटा सुरुङ थियो । जहाँबाट कार सजिलै पास गराउन सकिन्थ्यो । १३७ वर्ष पहिले नै यस रुखको भित्रबाट रोड बनाइएको थियो । लामो समयदेखि पर्यटक तथा अमेरिकीको आकर्षणको केन्द्र थियो यो ।

Leave A Reply

Your email address will not be published.